चिकित्सा क्षेत्रमा औपचारिक नाम समेत नपाएको ‘केयर गिभर स्ट्रेस’ जटिल समस्या बनेर आएको छ।
पछिल्लो समय केयर गिभर अर्थात् स्याहार–सुसार गर्ने व्यक्तिहरूमा बढ्दो रूपमा देखिन थालेको ‘केयर गिभर सिन्ड्रोम/स्ट्रेस’ को समस्या चिकित्सकहरूका लागि नौलो चुनौती बनिरहेको छ। अध्ययन–अनुसन्धान शुरू भए पनि यसलाई कसरी घटाउने भन्नेबारे विश्वभर बहस भइरहेको काठमाडौं मेडिकल कलेजकी मनोचिकित्सक डा. रचना शर्मा बताउँछिन्।
डा. शर्माले आफूकहाँ डिप्रेसन, बाइपोलर डिसअर्डर, एन्जाइटी जस्ता समस्या लिएर आउने केयर गिभरहरूको संख्या बढेको अनुभव सुनाइन्। त्यसको कारण पत्ता लगाउन चाहिं समय लाग्ने उनको भनाइ छ। केयर गिभरहरूको समस्या धेरै पटकको निरीक्षण र सोधखोजपछि मात्र थाहा हुने उनले बताइन्।
डा. शर्माका अनुसार, शुरूमा झर्को लाग्नु, निद्रा नलाग्नु, छटपटी हुनु, एकाग्र हुन नसक्नु स्ट्रेसको प्रारम्भिक लक्षण हो। त्यसमाथि विस्तारै अरू मानसिक रोग, उच्च रक्तचाप, मधुमेह जस्ता समस्या पनि थपिन्छन्। “अन्त्यमा सेवा दिने व्यक्ति नै सिकिस्त भई अस्पताल पुग्नुपर्ने हुन्छ”, डा. शर्मा भन्छिन्।
सन् २०११ को ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएसन’ मा छापिएको, मलेशियाका डा. सइद ताजुद्दिन सइद हसनको ‘ट्रमाटिक ब्रेन इन्जुरीः केयर गिभर्स प्रब्लम्स एन्ड निड्स’ शीर्षकको अनुसन्धान आलेखमा मानसिक समस्या भएका बिरामीलाई सेवा दिनु पीडादायक हुने उल्लेख छ।
उक्त अनुसन्धान आलेखका अनुसार, नेपाल जस्ता अल्पविकसित देशहरूमा सेवा दिने र लिनेबीचको सम्बन्धलाई गम्भीरतापूर्वक लिइँदैन। अर्थात्, सेवा पाइरहेको व्यक्तिले जस्तोसुकै व्यवहार गरे पनि सेवकले चूपचाप सेवा दिनुपर्ने बाध्यता हुन्छ। मलेशिया पुत्र युनिभर्सिटीका डा. हसनले जर्नलमा लेेखेका छन्– ‘कोही सेवक बिरामीसँग रिसाउने, र्झ्किने पनि गर्छन्। यसले गर्दा सेवा दिने र लिनेबीचको सम्बन्ध नराम्ररी बिग्रिने गरेको छ।’
डा. शर्मा चाहिं केयर गिभरभन्दा पारिवारिक स्नेह नै उत्तम हुने बताउँछिन्। “केयर गिभरले पनि एकोहोरो खटिनुहुँदैन”, उनी भन्छिन्, “वेला–वेला छुट्टी लिए स्ट्रेसको सम्भावना घट्छ।”
डा. हसन केयर गिभरले सेवा दिइरहँदा आफूलाई कस्तो महसूस भइरहेको छ भन्नेबारे साथीभाइ र घरका सदस्यलाई सुनाइरहनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार आफ्नो अनुभव सुनाउने, समयमा खाने, समयमा सुत्ने, योग र व्यायाम गर्ने गर्दा केयर गिभर सिन्ड्रोमबाट जोगिन सकिन्छ। “केयर गिभर सिन्ड्रोमबाट बच्न निरन्तरको स्याहार–सुसार र शारीरिक थकान घटाउने अरू उपाय पनि अपनाउनुपर्छ”, उनी भन्छन्।
अमेरिकी साइकिएट्रिक एसोसिएसनको पछिल्लो ‘डाइग्नोस्टिक एण्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिस्अर्डर’ (मेडिकल लिटरेचर) मा केयर गिभर सिन्ड्रोम परेको छैन। सबै किसिमका मानसिक विशृंखलता नामकरण र वर्गीकरण गर्ने म्यानुअलमा केही उल्लेख नभएकोले केयर गिभर सिन्ड्रोमलाई फिजिसियनहरूले नै हेर्दै आएका छन्। यसकारण पनि केयर गिभर स्ट्रेस भएकाहरूले उचित उपचार नपाइरहेको सन् २००७ मा सीएनएन डटकममा प्रकाशित डा. एन्ड्री लेरोयको लेखमा भनिएको छ। हिमालखबरबाट
२५ बैशाख २०७३

फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ ।
सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् ।
केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् । नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले ।
आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।
(1)जोशमा होश नगुमाउनुस् :
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।
नक्कली अकाण्टबाट बँच्नुस् :
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।
अश्लिल सामग्रीबाट टाढै रहनुस् :
सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।
कमेन्ट गर्दा ध्यान दिनुस् :
सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।
पोष्ट गर्नु अघि सोंच्नुस् :
कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।विचार पुर्याएर मात्र लाइक, कमेन्ट र पाेष्ट गर्नुस है ।
अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।
यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।
यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।
एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।
निर्मला ठकुराठी
काठमाडौं, असोज ६ । दक्षिण एसियाली उद्यमी महिलाको तीन दिने सम्मेलन काठमाडौंमा सुरु भएको छ । फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल र गरिबी निवारण कोषको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, म्यानमार र भारतका गरी जम्मा २२ जना उद्यमी महिलाको सहभागिता रहेको फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपालकी सल्लाहकार बिना प्रधानले बताउनुभयो ।
सम्मेलनमा सहभागि महिलाले दक्षिण एसियाली महिलाले गर्ने कामको भूमिका, उनिहरूको भोगाइ, अवस्था, सफलता, चुनौती र आफ्ना अनूभव साटासाट गर्नेछन् ।
फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल र गरिबी निवारण कोषको लगानीबाट उद्यम सुरु गरी अहिले राम्रो उद्यमी बनेका नेपालका बिभिन्न जिल्लाका १५ जना उद्यमी महिलाको पनि सहभागिता रहेको सल्लाहकार प्रधानले बताउनुभयो ।
संस्थाले महिलालाई उद्यमशिल बनाउन आवश्यक पर्ने सुरुको लगानी, आवश्यक सिप र स्रोत साधनको सहयोग गरी २५० जना गृहिणी महिलालाई उद्यमी बनाएको सल्लाहकार प्रधानले बताउनुभयो । गृहिणी महिलाको कामको मुल्याङ्कन नभएका कारण सीप र आर्थीक लगानी प्रदान गरी उद्यमीमा रुपान्तरण गर्न संस्थाले बिशेष काम गरिरहेको छ ।
२७ सेप्टेम्बरमा महिला ससक्तिकरण र उद्यमशिलताका बिषयमा अमेरीकामा हुने यू एन सम्मेलनमा पनि यो बिषय उठाउँने सल्लाहकार प्रधानले बताउनुभयो । यो भन्दा अगाडीको सम्मेलन बङ्गलादेशमा भएको थियो । सम्मेलन ७ गते सम्म चल्नेछ ।
प्रकाशित मिति २०७२ असोज ६ गते बुधवार
- f
राम ढुंगाना
केही महिना पहिला अन्तराष्ट्रिय आतंककारी संगठन आइएसआइले आफ्नो कब्जामा लिएको जोर्डनी पाइलटलाई फलामको पिंजडाभित्र थुनेर बाहिरबाट आगो लगाइ क्रुर तरिकाले हत्या गरेको थियो । त्यो घटनाको विश्वभरबाट निन्दा र भर्त्सना भयो ।
हेर्दै कहाँली र डर लाग्दो त्यो हत्याको भिडियो हेरिसकेपछि मैले मनमनै सोचेको थिए, धन्न हाम्रो नेपाली समाज यो हदसम्म क्रुर छैन । कुनै पनि नेपालीहरुले यस्तो क्रुर र मानवताको धज्जी उडाँउने काम गर्न सक्दैनन् । नेपालीहरु क्रुरताको त्यो अन्तिम सिमाना पार गर्न सक्दैनन् । जुन आइएसआइका आतंककारीहरुले गरे । तर मैले त्यतिबेला सोचेको कुरा केहि महिनापछि नै झुटो साबित भयो ।
हिजो सुदुरपश्चिमको टिकापुरमा भएको बिभत्स घटना, जुन घटनामा नेपाल प्रहरीका बहालवाला एसएसपीदेखि जवानसम्म र दुर्इ बर्षको निर्दोष बालक समेत मारिए । एउटा सच्चा नेपालीले कल्पना सम्म गर्न नसक्ने घटना सुनियोजित ढंगले त्यहाँ घट्यो । जनताहरुकै जनधनको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मिलार्इ बिभत्स ढंगले जिउँदै जलाएर मारियो । भाला घोपेर , बन्चरोले काटेर मारियो । सुन्दा र देख्दा त्यो दृश्यले आंङ नै सिरिंङ भयो । दुई बर्षको दुधे बालक जस्ले राम्रो सँग आँखाले संसार हेर्न जानिसकेको छैन, उसलाई फक्रिनै नदिइ कोपिलामै निमोठियो । त्यो मृतक बच्चाको फोटो हेर्दा मन ढडेर खरानी झै भयो ।
२०४६ सालको जन–आन्दोलनमा प्रहरीलाई घिसारी–घिसारी मारियो । माओवादी द्दन्द् हुँदा उनीहरुको निशानामा देशका सुरक्षाकर्मिहरु माओवादीको पहिलो तारो भए । कैयौ सुरक्षाकर्मी मारिए । हिजो फेरि टिकापुरमा थारुहरुको बिसौं हजार भिडले आफ्नै राष्ट्रको सुरक्षाकर्मीको निर्मम हत्या गरे ।
प्रहरीलाई निशाना बनाएर आक्रमण गर्नेहरु लाई प्रश्न, ‘यदि भोलिको दिनमा तिमीहरुको घरमा चोरी भयो, लुटपाट डकैती भयो, बिभिन्न किसिमका झैझगडामा न्याए माग्न प्रहरीकोमा नजाने हो ? अब उप्रान्त प्रहरी प्रशासन तिमीहरुलार्इ नचाँहिने हो ?
जोसुकै हुन्, विभिन्न माग राखि आन्दोलन गरिरहेका सबैको दुश्मन प्रहरी नै हो त ? समस्याहरुको जड प्रहरी नै हुन् त ? देशमा आपतबिपत पर्दा बिभिन्न किसिमका प्रकृतिक प्रकोपमा आफ्नो ज्यानको बाजी लगाएर जनताको उद्दारमा दिनरात खटिने राष्ट्र सेबकहरु नै सबैको दुश्मन किन ?
