विद्यार्थीसँगै ५ वर्षमा पौने २ खर्ब बाहिरियो
२५ भदौ, काठमाडौं । स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा विगत ५ वर्षयता मुलुकबाट १ लाख ८ हजार विद्यार्थीसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा बिदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा यो रकम गुमाएको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक भारतबाहेक ७१ मुलुक हो ।
मन्त्रालयले ‘नो-अब्जेक्सन लेटर’ लिएर जाने विद्यार्थ...ीले बैंकिङ प्रणालीमार्फत विदेशका शैक्षिक संस्थालाई अगि्रम शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । बिदेसिने विद्यार्थीबाट सरकारले १ प्रतिशत शुल्क लिएर बैंकमार्फत डलर पठाइदिने गरेकोकारोबारमा खबर छ ।
मन्त्रालयको स्वीकृति लिएर आव ०७१/७२ मा मात्रै २८ हजार १ सय २६ बिदेसिएका छन् । मन्त्रालयको छात्रवृत्ति महाशाखाका उपसचिव प्रकाश महर्जनका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो ।
शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष राजेन्द्र बरालले नेपालबाट बिदेसिने विद्यार्थीले ७ देखि १७ लाख रुपैयाँसम्म खर्चिने गरेको जानकारी दिए । नेपालमा गुणस्तरीय शिक्षा अभावमा विद्यार्थी बाहिरिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको उनले बताए । प्रतिविद्यार्थी १० लाखलाई खर्चको आधार मान्दा ५ वर्षमा विद्यार्थीबाट १ खर्ब ८३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
अध्ययनका लागि गत वर्षमात्रै अस्ट्रेलियामा ११ हजार १ सय ८४ विद्यार्थी गएका छन् । जापानमा ७ हजार ९ सय ३३ र अमेरिकामा १ हजार ४ सय ५६ विद्यार्थी गएको तथ्यांक छ ।
२५ भदौ, काठमाडौं । स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा विगत ५ वर्षयता मुलुकबाट १ लाख ८ हजार विद्यार्थीसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा बिदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा यो रकम गुमाएको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक भारतबाहेक ७१ मुलुक हो ।
मन्त्रालयले ‘नो-अब्जेक्सन लेटर’ लिएर जाने विद्यार्थ
...ीले बैंकिङ प्रणालीमार्फत विदेशका शैक्षिक संस्थालाई अगि्रम शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । बिदेसिने विद्यार्थीबाट सरकारले १ प्रतिशत शुल्क लिएर बैंकमार्फत डलर पठाइदिने गरेकोकारोबारमा खबर छ ।
मन्त्रालयको स्वीकृति लिएर आव ०७१/७२ मा मात्रै २८ हजार १ सय २६ बिदेसिएका छन् । मन्त्रालयको छात्रवृत्ति महाशाखाका उपसचिव प्रकाश महर्जनका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो ।
शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष राजेन्द्र बरालले नेपालबाट बिदेसिने विद्यार्थीले ७ देखि १७ लाख रुपैयाँसम्म खर्चिने गरेको जानकारी दिए । नेपालमा गुणस्तरीय शिक्षा अभावमा विद्यार्थी बाहिरिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको उनले बताए । प्रतिविद्यार्थी १० लाखलाई खर्चको आधार मान्दा ५ वर्षमा विद्यार्थीबाट १ खर्ब ८३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
अध्ययनका लागि गत वर्षमात्रै अस्ट्रेलियामा ११ हजार १ सय ८४ विद्यार्थी गएका छन् । जापानमा ७ हजार ९ सय ३३ र अमेरिकामा १ हजार ४ सय ५६ विद्यार्थी गएको तथ्यांक छ ।
अन्जानमा हुने गल्ती क्षमाको योग्य हुन्छ। तर हाम्रा देशका नेताहरू जानी-जानी गल्ती दोहोर्याउँछन्। नेपाल आमाको आँसु पुछ्ने कुनै गतिला नेता नजन्मेर नै होला, नेताको गल्तीको सजाय जनता भोगिरहेछन्।
सुन्दर र शान्त हाम्रो देश भनेर विश्वसामू गर्व गर्दै आएका नेपाली आफ्नै देशभित्र नेताहरूबाट ठगिएका छन्। क्यालेन्डरमा दिन, साता हुँदै वर्ष बद्लिइरहेको छ तर नेताहरूको व्यवहार र कार्यशैली उस्तै छ । कुर्सीको हानथाप अनि सत्ताप्रतिको अत्याधिक मोहले देश बिरामीजस्तो भएको छ। नेताहरू आफैँ दोधारमा छन्। जनता झन् अन्योलमा देखिन्छन्।
बन्द, हड्ताल, अनिकाल, गरिबी, बेरोजगारी, दुर्घटना, बलात्कार, लुटपाट जस्ता गतिविधि जनतालाई नेताहरूले दिएको उपहार भएको छ। जनताको आशा अनि भरोसालाई बारम्बार चुडाल्ने कोसिस गर्दा राजनीतिक दलहरू आफूले खनेको खाडलमा आफैँ जाकिएका छन्। अब हामी एकजुट भएर विद्रोहको आगोलाई निभाएर देशलाई निकास दिनुपर्छ। नत्र देश ठूलो दुर्घटनामा पर्ने जोखिम छ।