आखिर प्रहरी पनि विदेशी हैनन् । तपार्इ हाम्रै दाजुभार्इ हुन् । तपाई हामीबिच हाम्रै समाजमा हुर्केर, देशको सेवा गर्दै आफ्नो घर–परिवार पाल्ने गरिब जनताका छोराछोरी हुन् । आफ्नै देशका सुरक्षाकर्मीमाथी जाइलाग्ने ज्युदै आगो लगाउने कार्य गर्ने नामर्दहरु हुन् । कायरहरु हुन् । तिननीहरु लाई मानिसको दर्जा दिन सकिदैन । पशु हुन् तिनिहरु । मानव र मानवता बिरोधी ।
घटनाको सम्पूर्ण जिम्मेवारी त्यो भिडको नेतृत्वकर्ताले लिनु पर्छ । यदी आफ्नो पछाडि लागेको भिड आफूले भनेको मान्दैन, अनियन्त्रित हुन्छ र सम्हाल्न सकिदैन भने किन नेतृत्व गर्ने ? आन्दोलनका नेताले घुसपैठ भएको बताइरहेका छन् । यदी त्यहाँ घुसपैठ भएको थियो र तपार्इहरु लाई त्यो घुसपैठि कसले गर्यो थाहा छ भने नाम दिएर कारबाहिको लागि प्रहरी प्रशासनलाइ सहयोग गर्नुस् । नभए आफ्ने नेतृत्वमा घटाइएको घटना हुँदै नभएको नाम मात्रैको घुसपैठिको टाउकोमा लगेर नखन्याउनुस् । घटनाका सम्पूर्ण दोषिहरु लाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन । तिनीहरुलाई कानुनको दायरामा लेराउनै पर्छ । यदी दोषीहरु लाई कारबाहि गरिएन र यत्तिकै छोडियो भने अन्यत्र पनि यस्तो घटना नदोहरियला भन्न सकिन्न । घटनाले सम्पुर्ण सच्चा देश प्रेमि नेपालीहरुको शिर निहुँरिएको छ । मन रोएको छ । छाति चर्किएको छ । बर्षौदेखि आपसी सद्दभाव कायम राखेर एक–अर्कालाई खाँचो पर्दा सहयोग आदान–प्रदान गर्दै मिलेर बसेको समाजलाई तोड्ने काम भएको छ । यो पक्कै पनि राम्रो र शुभ संकेत हैन । यदि यस्तै प्रकारले हिंसा भड्किदै जाने हो र नेपालीहरु बिभिन्न जातजाति धर्म र समुदायहरुमा बिभाजन हुँदै जाने हो भने नेपाल देश खाडलमा नजाकिएला भन्न सकिन्न ।
हामिले देख्दै र हेर्दै आइरहेका आन्तरिक द्दन्द् ग्रस्त अफ्रिकि मुलुकहरु जस्तै नेपालको नाउँ पनि द्दन्दरत र गृहयुद्द भइरहेको मुलुकहरुको सूचिमा अग्रपंक्तिमा नआउला भन्न सकिने अबस्था रहेन ।
त्यसैले सबैले संयम धर्यता अपनाऊ । समाजमा लागेको डढेलोले एउटा पक्षलाई मात्रै ढडाँउदैन । आगोको राफले सबै पोलिन्छन् । सबै पक्ष मिलेर बस्नुको बिकल्प छैन । कैलालीको टिकापुरमा भएको घटनामा बिरगति प्राप्त गर्ने सम्पूर्ण सुरक्षाकर्मीलाई चिरशान्तिको कामना गर्छु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ र शोकाकुल परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस् । जय नेपाल
-
सलाम छ नेपाली चेली नेपालीको नाम राखेकोमा विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । नेपालको शिर उच्च राख्न सफल भएकोमा बधाई छ************************************************************************लन्डनमा नेपाली विद्यार्थी विश्वकै उत्कृष्ट**********************************************भाद्र ११, २०७२- लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् ।
चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको
एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् ।
'नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं', कान्तिपुरसंग खुशी बांड्दै उनले भनिन्, 'मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।'
नेपाल छंदा नै उनी पढाइमा अब्बल थिइन् । अर्किड कलेज चितवनबाट ए लेभल उत्तिर्ण भए लगत्तै सन् २०१० सेप्टेम्बरमा यूके आएकी सिर्जनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् । 'लन्डन आउने बित्तिकै शुरुतिर अलमल भयो', उनले विगत सुनाइन्, 'पढाउने तरिका फरक अनि यहांको संस्कृति र रहनसहन पनि । पछि विस्तारै एडजस्ट भएं ।'
हाल लन्डनस्थित एउटा व्यवस्थापन कम्पनी 'एम एण्ड जी' की जागिरे उनी लन्डनमा जागिर अनि पढाइ एकसाथ लैजान सजिलो भने नभएको अनुभव सुनाउंछिन् ।
बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २५ वर्षीया सिर्जनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतमको पनि साथ छ ।
सबिता अधिकारी इजरायल
२०७२ भदौ ११ शुक्रबार बिदेसी भुमिमा बसेर आफ्नो दुख सुख आत्म साथ गरी आफ्नो बचेको समयमा आफ्नो देसकोमाया ममता हरेक घुम्ती आयको पिडा देसको अबस्था हरेले आफ्नो खुसीमा मुक्त लेखि प्रतेक बिहिबार इजरायललाई कर्म भुमि बनाएर साहित्य विधा अन्तर्गत मुक्तक विधामा कलम चलाउदै आउनु भएका मुक्तकिला मनहरुको मनलाई संगालेर यहाँहरु माझ उपस्थित भएकाछौं |आज मुक्तक पठाएर सहयोग गर्नु हुने सम्पूर्ण मनहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु |र यहाँहरु सम्पूर्णले खुलेर प्रतिक्रिया दिनु हुनेछ भन्ने आशा गरेकाछौं ,कृपया यहाँहरुको प्रतिक्रिया नै
हाम्रो मुक्तक मेहफिलको भबिष्यको बाटो हुनेछ |धन्यवाद
******
१,राधा भट्टराइकहाँबाट अधिकार पाएर छिमेकीले मेरो आँगन नाग्छन्
कसले दियो अनुमति जो कोही मेरो देशको माटो ताक्छन्
काका काकी चाचा चाची अंकल आन्टी गाँस्छन नाता पनि
तर मानवताको ईतिहास भुल्नेका हर नाता फिका लाग्छन् !!
****
२,लक्ष्मी अनुरागी
फूलले कहिल्यै भन्दैन मलाइ टिप भनेर
बाँस पनि बोल्दैन उसलाई खिप भनेर
जसो मन लाग्छ त्यसै गर्छौं हामी मान्छे
सुटुक्क भाग्छ अँध्यारो जलायौ दिप भनेर।।
******
३,मुना सिग्देल
आँखामा अपत्यारीला सबाल आउँछन
बेक़सूर यो मनलाई दोषी बनाउँछन
समयको पनि मनोमानी भो ज़िन्दगी सँग
कैले हाँस्न लगाउछन कैले रुन लगाउँछन!!
*****
४ भगवती बस्नेत
उठ जाग युवा अब नेपालको मुहार फेर्न
आफ्नै दाजुभाइको हत्या कसोगरी सक्छौ हेर्न?