हामी सारा नेपालीले यही बिन्ती राजनीतिक दलहरूलाई टक्र्याउन चाहन्छौँ- छलकपट,जालझेल अनि भ्रमको खेती कहिलेसम्म? जनता र नेताबीच जुन किसिमको सानिध्य स्थापित हुनु पर्ने हो, त्यो कति पनि हुन सकिरहेको छैन। यो सम्बन्ध मजबुद हुँदे हो त हाम्रो देशले पनि उन्नतिको शिखर चुम्थ्यो होला, लाखौँ युवा बिदेसिनु पर्दैनथ्यो होला।
जनताको नजिक गएर उनीहरूको पिरमर्का बुझेर, स्वार्थरहित राजनीतिक व्यवहार गरेको भए आज मुलुक घर न घाटको अवस्थामा गुज्रिनु पर्दैन थियो होला। आज मुलुकले गति लिन नसकेर जनताले कति दु:ख खेप्नु परेको छ,त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।
अब हामीले भगवानसँग एउटा मात्र प्रार्थना गर्नुपर्ने स्थित आएको छ- शान्ति आउने कुनै त्यस्तो औषधि छ भने हे भगवान् ! राजनीतिक दलहरूलाई सुटुक्कै खुबादेऊ अनि देशलाई बर्बाद हुनबाट छिटै बचाऊ। तिमी अब धेरै निष्ठुरी नबन। बिचारा ती निर्दोष जनताको के दोष छ र? अब हाम्रो देशमा यस्तो नेताको आगमन होस्, जसले जनताको जीवन नै बदलियोस्, दु:खपीडा सदाका लागि अन्त्य होस्। खुसी, चयन, शान्तिका साथ जनताको जीवन फलोस् फुलोस्। यही कामना छ, हामी सारा नेपालीको।
प्रकाशित मिति: आइतबार, फाल्गुण १७, २०७१ १९:२२:२८
शिक्षामा गुणस्तरीयताको प्रश्न
सधैं एसएलसीको परीक्षाफल प्रकाशित भएपछि शिक्षाको गुणस्तरीयता बारेमा धेरै चर्चापरिचर्चा सुरु हुन्छ । नतिजासँगै जोडिएका मिश्रति समाचारहरूले हामी सबैलाई सोच्न बाध्य बनाउँछन् । एकातिर सर्वोत्कृष्ठ अंक ल्याउने होड तथा खुसियालीका लहर भने अर्कातिर असफलता र मृत्युका दर्दनाक घटनाक्रमहरू र त्यस सम्बन्धी खबरहरू । यी दुई मानवीय संवेदनाको ध्रुवीकरणभित्र परीक्षा प्रणाली, नतिजामुखी मानसिकता र शैक्षिक गुणस्तरीयतामाथि ठूलो प्रश्न उब्जिएको छ ।
विद्यालयको पहिलो उद्देश्य समाजमा शिक्षित उत्पादनशील व्यक्तित्वको निर्माण गर्नु हो । दोस्रो र अझ महत्त्वपूर्ण पक्ष उनीहरूलाई पूर्ण क्षमतावान तथा आत्मनिर्भर भई सोच्न, सहकार्य र समन्वय गरी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न सक्षम बनाउनु हो । विद्यालयबाट शैक्षिक सफलता (कक्षोन्नति) मात्रको अपेक्षा गरिंदैन, नत विद्यालयको गुणस्तरीयतालाई विद्यार्थीले प्राप्त गर्ने अंकसँग तुलना गरी शिक्षाको उद्देश्य पुरा भएको अनुमान गर्न सकिन्छ । विद्यालय र विद्यालयबाट प्राप्त गर्ने शिक्षाको परिणामले थप ज्ञान, सीप र क्षमताको आशा राखिएको हुन्छ, हुनुपर्छ । त्यसैले तीन आर/थ्री आर अर्थात् पढाइ, लेखाइ र गणित मात्रले हाम्रो गुणस्तरीयताको उद्देश्य पुरा हुनसक्दैन । विद्यालयले बालबालिकाको अवधारणात्मक ज्ञानमा वृद्धि गराउनुका साथै सामाजिक, संवेगात्मक र थप बौद्धिक क्षमता विकासका अवयवहरूलाई समेट्नुपर्छ । पाठ्यक्रममा आधारित भएर पाठ्यपुस्तक र पाठ्य सामग्रीको प्रयोग अनि सोही अनुरुपको मूल्याङ्कन प्रणालीले एउटा वर्गका बालबालिकालाई त सकारात्मक प्रभाव पार्ला, तर धेरै बालबालिकालाई सहयोग नगरेको प्रमाणित भैसकेको छ ।
के शिक्षाको गुणस्तरीयता विद्यार्थीले ल्याउने अङ्कबाट मात्र मापन हुन्छ ? के शिक्षाको सफलता विद्यालयले लिने औपचारिक परीक्षाबाट मात्र प्राप्त गर्न सकिन्छ ? के हाम्रो विद्यालय शिक्षालाई बिना परीक्षाको बनाउन मिल्दैन ? हाम्रो सन्दर्भमा हेर्दा असम्भव नै लाग्ने कुरा विश्वकै शिक्षामा उत्कृष्ठ मानिएको राष्ट्र फिनल्यान्डमा प्रयोग भैरहेको छ । शिक्षक रिनोल्टा भन्छिन्, 'किन परीक्षा ? हामी बालबालिकालाई सफल र असफलको दर्जा दिने व्यक्ति होइनौं । बालबालिकाको बारेमा यी परीक्षाले भन्ने कुराभन्दा धेरै कुरा हामीलाई थाहा छ । त्यसैले परीक्षाको कुनै अर्थ छैन ।' त्यसैले फिनल्यान्डमा बालबालिकालाई परीक्षाको अनावश्यक तनाव दिनुभन्दा उनीहरूको सिक्ने क्षमता विकासका लागि आवश्यक तयारी गरिन्छ ।
विद्यालय शिक्षाको सफलताको जग औपचारिक कक्षा सुरु हुनुभन्दा धेरै पहिले नै बस्छ । सिकाइ जन्मबाट सुरु हुन्छ, अनि मृत्युपर्यन्त रहन्छ । मनोसामाजिक विज्ञ जोन ली भन्छिन्, 'कुनै पनि बालबालिकाले पढ्न, लेख्न र सम्झन तबसम्म सक्दैन, जबसम्म ऊ मनोसामाजिक रूपमा त्यसको लागि तयार हुँदैन । र यस्तो तयारी विद्यालय आउनु पहिले नै सुरु गर्नुपर्छ ।' बालबालिकाको मनोसामाजिक विकास तथा बौद्धिक क्षमतालाई अझ परिस्कृत बनाउन विभिन्न थप क्रियाकलापहरू गर्नुपर्छ । त्यसैले विद्यालयको औपचारिक शिक्षा सुरु गर्नुभन्दा पहिले खेलको माध्यमबाट पढाइ, लेखाइका साथै सामाजिक तथा संवेगात्मक सीपहरूको विकास गरिन्छ । यो नै औपचारिक शिक्षाको जग हो । त्यसैले विद्यालयको औपचारिक शिक्षा ७ वर्ष उमेर पुगेपछि मात्र सुरु हुन्छ, फिनल्यान्डमा । दिमागी क्षमताको विकासको अवस्थालाई अध्ययन गर्दा मानव मस्तिष्कको सबैभन्दा तीव्र विकास जीवनको पहिलो आठ वर्षसम्म हुन्छ । यस समयमा बालबालिकालाई विद्यालयप्रति सकारात्मक धारणाको विकास गराउँदै क्रमशः सिक्ने क्षमताको विकास गराउनुपर्छ । आत्मविश्वास र बिना कुनै हिचकिचाहट आफू र आफ्नो क्षमतालाई प्रदर्शन गर्न दिइने वातावरणले बालबालिकाहरूमा पढाइप्रतिको लगाव
बढै जान्छ ।
स्नायु विज्ञानले प्रमाणित गरेको छ कि बालबालिकाको सबैभन्दा उत्तम सिकाइ मायालु वातावरणमा मात्र सम्भव छ । आमाबा, आफन्त र शिक्षक/सहजकर्तासँंगको मायालु वातावरण र दरिलो सम्बन्ध नै बालबालिकाको मस्तिष्क विकासका लागि महत्त्वपूर्ण तत्त्व हो । उनीहरू भयरहित वातावरणमा आफूलाई सक्रिय बनाइराख्न चाहन्छन्, जुन म्ास्तिष्क विकासका लागि अति नै आवश्यक हुन्छ । विद्यालय आउनु अघि र विद्यालयमा पाउने वातावरणले बालबालिकाको मस्तिष्क विकासमा संवेदनशील भूमिका खेलेको हुन्छ । बाल विकास विशेषज्ञ मेरी योङ भन्छिन्, 'बालबालिकाहरूमा आफ्ना संवेगहरू नियन्त्रण गर्नसक्ने सीपको विकास गर्ने वातावरण प्रदान गरिएमा यिनीहरूको सिकाइ दिगो हुनुका साथै आत्मनियन्त्रण तथा जिम्मेवारी पुरा गर्नसक्ने सीपको विकास हुन्छ । त्यसैले सकारात्मक र राम्रो अनुभवबाट नै मस्तिष्कलाई क्रियाशील, राम्रो र सक्षम बनाउन सकिन्छ । ज्ातिसक्दो राम्रा अनुभवहरू दिन सकिन्छ, मस्तिष्कको विकास त्यही अनुरुप हुन्छ ।' परीक्षाको तनावले बौद्धिक क्षमतामा त ह्रास आउँछ नै, उनीहरूको संवेगात्मक क्षमतालाई पनि डर र त्रासले क्रमशः घटाउँदै लैजान्छ । फलस्वरुप परिणाम आउनु अघि नै परिणामको सामना गर्ने क्षमताको कमी हुन्छ, जसले गर्दा आत्महत्यासम्म गर्न तयार हुन्छन्, हाम्रा बालबालिका ।
प्रत्येक विद्यार्थी अलग छ, अलग परिवेशबाट आएको छ र सिक्ने र सिकेका कुरा प्रस्तुत गर्ने शैली पनि अलग छ भन्ने कुरालाई पटक्कै ध्यान नदिई सबैलाई परीक्षा नामको एउटै कसीले तौलिँदा गरिएको अन्यायलाई कसरी र कसले लेखाजोखा गर्ने हो, अझै अन्योल देखिन्छ । पाठ्यक्रम र पाठ्य सामग्रीको अभावको रट लगाउन समय खर्चिने तर बाल मनोविज्ञान र बाल मनोभावनालाई बेवास्ता गर्ने परिपाटीले यस्ता समस्यालाई बढाउँदै लैजान्छ । प्रत्येक वर्ष एसएलसीको परिणामलाई विश्लेषण गर्दै विद्यालयलाई राम्रो र नराम्रो भनी स्वस्फुर्त स्तरीकरण गर्ने-गराउने शिक्षाकर्मीहरूले यो एक वर्षको मिहेनतको फल हो भनेर बुझ्नु नै गलत हुनजान्छ । गुणस्तरीय शिक्षा तबमात्र स्थापित हुन्छ, जब बालबालिकामा किताबी ज्ञानको अलावा आत्मनिर्भर, उत्पादनमुखी, सिर्जनशीलता जस्ता सामाजिक सीप विकास तथा भावनात्मक सन्तुलन, संवेगमा नियन्त्रण, सही आचरण, विवेकशील र असल व्यवहारको प्रदर्शन वृद्धि हुनथाल्छ ।
मिना दाहाल काठमाडौं विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गर्दैछिन्

आजभोलि विद्यार्थीहरूमा पढ्ने बानी बढ्नुको साटो घट्दै गएकोमा शिक्षालय, शिक्षक तथा अभिभावक चिन्तित बनेका छन् । विद्यार्थीहरूमा पढाइप्रति चरम वितृष्णा पैदा हुनथालेको छ । देशको निराशाजनक अवस्था, शैक्षिक बेरोजगार, वैदेशिक रोजगारमा पढाइ अनुरुपको काम नपाउने अवस्था तथा विद्युतीय सञ्चारमाध्यमको बढ्दो प्रयोगले गर्दा विद्यालय तथा महाविद्यालय तह दुवै क्षेत्रका विद्यार्थीहरू आफ्नो पाठ्यक्रमको पढाइप्रति त्यति गम्भीर देखिएका छैनन् । एकातर्फ विद्यालय तहका विद्यार्थीहरूले पढ्ने काम भनेको विद्यालयमा मात्र भएको छ, त्यसमा पनि विभिन्न आन्दोलन र शैक्षिक मागहरू पुरा गर्ने निहुँमा विद्यालयमा पनि सरकारले तोके अनुसारको १८० दिन पढाइ पुरा भएको देखिँदैन । 'साँढेको जधाइ र बाछाको मिचाइ'मा त उनीहरू पेलिएकै छन्, त्यसका अतिरिक्त घरमा टेलिभिजन, कम्प्युटर र मोबाइलमा आउने रमाइला खेलहरूले उनीहरूको निदासमेत बिर्साइदिएको छ ।
विद्यालयमा त सिक्न जाने हो, त्यसलाई अध्ययन र चिन्तन गर्ने काम घरमा बसेर हो । तर आजभोलि विद्यार्थीहरूले मुस्किलले गृहकार्य गरे पनि बाँकी समय विद्युतीय सञ्चारमाध्यममा नै रमाउन उनीहरू
मनपराउँछन् । मोबाइल र टेलिभिजनको किरो बन्ने यो बानीलाई हटाउन अहिले अभिभावकलाई हम्मे-हम्मे परेको छ । हरेक विद्यालयको अभिभावक बैठकमा आफ्ना छोराछोरीले अत्यधिक टेलिभिजन हेरेको र त्यसैको कारण पढाइ खस्कँदै गएको कुरा दुःखी हुँदै बताउँछन् ।