जात धर्मको बिज रोपी आफ्नै भित्र लडाएर-
देशद्रोही राष्ट्रघातीलाई आजैदेखि थालौं घेर्न।।
*******
५,सावित्रा लुइँटेल घिमिरे
आमा रुँदा आसुँपुछ्ने सन्तान भेटिएन
सुन्दर शान्त नेपाल हेर्ने रहर मेटिएन
लौन दाजु लौन भाई सोचौं दिदी बहिनी
पहल गरौं शत्रुका ति घाँटी रेटिएन।।
******
६,भवानी अधिकारी नेपाल
अझै मन माझिएन द्वन्द झन चर्किन सक्छ
मायाँ त गरे झैं लाग्छ तर घृणा फर्किन सक्छ
कम्पन हुँदा बेजोडले धरासायी बन्दै गा’छ
प्रेमपथको यात्री यो बाटो मोडी तर्किन सक्छ ||
******
७,रजनी शर्मा
कहिले बाढी पहिरो आउने
कहिले भूकम्पले सताउने
दुश्मन पनि यहि वेला लाग्यो
को होला रगतको होली खेलाउने ||
*******
८,निसा कट्वाल
नबसौं साथी यसरी हामी कुलतमा फसेर
जागौं है अब देशको निम्ती यि घुँडा धसेर
छैन कोही यहाँ ठुलो र सानो नगरौं भेदभाव
दुख्दैछिन आमा बलिन्द्र धारा ति आसुँ खसेर |
*****
९,सबिता अधिकारी घिमिरे
मायामा टुटेको छ मन बुझिदिने को होला
सत्यता सँग साँच्ची डटेर जुझिदिने को होला
बिछोडमा जिउन कती कठिन् हुन्छ बुझ्नु
पिरतिको बर्षातमा रुझिदिने को होला ||
********
१०,रेखा पन्त
भताभुंग लथालिंग भा’को छ मन
बिपरित तर्फ मात्र गा’को छ मन
हेर्दा देख्दिन तर दुखिरहन्छ किन
कुटुकुटु भित्र भित्रै खा’को छ मन।।
*******
११,बसु श्रेष्ठ
मदिराको के नशा धोका पिउँनुमा मजा छ
आघातको चोटलाई हाँसेर सिउँनुमा मजा छ
सुखले बाँच्न यहाँ सबैले जानेको नै हुन्छ
दु:खले पिल्सिएर मलाई खिउँनुमा मजा छ।।
*******
१२,बिमला शर्मा ढुङ्गाना
भाई भाई फुटी देश लुटेका छन अचेल
त्यसैले त धेरै सवाल उठेका छन अचेल
सहमती होला भन्दा चर्किंदैछ द्द्न्द
शान्ति भंग गर्न मान्छे जुटेका छन अचेल।।
******
१३,अम्बिका याम्फु (अनमोल )
सर्वत्र शिक्षाको किरण छर्न तिमी मास्टर बनेर आउँनु
बर्षौ देखि रोगी छिन् जननी तिमी डाक्टर बनेर आउँनु
जात र धर्मले बुद्द क्षेत्र द्दन्द्दग्रस्त हुँदैछ,ख्रिश्टनको हैन
मौलिकताको दर्शन दिन तिमी आदिम पास्टर बनेर आउँनु।।
********
१४,निलम भुसाल
आफ्नै दाजुभाई पनि गर्छन मारामार
छिमेकी संग किन भयो पानी बाराबार
कस्तो थियो कस्तो भयो हेर्दा हेर्दै देश
कसले रोक्ला हिंसा हुन थाल्यो लगातार।।
*******
१५,कल्पना पौडेल “जिज्ञासु
यही मुटु कठोर पारी जिउँने आधार बनाउँछु
लिलाम नहोस भावना त्यस्तो बजार बनाउँछु
कमजोर पार्छ आत्मलाई मायाँ भन्ने चिजले
सपना देख्ने नज़र जलाई अंगार बनाउँछु।।।
*******
१६,शान्ता खवास
यादै यादमा जीवन हाम्रो ढल्दै छ
हिजो भन्दा आज झन झन गल्दै छ
कहाँबाट कहा पुर्यायो समयको वेगले ,
सोच्दै नसोचेको ढंगले जीवन चल्दै छ ||
*******
१७,सिता तिमल्सिना अधिकारी
घर अनि परिवार,छोडेर म परदेशमा रुन्छु
सम्झना का बिरुवा गोडेर म परदेशमा रुन्छु
हे माया ममताका खानी,माफ गर है भनी
दस-दस औंला,जोडेर म परदेशमा रुन्छु!!
******
१८,लिला रिजाल
एउटालाई चोट लाग्दा दुख्थ्यो गाउँनै पहिले
जिउंदै आगो सल्काएर मार्न थाले अहिले
खै के हुन लाग्या होला जुध्छन् सबै अचेल
मुटु दुख्ने खबर मात्र आउँछन् किन जहिले ||
******
१९ ,केशु पोख्रेल
आमाको मुहार हसिलो हेर्ने रहर छ
अँधेरो बस्ति उज्यालोमा फेर्ने रहर छ
शान्ति बिहिन छ मेरो देश आज
सेता कागजमा दुई शब्द केर्ने रहर छ
- See more at: http://meronlinekhabar.com/2015/08/16645/#sthash.XrOZWr6i.dpuf
कैलालीको भिडन्तमा प्रहरीको साथै सर्वसाधारण जनताको समेत मिर्त्यु भएकोमा दु:ख लागेको छ
कैलालीको भिडन्तमा प्रहरीको साथै सर्वसाधारण जनताको समेत मिर्त्यु भएकोमा दु:ख लागेको छ
हाम्रो देसमा सान्ति को दियो बल्ल भने आसबाधि हामी नेपाली दिन देसको जन्ता को बिचमा आगो बलेको छ जात बिउ रोपी जत्नाको दिलमा आगो लगाउनु यो अती दुख को कुरा हो |घरमा भ एको बन्चरो खुकुरि बोकेर सडकमा देखिनु के सान्ति को अनुभूति हामी कसरी हुन्छ नेपाल सेबको जिउ लिने अनेक आन्दोलि बनु अती दुख को कुरा हो |
नेताले शहीद भए ५० लाख दिएर पाउने लोभले आन्दोलनमा मच्चिएर हिँडे जस्तो छ. यदि त्यों ५० लाख यो नेताहरुले यतिका पैसा आन्दोलनमा हालेर अान्दोलन गराएर समय पैसा खर्चाउन भन्दा त्यों पैसा कुनै कारखानामा खोलेर तीनै आन्दोलनकारिलाइ रोजगारी दिएको भए आज मुलुक चाइना भन्दा कम हुने थिएन । हाम्रा नेपाली मिहेनति छन। दिनभरि नेताको आन्दोलनमा खटेर टायर बाल्ने ढुङ्गा हान्ने हातले कारखानामा मिहनेत गरेर तीनै हातले पैसा थाप्ने थिए। बिदेसमा मिहेनत गरेको रेमिट्यान्स त्यसैले खेर गएको छ धिक्कार छ तिमि नेतालाइ।नेपाली कहिले पनि आफ्नो देसको बारेमा सोचेन दुखकोकुरा हो|