एक दशकभन्दा बढी समय विद्यालय तथा महाविद्यालयसम्म शिक्षण गर्दाको अनुभवमा पछिल्लो समयमा मैले विद्यालयका विद्यार्थीहरूबीच चरम निराशा भएको अनुभव गरेँ । आफूभन्दा ठूलो झोलाको भारी बोकेर, सकी-नसकी अंग्रेजी बोलेर, बन्धन लाग्ने टाई लगाएर कक्षाकोठामा बिहान १०-४ बजेसम्म काठका मेचमा एकपाटो भएर बस्दा-बस्दा उनीहरू वाक्क छन् । अनुशासनको नाममा जबर्जस्ती थोपरिने नियमहरूमा बाँधिँदा उनीहरू दिक्क छन् भने शिक्षक केन्दि्रत पठनविधिले कक्षाको वातावरण बालमैत्री हुनसकेको छैन ।
सहरी क्षेत्रमा मन्टेश्वरी शिक्षा पद्धति भनेर पूर्वप्राथमिक तहका केही कक्षाहरूमा परिवर्तन ल्याउन खोजेजस्तो देखिए पनि सम्पूर्ण विद्यालयमा यो लागू हुनसकेको छैन । सहरी इलाकामा मात्र आधुनिक शिक्षा पद्धतिका केही विधिहरूको प्रयोग गरिए पनि ग्रामीण भेगमा परम्परागत शिक्षा पद्धति नै कायम छ, जसबाट विद्यार्थी केन्दि्रत शिक्षण हुनसकेको छैन । कतिबेला विद्यालय छुट्ला र घर जान पाइएला भनेर उनीहरू निसासिएका हुन्छन् र सार्वजनिक बिदा हुने बित्तिकै खुसीले उचालिन्छन् ।
अझ सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको पढाइमा कसरी रुचि जगाउने भन्ने सन्दर्भमा त न राज्य नै प्रयत्नशील छ, नत अन्य निकाय । शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म पनि समयमै विद्यालयमा पाठ्यक्रम पुग्दैन, असार लागेपछि बर्खे बिदा हुन्छ, अनि केही समयमै प्रथम त्रैमासिक परीक्षा आइपुग्छ । किताबै नपढी परीक्षा दिनुपर्नेर् बाध्यतामा उनीहरू रहन्छन् । त्यसपछि चाडपर्वका सिलसिलाहरू चल्न थाल्छन् । लामो बिदा हुन्छ, अनि समयमै किताब नपाउँदा पढाइप्रतिको दिलचस्पी त्यसै हराएर जान्छ ।
देशको हरेक क्षेत्रमा राजनीतिले प्रभाव पार्ने गर्छ । त्यसमा पनि शैक्षिक क्षेत्रमा यसको अझै बढी प्रभाव परेको देखिन्छ । दलगत स्वार्थका नाममा गरिने विरोधको पहिलो निसाना पनि विद्यालय नै पर्नेगरेको छ । विद्यालय शान्ति क्षेत्र भनेर मुखले भने पनि बेला न कुबेला विद्यालय बन्द हुने स्थितिले पनि विद्यार्थीहरूको पढाइमा रुचि घट्दै गएको देखिन्छ । पढाइमा रुचि जगाउन पाठ्यक्रमको पनि उत्तिकै भूमिका हुन्छ । आजभोलि पाठ्यक्रम निर्माणमा पनि समावेशीकरणलाई अपनाउनपर्ने भएकोले होला, देश र राष्ट्रियताप्रति समर्पित पाठ्य-सामग्रीभन्दा पनि व्यक्तिका रचनाको प्रभाव बढी देखिन्छ । विद्यालय जीवनमा सिकेको कुरा अमिट भएर दिमागमा बस्ने भएकोले राष्ट्रप्रति गर्व गर्ने खालका रचना समावेश गरिनुपर्छ ।
कक्षा ११ को अनिवार्य नेपालीमा सुरुकै पानामा माधव घिमिरेको 'नेपालै नरहे' कविता पढाउनुपर्दा कविताको मूलभाव सकारात्मक भए पनि शीर्षकले दिने व्यञ्जनार्थले यसलाई पाठ्यक्रमको अलि पछाडि राखेको भए हुन्थ्यो अथवा माधव घिमिरेको अरु कुनै राष्ट्रवादी कविता राखेको भए सहज हुने थियो भन्ने अनुभूति हरेक विषय शिक्षकलाई हुने गर्छ । विद्यार्थीहरूलाई देश र समग्र राष्ट्रप्रति श्रद्धाभाव झल्काउने काम गीत-संगीतबाट पनि गराउन सकिन्छ । तर लोकगायक पशुपति शर्माको 'सरले उता पढाउनी, हाम्ले आँखा जुधाउनी' भन्ने खालको गीतले क्याम्पस पढ्न हैन, प्रेम गर्न आउने हो भन्ने खाले सन्देश दिन्छ । पक्कै पनि विद्यार्थीको पढाइलाई यस्ता गीतले उँभो लगाउँदैन, बरु विद्यार्थीलाई उडन्ते र उच्छृङ्खल बनाउन सहयोग गर्छन् । सुन्दा सामान्य लाग्ने तर दीर्घकालीन विकासमा असर पार्ने यस्ता कैयौं कुरामा समयमै ध्यान पुर्याउनु आवश्यक छ ।
५३ नेपालीले साउदी कम्पनी छाडे
साउदी अरब- नेपालमा गरिएको सम्झौताअनुसार तलब, सुविधा र काम नपाएपछि ५३ जना नेपाली कामदारले साउदी अरबको कम्पनी छाडेका छन्। सइद हादी अल दोस्सरी कन्ट्र्याक्टिङ इस्ट कम्पनीमा कार्यरत नेपाली गतसाता कम्पनी छाडेर बाहिर आएका हुन्।
नेपालबाट साउदी रियाल १२ सय दिने सर्तमा ल्याइए पनि कम दिएको र भुक्तानी पाँच–छ महिना ढिलो गरेको उनीहरूको गुनासो छ। उनीहरूका अनुसार कम्पनीको निर्माण तथा सम्भार कार्यका निम्ति भनेर ल्याइएकालाई जंगलबीचमा ऊट, भेडालगायतका जनवार हेरचाहमा... खटाइएको र सशस्त्र दस्ताको घेराबन्दीमा काम लगाइएको थियो।
गोर्खा नेपाल र एसी इम्प्लोइमेन्ट ब्युरो प्रालिबाट साउदी अरब आइपुगेका उनीहरूले म्यानपावर कम्पनीसँग पटक–पटक सम्पर्क गरेर जानकारी गराउँदा पनि बेवास्ता गरिएको गुनासो गरेका छन्। कार्यरत कम्पनीले उनीहरूमाथि अन्याय र शोषण अझै बढाउन थालेपछि र आफूहरूलाई सबै राम्रो छ भनेर पठाउने म्यान पावर कम्पनीले समेत बेवास्ता गरेपछि कम्पनी नै छाडेर सडकमा निस्किनुपरेको उनीहरूले बताए।
उनीहरू नजिकैको नगर वादी अदद्वासिरमा शरण लिई एउटै कोठामा कोचिएर बसेका छन्। कम्पनीका मालिकले काममा नफर्किए पुलिस लगाएर जेल पठाउने, कुटपिट गर्ने धाकधम्की र त्रास दिइरहेकाले आफूहरू असुरक्षित भएको उनीहरू बताए।
उनीहरूले संयुक्त रूपमा कम्पनीविरुद्ध स्थानीय श्रम अदालतमा अपिल गरेका छ। पीडितहरूले नेपाली दूतावास रियादका श्रमसहचारी कृष्ण दवाडीलाई समस्या अवगत गराएको पनि जानकारी दिएका छन्। दवाडीले भने नेपालस्थित सम्बन्धित म्यान पावर कम्पनीसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताए। उनले सम्झौताअनुसारको तलब–सुविधा उपलब्ध गराउन पहल गरिने बताएका छन्। उनले पीडितलाई न्याय प्राप्तिका लागि नेपालस्थित श्रम विभागमा पनि उजुरी गर्न सुझाव दिए।
पीडितहरूले आफूहरूलाई न्याय दिलाउन र सकुशल स्वदेश फर्काउन मानवअधिकारीवादी तथा सम्बन्धित निकायले शीघ्र पहल गरिदिन अपिल गरेका छन्। परदेशी खबर साभार :- नागरीक न्यूज़
२५ भदौ, काठमाडौ । विगत पाँच महिनादेखि बन्द रहेका क्यासिनोहरु चाँडै नै सञ्चालनमा ल्याउन क्यासिनो सञ्चालन सम्बन्धी नियमावली संसोधनलाई अगाडि बढाएको छ । संशोधिन नियमावलीको मस्यौदामा यसअघि तोकिएका कडा सर्तलाई केही खकुलो बनाइए पनि क्यासिनो सञ्चालकहरुले भने नियमावलीको मूल समस्यालाई सुधार गर्न सरकार तयार नभएको गुनासो गरेका छन् ।
... सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि लागू हुने गरी जारी गरेको नियमावलीमा क्यासिनो सञ्चालनका लागि कडा सर्त र थप दस्तुर तोकेको थियो । क्यासिनोहरुले उक्त नियमावली कार्यान्वयन नगरेपछि सञ्चालनमा रहेका सवै क्यासिनोहरु सरकारले गत वैशाख ५ गतेदेखि बन्द गरिदिएको थियो ।
क्यासिनो सञ्चालकहरुले आर्थिक ऐन तथा क्यासिनो सञ्चालन सम्बन्धी नियमावलीअनुसारका नयाँ सर्तहरु अनुसार क्यासिनो सञ्चालन गर्न नसकिने बताउँदै आएका छन् भने सरकारले क्यासिनोहरु पारदर्शी र कानूनसम्मत सञ्चालन हुन नसकेकोले कडाई गरेको बताउँदै आएकोगोरखापत्रदैनिकमा खबर छ ।
ठूला साना क्यासिनोहरु बन्द हुँदा त्याहाँ कार्यरत १० हजार मजदुरहरु बेरोजगार बन्न पुगेका छन् । अर्थमन्त्री डा. रामशरण महतले यसअघि बन्द रहेका क्यासिनोहरु चाँडै नै सञ्चालनमा आउने बताएका थिए ।
संसोधनको क्रममा रहेको नियमावलीमा यसअघि प्रत्येक क्यासिनोलाई तोकिएको इजाजत दस्तुर दुई करोडबाट घटाएर ५० लाख रुपैंयाँ गरिएको छ भने मिनि क्यासिनाको दस्तुर एक करोडबाट घटाएर २० लाख कायम गरिएको छ ।
यसमा क्यासिनो सञ्चालन गर्ने कम्पनीको पुँजी २५ करोडबाट घटाएर १५करोड कायम गरिएको छ भने मिनी क्यासिनोको पुँजी १५ करोडबाट घटाएर १० करोड हुनुपर्ने ब्यवस्था गरिएको छ ।
२४ भदौ, काठमाडौं । ढाडमा खुकुरी क्रसको टाटु, ‘पोनिटेल’ स्टाइलमा पछाडि बाँधिएको कपाल, गलामा लामो सिक्री अनि चश्मा । पूर्वयुवराज पारस शाहले दुई दिनअघि सेल्फी फोटो खिचेर फेसबुकमा पोस्ट गर्दै भनेका छन् ‘मन त मेरो नेपाली हो ।’ पाँच वर्षदेखि निरन्तर विदेश बस्दै आएका पारस पछिल्लो समय फेसबुकमार्फत खुल्न थालेका छन् । कहिले कार गुदाइरहेको भिडियो राखेर त कहिले गल्फ खेलिरहेको फोटो राखेर उनी फेसबुकमा रमाइर…हेका छन् । शनिबार उनले फेसबुकमा लेखेका छन्, ‘समय र छालले कसैलाई पर्खदैन । अहिले मेरो समय छ, अहिले म एक्लै छु तर फेसबुकमा साथीहरुसँग छु ।’ त्यस्तै २ सय किलोमिटर प्रतिघन्टामा कार चलाएको भिडियो राख्दै उनले यति गतिमा कार गुडाउनु सामान्य भएको बताए । ‘सिंगापुरमा हुँदा प्रतिघन्टा ३४० किलोमिटर कुदाउँथे, दुई पटक हृदयघात भएपछि तीव्र गतिमा चलाउन छोडेको हुँ ।’ शनिबार नै उनले लार्बोघिनी हुराकान ब्रान्डको कारअगाडि बसेर फोटो खिचेका थिए । सोही दिन विजयादशमीको शुभकामना दिनेदेखि गल्फ खेलको फोटो राख्दै आफू दैनिक गल्फ खेल्न थालेको बताएका छन् । पछिल्लो समय फेसबुकमा खुल्न थालेका उनी सोमबार श्रीमति हिमानी शाहसँग साथी भएको उनको टाइमलाइनमा देखिन्छ । पारस कोनिका नामकी थाई युवतीसँगै बस्दै आएकोमा पछिल्लो समय उनीसँग पनि सम्बन्ध विगि्रएको स्रोतले बताएकोदृष्टिसाप्ताहिकमा खबर -
निर्माणधिन ५० मेगावाटको माथिल्लो मर्स्याडदी ए जलविद्युत आयोजनाले निर्माणस्थलसम्म पुग्नका लागि सुरुङ मार्ग बनाएको छ ।
३०० मिटर लम्बाई तथा ४.५ मिटर चौडाई रहेको उक्त सुरुङमार्ग खुलेपछि स्थानीयबासीलाई समेत आवातजावतमा सजिलो भएको छ ।