बन्द र हटतालले न देश न कानुन न जीवन नै बन्छ।हामी लाई नै राम्रो देश चाहिने ,अनि काम चाहिँ यस्ताे गर्ने अनि देश बन्छ ६०१ मात्रै नबुझ्ने भएर देशको हालत यस्तो भएकाे हाेईन हामी जनताका पनि धेरै कमिकमजाेरिहरु छन जस् मध्ये बन्द र हटताल पनि हाे।यसले कसैको भलाे हुदैन।यसले असर गर्ने भनेको हामी जनतालाई नै हाे।जाे दिनभरि काम गरेर साझ बालबालिका लाई जा उलाे खुवाउने गर्छन ,तिनकाे दुखकाे सम्मान ,अनि जिउने अाधार त हामिले नै खाेसिरहेका छाै नि हाेईन ।,,सयौ..बर्ष देखि बिभिन्न जातजाति,भाषाभासी,रहन सहन,एकताको अनेकतामा मिलेर बसेको,नेपाली,समाज लाई देश द्रोही, बिखण्डनकारी,अलोकतान्त्रिक,अप्रजातान्त्रिक,गैर देशीय भिजिलान्ते शक्तिले, जातीय,सङ्घीयताको नाममा, जाती, भाषिक,धार्मिक,सामाजिक सत्भाव भड्काउने खोक्रो नारा दिएर, व्यक्तिगत सवार्थ र फाइदाको खोल ओडेर, जनताको लागि जनताकै प्रतिनिधि बाट बन्न लागेको लोकतान्त्रिक,प्रजान्तात्रिक,संबिधान,लाई तुषारापात गर्न,
संबिधान नचाहाने केहि तत्वहरुले,जुन आज नेपालको कैलाली जिल्लाको टीकापुरमा नेपाल प्रहरीका एस एस पी,सहित २१जनालाई जुन निर्दय, निर्ममतापूर्ण र अकल्पनीय घटना घटाएर मारियो,,यस घटनाले सम्पूर्ण नेपाली लाई मर्महात दु:खि र चिन्तित पारेको छः यस दु:खत घडीमा दिवंगत हुनुभएका,सम्पूर्ण नेपाल प्रहरी प्रति हार्दिक सर्धान्जली साथै सोकाकुल परिवारजन प्रति, धर्य धारण र सहने सक्ति भगवानले प्रधान गरुन भनि प्राथना गर्दछु अबका दिनमा यस्तो नहोस भनि मेरो ठुलो आसामा छु
सबिता अधिकारी
लमजुङ( हाल ) इजरायल
सांसदलाई मेरो प्रश्न मेरो कोख बेच्ने अधिकार तिमीलाई कस्ले दियो ??
कोख बेची आमाले आफ्नो जिन्दगी गुजार्न्न भन सक्नु हुन्छ ? कोख बेच्ने अधिकार सम्बिधान मा लेख्ने होला भनि के जनता भोट दियको हो? के अझै पनि हामी नारी हाम्रा अङ्ग बेचिने चिज बस्तु हुन ?? समस्त महिलाहरु आफ्नो देश संग आज यही प्रश्न गरिरहेका छन ।आज हामी नेपाल नेपाली मनमा शान्तिको अनुभूति गर्नुको साटो आगो बलेको छ । हामी नारीको निम्ती हाम्रो कोखको अधिकार यहाँहरु तय गर्नु हुन्छ ? के तपाईंहरु आफ्नो हजुरआमालाई, आफ्नो आमा, छोरि श्रीमतीलाई यो अधिकार दिन स्क्नुछ ? के तपाई को नजरमा महिलाको अधिकार घेरा राख्नु के हामी महिला को माग यही अधिकार हो? हामी २,४सब्द लेखन मन लाग्यो यति मुटु जलेको छ | जुन समाजमा आज पनि नारी प्रति गरिने हरेक कार्य बिबेद पूर्ण छ । कोख धर्तीको माटो जस्तो देखुन भयो ?? यस्तो लेखि सबिधान आएमा हामीले जलाउनु पछ नेता जी ! "कोख भाडा" मा भन्ने शब्दले आज हाम्रो मनमा ठुलो चोट परेको छ के नारीको कोख यौबन बैश भाडाका लागि हो| हामी उपभोग का साधन हौ??| हामी नारीले के पुरुष ले जसो भन्छ तेही मात्र गर्नु पर्ने हो ? सांसद ज्युहरु के तपाईहरुकी श्रीमती ले भोली कोख बेच्न तयारी हुँदा के सजिलै दिन सक्नुछ कि ? यस्तो कानुन ल्याउनु ब्भन्दा अगाडी घर मा संस्कार र समाज धानेर बसेकी ति बुढी आमालाई सोध्नु भू ? कि श्रीमतीको कोख बेची बिदेश मा घुम्न ?चिल्लो कार र महल मा जिबन बिताउनुहुन्छ ? नारी अधिकारको निम्ति कानुन यही हो के हामी नेपाली महिला यत्ती नै गरीब छौ कि सिता र भ्रीकुटी जन्माउने कोख अब भाडा मा नलाई कुनै उपाएनै छैन?? नारी हुनुको अर्थ नै सृस्टि गर्नुहो प्रक्रितिको बर्दान हो । संतान जन्माउनु नारिको नैस्र्गिक अधिकार हो । कोख नारीको सम्मान हो ईज्जत हो मान हो प्रतिश्ठा हो । तपाईं नेताहरु ले हामी गरीब नीपाली नारीहरुलाई बांच्न सिकाएको तरिका यही हो ? आज घर गएर सोध्नुहोस त तपाईं कि श्रीमती र छोरी आफ्नो कोख बेच्न राजी छन ? देस चलाऊन संसद मा पुगेका नेता जि अब नेपाली नारी तेती सोझा र लाटा छैनन कि तिमी ले उनिहरुलाई नियम र तरिका पुर्याएर बेचेको सहुन । कोख बेची हिडेको म त के कुनै पनि स्वाभिमानी नेपाली ले सहन सक्दैन । दुख पिडा गरिबि सहै छ तर अस्मिताको किन बेच अह !! के सम्झेर र हाम्रो कोखको मुल्य तोक्नु भो ?? बुद्द का उपदेस का सिताका पवित्रता र भिमसेन र कुवर जन्माउने आमाको कोखको मुल्य कती ?? नेपाली महिला तपाईको कोहि होइन्न के आधरमा कानुन बनानु भयो ?