आयोजनाले मस्र्याडदी नदीमा मोटर चल्ने पुल बनाएर पहरा फोरि सुरुङमार्ग समेत निर्माण गरेपछि सडकमार्ग छोटिएको छ ।
यसअघि बेसीशहर चामे सडक खण्ड अन्र्तगत थाकनबेसीसम्म मोटर चढेपछि मस्र्याडदीको झुलुगे पुल तर्नुपर्ने बाध्यता थियो । “पहराभित्र बाटो निस्किन्छ भन्ने सपनामा पनि सोचेकी थिइन्, आज आफै हिड्न पाए, दंग छु,” भूलभूले, ६ नया“गाउ“की खौमति गुरुडले भनिन्, “रमाइलो मात्र हैन साह्रै सजिलो भएको छ ।”
आयोजनाले आफ्नो प्रयोगका लागि सुरुड बनाएपनि सर्वसाधारणका लागि खुल्ला गरिएको यो सम्भवत नेपालकै पहिलो सुरुङमार्ग हो ।
युवराज श्रेष्ठ/लमजुङ
प्रम कोइराला दिल्लीमा, अन्य देशका नेताहरु पनि पुगे
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री सुशील कोइरालाको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ कर्मचारीले स्वागत गरेका छन् ।
सोमबार , १२ जेठ २०७१ ४:०७ पम
प्रधानमन्त्री कोइरालालाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र शिष्टाचार महापाल रुचिरा कम्बोज, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत कर्मचारीले स्वागत गरेको नेपाली दूतावासका काउन्सलर तीर्थराज वाग्लेले जानकारी दिए ।
नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह आज साँझ ६ बजे तय भएको छ । त्यसअघि प्रधानमन्त्री कोइरालाले निवर्तमान प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च पदाधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ उनकी पत्नी कुलसुम नवाज र पुत्र हुसैन नवाजका साथ दिल्ली पुगेका छन् ।
अफगानिस्तानका राष्ट्रपति हामिद करजई, मरीशसका प्रधानमन्त्री नवीन रामगुलाम, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपक्षे पनि शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका छन् ।
एक झलक : नेपाली लोक पप गीतका पारखी अर्जुन कौशल र नेपालकै हास्य कलाकार हरिबंश आचार्य बिशेष एक कार्यक्रम को समारोहमा तस्बीर खिचाउदै
''बैशमा नफुलेको फूल ''को सानो अंश !! --------------------------
--------------------------
-------------------
सानु ,जीवनको गोरेटोहरुमा यात्रा गर्दा कहिले ठेस लाग्छन् । त्यसलाई स्वभाविक मान्नु पर्छ । तर पनि कहिलेकाहिँ नचाहँदा नचाहँदै पनि बिकराल अवस्था सिर्जना हुन पुग्दा असमझदारीको अवस्था सिर्जना हुनुले कहिलेकाहिँ राम्रै संग झगडा हुन पुग्छ । तिमी त संसार बुझेको मान्छे, नारीहठ लिनु
... तिमीलाई कत्ति पनि शोभा दिँदैन । तिमी हामीमा दीगो र स्थायी सम्बन्ध यसै पनि छ । हामी सधैँ
यस्ता कुरामा झगडा गर्नु पनि हाम्रो लागि फाईदाकारक हुँदैन ।
मैले भन्ने तथानाम भित्र मायाको सम्मिश्रण छ भन्ने तिमीले बुझ्नु जरुरी छ । तिमीले कुरा बुझ्नु नितान्त जरुरी छ । किनकी हामी एक अर्का बिना बाँच्न नसक्ने भएका छौँ ।मलाई घर ब्यबहार सबै तिरका बिरक्तले गर्दा म नराम्रो संग बिरामी परेको छु । साना साना कुराले पनि मेरो मुटु मज्जाले हल्लाउँछ । कुनै दिन मलाई ठुलै हार्ट एट्याक हुन्छ झैँ लागेको छ । अहिले सम्म त त्यसरी मुटुको औषधी
खानु परेको छैन । तर भाग्यवश भगवानको कृपाले ब्लड प्रेशर चाहिँ अझ सम्म देखा परेको छैन । मलाई मुटुको रोग यो भन्दा धेरै नबढोस् भन्ने भगवान संग कामना गर्दछु र तिमीले पनि यहि कामना गर्नु । मुटुमा असर पर्नु मुटुको रोग त होइन, तर कुनै पनि अस्वभाविक घटना हठात् सुन्नु पर्यो भने र कुनै दुर्घटना देखेँ भने म बेहोश हुने गर्छु । खै मलाई अब यहि रोगले पो लैजान्छ कि भनेर चिन्तित छु । म बाँच्न चाहन्छु । म मायाको भोको हुँ ।
मैले खोजेको अजस्र माया तिमी बाट मात्र पाउने सम्भावना देखेर निरोगी भई बाँच्न सक्छु कि भन्ने आशा लिएको छु । मलाई अब निरोगी भई बचाउने जिम्मा तिम्रो पोल्टामा हालिदिएको छु । किन किन म औधि रोएको छु मेरी प्रिया । मेरो मन धेरै प्रताडित भएर मर्नु पर्यो भने मेरो सारा सपना चकनाचुर हुन्छ । जसरी तिमीले बाँच्ने आधार मलाई सम्झेकी छ्यौ , त्यसै गरी मैले पनि मेरो बाँच्ने आधार तिमीलाई सम्झेको छु ।
सानु , प्लिज तिमीले मलाई बचाउ । प्लीज मलाई बचाउ । म धेरै आत्तिएको छु । धेरै रोएको छु । म बिरामी छु । इसीजी गर्न भन्दै थियो, पैसा नभएर फर्किएर आएको छु । ग्लूकोज पानी र तरबूजो खानु भनेर त्यहि खाएर सुतिरहेको छु । म मर्न चाहन्न बाबा ---------------