कानुन लेख्ने अधिकार छ भन्दै मा आमा बेच्नु भो आफु जन्मेको कोख बेच्नु भयो ? धिक्कार छ यहाँ जस्ता छोरालाई । आज आफु जन्मे कै कोख बेच्ने ति आमाले आफ्नो कोख को नालायक तिमीलाई कती सरापेकी होलिन । मनमा आज पिडाको सागर छ , चुप बस्न नसकेर र यो पत्र तिमीलाई लेख्दै छु संसद जि । हामी हाम्रो महिला दिदीबहिनी खोख भाडा दिने अधिकार नेता जी को जिम्मेवारी होईन हाम्रो कोख खेतको बियाड होइन । हामी बच्चा उत्पादन गर्ने मिसिन होइनौ । सृस्टि चलाऊने सुत्रधार हौ । यस्तो कानुको आजै निरस्त गर्नु होस यदी तिम्रो बा ले पनि यस्तै कानुन भनाएका भए न तिमी हुन्थ्यौ न तिम्रा संतान । कोख बेचेका पैसा ले आमा युरोपको कुनै जुवा घर वा नाइट कल्ब मा भुल्लीरा खेकी हुन्थिन अनि तिमी यो धर्तिको भार बन्नु अगाडि नै सक्की सकेका हुन्त्यौ ।नेपाल आमा नेपाली छोरि कोख को मोलतोल गरी भ्रष्टाचारको बिस्तार हरुलाई बाच्ने आधार को कानुनन आयोे भने नेपाली छोरिको खबदार |
सबिता अधिकारी
लमजुङ हाल (इजरायल)
सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ नेपाली चेली अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित
काठमान्डौ – इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल (ICPMCSQC)- मरिसियस देशबाट नेपालको बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) को संचालिका युवा सामाजिक अभियान्ता सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।
ICPMCSQC को दशौ बर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न राष्ट्रको ब्यक्त्तित्वहरुलाई सम्मान गर्ने क्रममा मे २५ देखी २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा नेपालमा बिशेष बालबालिकाहरुको क्षेत्रमा अहम भूमिका निर्वाह गरेको भनी विगत लामो समय देखी अटिजम बालबालिकाहरुको सेवामा आफुलाई समर्पित गर्दै आउनु भएकी नेपाली चेली युवा सामाजिक अभियान्ता सबिता उप्रेतीलाई नेपालको तर्फबाट सम्मानित घोषित गरी उक्त्त सम्मान ग्रहण गर्न मरिसियस बोलाएको थियो । तर देशमा गएको आमविनाशकारी भुकम्पको कारणले गर्दा देश रोइरहेको बेला वहा सम्मान लिन मरिसियसमा उपस्थित हुन् असमर्थ हुनुभयो । वहा अगाडी भन्नुहुन्छ “ भुकम्पको कारणले गर्दा देश तहसनहस भएर रोइरहेको बेला म खुशी भएर सम्मान लिन आउन सक्दिन । म नेपालको बिभिन्न ठाउमा नेपालीहरुको दु:खमा मलम लगाउनको लागि राहत बितरण गर्न दिन रात खटिरहेको छु । त्यसैले सो सम्मान कुरियर मार्फत नेपाल पठाइदिनु भएमा SSDRC को मेरा बिशेष बालाबालिकहरुबाटको हातबाट सहर्ष ग्रहण गर्ने छु भन्ने आग्रह पछि सोही अनुरुप केही दिन अगाडि मात्र उक्त्त सम्मानपत्र कुरियर मार्फत नेपाल आईपुग्यो
सो सम्मानपत्र SSDRC को बालबालिकाहरु र अभिभावकहरु बिच तीज बिशेष अनौपचारिक दर कार्यकक्रममा SSDRC को बालबालिकाहरुको हातबाट उप्रेतिले उक्त्त सम्मान ग्रहण गर्नु भएको छ । सलाम छ नेपाली चेलीको यो उच्च भावनालाई अनि नेपालको शिर उच्च राख्न सफल भएकोमा बधाई छ ।
झन्डै पाँच बर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले हाल आएर पहिलो चरणमा ६० जना महिला कामदार लिन सहमती जनाएको छ । कुैन बेला ६ लाख देखि १० लाख सम्म रकम एजेन्टलाई बुझाएर नेपाली कामदारहरु इजरायल जाने गरेकोमा अब इजरायल र नेपाल बिच भएको श्रम सम्झौताको कारण करिब ६५ हजारमै इजरायलमा रोजगारीको लागी पुग्न सकिने भएको छ ।अन्य देशको तुलनामा राम्रो कमाइ हुने इजरायल नेपालीहरुको लागी राम्रो र सुरक्षित गन्तब्यको रुपमा परिचित छ ।
बिशेष गरेर महिलाहरुको लागी उपयुक्त देश इजरायलको काम र यहाँको विविध कुराहरुको बारेमा मेरो करिब ७ बर्षको ईजरायल बसाइको अनुभब म बताउन चाहन्छु।लेखकराम ढुंगाना ( अल्पमत )मध्यपुर्बमा रहेको एक विकसित राष्ट्र इजरायल जुन यहुदिहरुको देश भनेर विश्वमा चिनिन्छ । इजरायलमा पनि यहुदिहरु बिच दुइ किसिमका मानिसहरु छन् । एउटा धर्म प्रति अति कट्टर धार्मिक समुदायहरु जसलाइ इजरायली भाषामा ( दत्ति ) भनिन्छ ।अर्को समुदाय भनेको आधुनिक जिबन शैली अपनाउने समुदाय जसले स्वतन्त्रताको अत्याधिक उपभोग गरिरहेका छन् ।इजरायलको कुल जनसंख्याको करिब बीस प्रतिशत मुश्लिम समुदाय रहेका छन् ।खास गरेर इजरायलले खेती ( एग्रिकल्चर ) र सुसारे ( केयर गिभर ) को क्षेत्रमा बिदेशी कामदारहरु भित्रायाउने गरेको छ । यहाँ सुसारे कामदारहरुको संख्या ज्यादा छ र नेपालीहरु पनि धेरै जसो ‘सुसारेको’ रुपमा धेरै भित्रिएका छन् । र केहि न्युन संख्यामा ( खेतीमा ) काम गर्नेहरु पनि छन् ।नेपाल लगाएत , फिलिपिन्स , श्रीलंका , भारत , रोमानिया , जस्ता देशका कामदारहरु यहाँ सुसारेको रुपमा काम गर्छ्न् ।अपांग , अशक्त , मानसिक बिरामी र बृद्द- बुद्दाको हेरबिचार नै ‘सुसारेको ‘मुख्य काम हो ।एकल परिवारमा बस्ने हुनाले र घर- परिवारका अन्य सदस्यहरु काममा ब्यस्त हुने र इजरायलीहरु सुसारेको काम गर्न नरुचाउने हुनाले नै यहाँको सरकारले आवश्यक पर्ने ब्यक्तिहरुको अबस्था हेरेर बिदेशी कामदार राख्न र तोकिएका देशहरु बाट कामदार झिकाउन अनुमती दिन्छ ।नेपालीहरु काम गर्न जाने गरेको मुलुकहरु युएई, कतार, मलेशिया, दक्षिण कोरिया जस्ता देशहरुको जस्तो ‘सुसारेको’ काम आठ- दश घण्टा ड्युटि मात्र गरेर पुग्दैन। आफ्नो तोकिएको काम सकेर कोठामा फर्किन यहाँ पाइदैन । जुन घरमा काम छ त्यहि घरमा खाने, बस्ने ,सुत्ने ब्यबस्था हुन्छ ।केयर गिभरको काम एक- किसिमले भन्नु पर्दा अस्पतालको नर्सहरुको जस्तै हो ।यहाँ आफुले हेरबिचार गर्नुपर्ने ब्यक्तिको अबस्था अनुसार काम फरक हुन्छ । कोहीकोही बृद्द- बृद्दाहरु एक्लै बस्दा डराउने, आफै हिडडुल गर्न सक्ने तर कमजोर शारिरीक अबस्थाको कारणले साथीको लागी मात्र भएपनि काम गर्ने कामदार राख्छन् । यस्तोमा काम अलि सजिलो हुन्छ ।कसैको भने सम्पुर्ण रेखदेख आफैले गर्नुपर्ने हुन्छ । उदाहरणको लागी कसैले मधुमेह ( सुगरको रोगी ), उच्च रक्तचाप ( ब्लड प्रेसरको ) बिरामी हेरबिचार गरिरहेका छन्। बिरामीलाई कस्तो किसिमको खाना दिने ? कतिबेला सुताउने – उठाइदिने , बेला- बेलामा उसको रगतमा सुगरको मात्रा नाप्ने र ब्लड प्रेसरको अबस्था थाहा पाउने ।र बिरामीको अबस्थामा उतारचढाब भएमा एम्बुलेन्स बोलाएर अस्पताल लैजान पर्ने हुन्छ । त्यसैले यस्ता ब्यक्तिहरुको हेरबिचार चनाखो भएर गर्नु पर्छ ।घरको सरसफाइ गर्ने , खाना बनाउने , आफुले हेरबिचार गरिरहेको ब्यक्तिहरुलाई बिहान बेलुका घर बाहिर घुमाउन लैजाने यी सामान्य कुराहरु केयर गिभरले गर्न पर्ने कामहरु हुन् ।केयर गिभरलाई स्थानीय इजरायली भाषामा केटा- केटिलाइ, मेतापेल / मेतापेलेत भनिन्छ । जस्को अर्थ हुन्छ काम गर्ने मान्छे ।इजरायलीहरु मिजासीला र सहयोगी भावनाका हुन्छन् । आफुलाइ काममा चित्त नबुझेको कुरा स्पस्ट भन्न पाइन्छ । र आफुलाइ अन्याय भएको छ, हेपाइ र पेलाइमा परिएको छ भने अदालतको ढोका ढक्ढक्याउन पाइन्छ ।चित्त नबुझेमा काम छोडेर अर्के काम फेर्न मिल्छ ।साउदी, कुबेत, लेबनान जस्ता देशहरुमा नेपाली चेलीहरुले दुँख पाएका , शाररिक , मानसिक शोषण यौनजन्य हिंसा हुने र सुनुवाइ पनि कतै नहुने भन्ने समाचारहरुमा देखिए पनि इजरायलमा त्यस्ता घटनाहरु हाल सम्म सुनिएका छैनन्।ईजरायलीहरु प्राय : सबै शिक्षित , आधुनिक बिचारधारा बोकेका र कडा कानुन भएकोले यस्ता कुनै पनि घटनाहरु र महिला हिंसाको बारेमा नराम्रा कुराहरु सुनिदैन ।इजरायलमा धेरै बर्ष काम गरेको मेरो अनुभवले यहाँ बिदेशी कामदार भनेर हेपिदैन । कसैले पनि दोस्रो दर्जाको नागरिकको ब्यबहार गर्दैनन् । एउटै घरमा काम गर्दा पनि परिवारका सदस्यहरु जस्तै राम्रो ब्यबहार गर्छन् । माया गर्छन् ।ईजरायल आउने सबै कामदारहरुलाइ सजिलो काम पर्छ । सबैले राम्रो पैसा कमाँउछन् र यहाँ सबै कुराहरु सय प्रतिशत नै राम्रो छन् भन्ने पनि हैन । यहाँ पनि काममा विविध समस्याहरु र दुख हैरानीहरु छन् ।१) चौबीसै घण्टा घरमा बसिरहनु पर्ने दिक्दारी ।२) भनेको समयमा छुट्टि नमिल्ने ।३) दिमाखी हालत ठिक नभएकाहरु संग संगत र उनीहरुको हेरबिचार गरिरहनु पर्दा आफैलाइ डिप्रेसन हुने समस्या ।४) राम्रो संग काम गर्दा पनि ईम्प्लोएरले कामको जस नदिने ।५) भाषाको समस्या ।६) महिलाहरुको तुलनामा पुरुषहरु लाई काम पाउन गार्हो ।प्रत्येक हप्ता कामदारहरुले २६ घण्टा छुट्टि पाउँछन् । तर काममा आफ्नो आवश्यकता भएको खण्डमा छुट्टि नपाउन पनि सकिन्छ । यदि शुक्रबार र शनिबार बिदाको दिनमा पनि काम गर्न परेमा ‘ओभरटाइमको ‘ पैसा पाइन्छ । साथै अतिरिक्त खर्चको लागी भनेर प्रत्येक हप्ता करिब २५ डलर दिइन्छ ।न्युनतम तलबको कुरा गर्नुपर्दा अहिलेको अबस्थामा सामान्यत : एक लाख भन्दा माथी नै हुन्छ । यदि शुक्रबार, शनिबार अतिरिक्त काम गर्ने हो भने २०/३० हजार थप हुन्छ।आजभन्दा पाँच /छ बर्ष अगाडि करीब बिस हजारको संख्यामा रहेका नेपाली कामदारहरु अहिले करिब चार/पाँच हजारको संख्यामा मात्र रहेका छन् । धेरै जसो यतैबाट युरोप , अमेरिका , क्यानडा जस्ता देशहरुमा पुगेका छन् भने समय सक्किएपछि आफ्नै देश फर्किरहेका पनि थुप्रै छन् ।