काठमाडौ, ३० फागुन । उद्योगी तथा अर्थबिदहरुले देशमा लगानीको बाताबरण नहुदा पुँजी पलायन भैरहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले लोडसेडिङ, राजनीतिक अन्यौलता , बन्द , सिन्डिकेट, चन्दा आतंक, श्रम समस्या जस्ता कुराले मुलुकमा लगानीको बाताबरण नभएका कारण पूँजि पलागन भएको बताएकाहुन् । अहिले पुँजीसंगै उद्यमशिलता पनि पलायन भएको उनीहरुको भनाई छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सचिव कृष्णहरी वास्कोटाले पूँजि पलायन बढ्दै गयो भने मुलुकको अवस्था डर लाग्दो हुने बताउनुभएको छ । उहाँले आयात र निर्यातको असन्तुलन चरम भएको बताउनुभयो । पेट्रोलियम पदार्थको आयात बढी हुँदा २९ प्रतिशतले देशले व्यापार घाटा बहन गर्नु परेको उहाँको भनाई छ । सचिव बास्कोटाले खर्च व्यवस्थापन गर्न नसक्दा, विकासदर खुम्चिदै जादा लगानी भित्राउन नसकिएको बताउनुभयो । पुर्ण वजेट नआउदा विकास निमार्णका काम रोकिएको भन्दै उहाँले अझै केही समय पुर्ण वजेट नआए केही सरकारी कार्यलयले खर्च धान्न नसक्ने बताउनुभयो । बैंकहरु मात्रै नाफामा गएको भन्दै सरकारले शहर केन्द्रित सहकारी सस्थाहरुलाई रोक्न नसकीएको उहाँको भनाई छ ।
वरिष्ठ अर्थविद् डा. चिरञ्जीवी नेपालले वार्षिक १० प्रतिशतका दरले पूँजी पलायन भएको बताउनुभएको छ । पुँजी पलायनबारे नेपालमा त्यस्तो अध्ययन नभएपनि सन् २००२ देखि २०१० सम्ममा ७० अर्ब रुपैया देशबाट बाहिरिएको उहाँको भनाई छ । पूँजि पलायनहुने १० प्रमुख देशहरु मध्ये नेपाल ८ औं स्थानमा रहेको छ । सबैभन्दा बढि चीनमा पूँजि पलायन हुन्छ । पुँजी पयालनलाई रोक्न नसकिने भन्दै उहाँले बिदेशमा लगानी गर्ने कानुनी बाटो खोलिदिएमा बिदेशमा लगानी गरेर नाफा गरेको पैसा स्वदेश भित्रने उहाँको भनाई छ ।
सोही अवसमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा लगानी गर्ने वातावरण नभएका कारण नै पूँजि पलायनको खतरा बढेको बताउनुभएको छ । उहाँले पूँजि पलायन रोक्न उत्पादनमा जोड दिनुभयो । देश भित्रै उद्योगीलाई लगानी गर्ने वातावराण हुने हो भने पूँजि पलायन नहुने उहाँको भनाई छ । राजनीतिक दलका भातृ संगठनको चन्दा आतंक, बन्द हड्ताल, चरम लोडसेडिङ, अस्पाष्ट सरकारी नीति, समयमा वजेट आउन नसक्नु आदी कारणले नै पूँजि पलायनको दर बढेको उहाँको भनाई छ

गजल
पर्खाल होइन मेरो दिल तोड्नलाई!!
2 दिनको मिलन होइन साथ छोड्नलाई!!
~
तिम्रै सहयात्रि हुँ जिन्दगी को हरेक क्षणमा ,
चौ बाटो होइन म त मेरो पाइला मोड्नलाई!!
~
साहारा दिदैँ बसेको दुखि सबै मानिसलाई
फुटपात होइन जिबन झार सम्झि गोड्नलाई!!
~
असाहाय टुहुराको दोष्ति छ आज यो दिलमा ,
स्वार्थी छैन यो दिल कर्तब्य भुलि बढ्नलाई!!
~
अमर छ यो दिल आज गरीब दुखि प्रति ,
गलेर जाने सिनो होइन माटोमा सड्नलाई!
गगा ओली
नेपाल टेलिकमको 2G सिमलाई सित्तैमा 3G बनाऔ र एनसेल भन्दा आधा सस्तो छ !
--------------- --------------- --------------- --------------- -------------
तपाइँ नेपाल टेलिकमको जीएसएम मोबाइल चलाउनु हुन्छ भने तपाइँका लागि टेलिकमले सित्तैमा थ्रीजी चलाउने अवसर दिने भएको छ। यसको मतलब हो तपाइँ टेलिकमको टुजी नेटवर्क र सेवाबाट सित्तैमा थ्रीजी नेटवर्क र सेवामा प्रवेश गर्नसक्नुहुन्छ। जसमा तपाइँले टुजीमा भन्दा धेरै... गतिको इन्टरनेट पाउन सक्नुहुन्छ। त्यो पनि सस्तो शूल्कदरमा।
के छ यसमा ?
नेपाल टेलिकमले विस्तार र सुधार गर्दै गइरहेको थ्रीजी सेवामा ७.२ एमबीपीएस गति सम्मको इन्टरनेट सेवा रहेको छ। जुन टुजी नेटवर्कमा अहिले चलाइरहेको जीपीआरएसको गति भन्दा निक्कै नै धेरै हो।
थ्रीजी मोबाइल सेवामा तपाइँ भिडियो कल गर्नसक्नुहुन्छ। यसको मतलब हो अनुहार हेर्दै फोनमा कुराकानी गर्ने सुविधा यसमा छ। यसको शुल्क पनि सस्तो नै छ। करबाहेक टेलिकमले थ्रीजीमा भिडियो कल गर्दा २ रुपैंया मिनेट लाग्छ।
टेलिकमको थ्रीजीमा सस्तो इन्टरनेट सेवा छ। प्रतिस्पर्धी एनसेलको भन्दा आधा सस्तोमा टेलिकमको थ्रीजी इन्टरनेट उपलब्ध हुन्छ। टेलिकमले १० पैसा प्रति १०० केबीको दरमा डाटा प्याकेज दिइरहेको छ जुन एमबीमा हिसाब गर्दा १ रुपैंया हुन्छ।
यतिखेर नेपालमा जीएसएम प्रविधिमा दुर्इ कम्पनीले मात्र थ्रीजी सेवा दिइरहेका छन्। एनसेल र नेपाल टेलिकम। एनसेलले थ्रीजीमा डाटा प्याकेजमा इन्टरनेट सेवा दिइरहेको छ जुन प्याकेज बाहिर निक्कै महँगो र प्याकेजमा पनि टेलिकमको भन्दा शतप्रतिशत महँगो छ। टेलिकमले भने थ्रीजीमा कुनै प्याकेज बनाएको छैन सिधै जति चलाएपनि एउटै दरमा इन्टरनेट उपलब्ध हुन्छ।
कसरी बनाउने थ्रीजी ?
तपाइँसँग थ्रीजी सेवालाई सपोर्ट गर्ने मोबाइल फोन छ (आजकल स्मार्टफोन सबैले सपोर्ट गर्छन्) भने तपाइँले एउटा एसएमएस गरेर नै आफ्नो फोनलाई थ्रीजी बनाउन सक्नुहुन्छ। त्यसका लागि एसएमएसमा थ्रीजी टाइप गर्नुहोस् र १४०० मा पठाउनुहोस्। यतिगरेपछि तपाइँलाई टेलिकमबाट तपाइँको सीम र नेटवर्क थ्रीजीमा रुपान्तरण भएको सन्देश आउँछ। यसको कुनै शुल्क पनि लाग्दैन।
यो टेलिकमको अफरको मौका हो नत्र भने टुजी लिइरहेका प्रिपेड प्रयोगकर्ताहरुल े टुजीसीम परिवर्तन गरेर थ्रीजी लिँदा १ सय रुपैंया लाग्ने गरेको थियो।
महत्वपूर्ण भनाइहरु:)))
१.मान्छेका सवैभन्दा असल साथी उसैका दश औंला हुन --
रवर्ट कोलिएर
२.मनलाई हर्ष र उल्लासमय वनाउ,यसले हानीवाट
वचाउँछ र दीर्घ जीवन पनि पाइन्छ --शेक्सपियर
३.उत्साहि व्यक्तिका लागि संसारमा कुनै वस्तु दुर्लभ छैन
--वाल्मिकी
४.मनले आफूभित्र नै स्वर्गलाई नर्क र नर्कलाई स्वर्ग
वनाउँछ-- मिल्टन
५.काम थालेपछि विचमा अलमल गर्न हुँदैन --चाणक्य...
६.तिम्रो जीवन लिनका लागि होइन,
दिनका लागि हो --विवेकानन्द
७.दुष्ट उपकारवाट होइन, अपकारवाटनै शान्त हुन्छ --
कालिदास
८.वीरता कसैको इज्जत लिनमा हुँदैन, इज्जत
वचाउनमा हुन्छ --माहात्मा गान्धी
९.खराव पुस्तक पढ्नु पनि विषपान गर्नु जस्तै हो --
लियोटल्सटाय
१०.जो सिकेर पनि आफ्नो विद्या उपयोग गर्दैन,
त्यो कितावले लादिएको जनावर हो --कालिदास
मन परेमा साथीहरुमाझ अवश्य share गर्नुहोला
चौंथो लमजुङ महोत्सव २०७० का अवसरमा लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरिएको हुँदा उक्त प्रतियोगितामा सहभागी हुन कवि, स्रस्टा तथा र्सजकहरुलाई हार्दिक आमन्त्रण गरिन्छ ।
प्रतियोगितासम्बन्धी जानकारीहरु -
१) प्रतियोगिताका लागि आगामी पौष मसान्तभित्र लमजुङ महोत्सवको सचिवालयमा प्राप्त हुने गरी कविता पठाउनु पर्नेछ ।
२) माघ ५ गतेभित्र पहिलो
...चरणको छनौट गरी १० जना चयन गर्ने र माघको १६ गते विहीबार सहिद दिवसका दिन कविता प्रतियोगिताको अन्तिम छनौटमा परेका प्रतियोगीहरुको विहान अन्तिम पाँचको छनौट गरी महोत्सवस्थलबाट नतिजा उद्घोष गरी पुरस्कार वितरण कार्यक्रम गर्ने ।
३) पुरस्कारहरु प्रथम पुरस्कार रु. १०,०००/- र प्रमाणपत्र एकजनालाई द्वितीय पुरस्कार रु. ८,०००/- र प्रमाणपत्र एकजनालाई तृतीय पुरस्कार रु. ५,०००/- र प्रमाणपत्र एकजनालाई सान्त्वन रु. २,०००/- र प्रमाणपत्र दर्ुइजनालाई
४) पश्चिमाञ्चल विकास क्षेत्रका प्रतियोगीलाई मात्र प्रतियोगितामा समावेश गरिनेछ ।
५) प्रतियोगितामा सामेल गराउने कविता बढीमा २०० शब्दको हुनु पर्नेछ ।
६) प्रतियोगितामा समावेश गरिने कविता पद्य तथा गद्य दुबैमध्ये एकमा लेख्न सकिनेछ ।
७) प्रतियोगितामा समावेश गरिएका कविता पर्ूव प्रकाशित वा कुनै पनि प्रतियोगिता पर्व सामेल भएको हुनु हुँदैन । यदि त्यस्तो पाइएमा प्रतियोगितामा सामेल गरिने छैन र पछि उजुरी परेमा छानबीन गरी तथ्य पत्ता लागेमा पुरस्कार खोसिनेछ ।
८) छनौटमा परेका प्रतियोगी वाचनका लागि स्वयम् उपस्थित हुनुपर्नेछ ।
९) कविता पठाउने ठेगानाः
लमजुङ महोत्सवको सचिवालय लमजुङ उद्योग वाणिज्य संघको सचिवालय बेसीशहर, लमजुङ
फोन नं. ०६६५२०१५६/५२००५६ फ्याक्स ०६६५२००५६
मोबाइल नं. ९८५६०४५४५० (नवीनचन्द्र घिमिरे)
९८५६०४५३१२ (योगेश घिमिरे)
Email:- navin.bindu@gmail.com
lcci.lamjung@gmail.com
मेरो गीत मेरो गजलमा छौ तिमी
म भित्रको ताज महलमा छौ तिमी
मेरो दिन तिमि हौ रात पनि तिमी
हरेक क्षण हरेक पलमा छौ तिमी
सासमा तिमि छौ रगत तिमि छौ
ढुकढुकीको हर हलचलमा छौ तिमी
धर्ति भासिएला खस्ला आकास त्यो
सधै सधै केवल अटलमा छौ तिमी
नवल परासी
हाल : दोहा ,कतार