प्राय : महिनाको दश तारेख तलब बुझेपछि नेपालीहरु छुट्टिमा निस्कन्छन् । तेलअभिब, जेरुसलेम, हाइफा, नारीया, तिबेरिया, जस्ता मुख्य शहरहरुमा छुट्टि निस्केको बेलामा साथीभाइहरु संग रमाँइलो गर्न समय कटाउन अपार्टमेन्टहरु लिएका छन् । प्राय : सबैको त्यहि ठाउँहरुमा भेट हुन्छ ।छुट्टिको बेलामा , रमणिय ठाउँहरु घुम्न ( टुर ) जाने नेपाली चाडपर्बहरु मनाउँने , समय-समयमा नेपालबाट कलाकारहरु मगाएर सांस्कृतिक कार्यक्रम गरिने गरिएको छ।यहाँ काम गर्न पाइने अबधी भनेको चार बर्ष तीन महिना मात्र हो । त्यो भन्दा माथी बस्नको लागी आफ्नो भाग्यमा पनि भर पर्छ । चार बर्ष तिन महिना भन्दा बढि समय कटिसकेपछि आफुले हेरबिचार गर्दै आइरहेको ब्यक्ति बाचुन्जेल र इम्प्लोएरले आफुलाइ मन पराएर राखुन्जेल जति समय पनि बस्न पाइन्छ ।समग्रमा भन्नु पर्दा पुरुषहरुको तुलनामा महिलाहरुको लागी एकदमै राम्रो र भरपर्दो गन्तब्य हो इजरायल । थुप्रै नेपाली- चेलिबेटिहरुले इजरायलमा दुख गरेर आफ्नो र आफ्नो घर- परिवारको भबिस्य राम्रो बनाइ सक्नुभएको छ । त्यसैले हाल खुलेको ६० जनाको कोटा एकदमै थोरै हो । सकेसम्म नेपाल सरकारले राम्रो पहल गरेर इजरायलमा बढि भन्दा बढि नेपाली दिदिबहिनीहरु पठाउन सकेमा उनीहरुको आर्थिक स्तर र नेपालको अर्थतन्त्रलाई समेत फाइदा पुग्छ ।सरकारले बढि भन्दा बढि नेपाली कामदार इजरायल पठाउने बिषयमा अझै बढि पहल गरोस् ।
सिड्नीमा तिजको रहर
हरितालिका तिज आउन तीन साता बाँकी भएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ।
एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न भाका र लयमा कम्मर मर्काउदै नेपाली आमा दिदी बहिनीहरुले तिजको रहर पुरा गरेका छन्।
सिड्नीको ग्रानभील अवस्थीत ब्लाउजा हलमा कचाकच भरिएको महिलाहरुको भिडले करिब चार घन्टा तिजका भिन्न भाकामा नाचगान गरेर रमाइलो गरेका थिए। प्रवासको ब्यस्त जिवनलाई थाँती राखेर नेपाली लोकलयमा धोको फुकाएर नाचेको दृष्य साच्चीकै हेर्न लायक थियो। नेपाली कला संस्कृतीलाई जोगाउने हाम्रो उद्देस्य अनुरुप महिलाहरुको माहन चाडलाई प्रवासमा पनि निरन्तरता दिने हाम्रो प्रयास हो, नारी निकुन्ज अस्ट्रेलियाकी उपाध्यक्ष दिपा खरेल सापकोटाले बताइन्।
नेपालको पुनःनिमार्णमा सहयोग पुर्याउने उद्देस्यले समेत आयोजना गरेको यो कार्यक्रममा सहभागि भइ सहयोग तथा सदभाव प्रकट गरिदिएकोमा उपाध्यक्ष सापकोटाले सबैलाई धन्यबाद दिइन। माइती र बाबु आमाको न्यास्रो मेट्ने भाकाका तिजका गित र आधुनीक तिजका भाकाले करिब चार घन्टा घन्केको कार्यक्रमबाट उठेको रकम भूकम्प प्रभावित क्षेत्रको पुन निमार्णमा खर्च गरिने उपाध्यक्ष सापकेाटाले जानकारी गराइन। सात समन्द्र पारी अस्ट्रेलियामा आएर पनि सामुहीक रुपमा तिजको मौका पारेर रमाइलो गर्न पाउनु सौभाग्यको बिषय भएको सहभागी गैह् आवासिय नेपाली संघकी केन्द्रीय सचिव रन्जु थापाले बताइन्।
उनले एनआरएनको अभियान अन्तर्गत महीला शसक्तीकरणको एउटा पाटोको रुपमा यो कार्यक्रम रहेको समेत बताउछीन्। यस्ता कार्यक्रमले हाम्रो समाजलाई जोड्ने र संस्कृती बचाउने काम गर्छ, सचिव थापाले नारी निकुन्जको कार्यको सह्रना गर्दै भनिन्।

आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँँ म !!
हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म !!
उकाली ओराली देउराली भन्ज्याङ चौतारी पेटिमा ;
झरनाको केश मनपराउने नेपालकी छोरी हुँ म !!
शान्तिको ध्वनि बिश्वोमा फैलाई नेपाल चिनाऊने ;
बुद्धको उपदेश मनपराउने नेपालकी छोरी हुँ म !!
गोर्खाली वीर नझुकाई शिर पौरखी आफैँमा ;
बहादुर नरेश मनपराउने नेपालकी छोरी हुँ म !!!
- राजकुमारी श्रेष्ठ ( क्षितिज पारि ) गोरखा हाल – इजरायल
चितवनका रामहरी सुवेदी साईबर सुरक्षामा पिएचडी गर्ने पहिलो नेपाली
साउन १३
नेपाली इञ्जिनियर रामहरि सुबेदीले नेपालको साईबर सुरक्षामा अमेरिकाको विश्व विद्यालयबाट विद्यावारिधि प्राप्त गरेका छन् । चितवन गुञ्जनगर घर भएका सुवेदीले अमेरिका स्थित नर्थसेन्ट्रल युनिभसिर्टी फेनिक्स एरिजोना अमेरिकाबाट सुवेदीले सुबेदीले विद्यावारिधि गरेका हुन् । साईबर सुरक्षा विषयमा विद्यावारिधि गर्ने सुवेदी पहिलो नेपाली हुन । मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसकेको भएता पनि कतिपय अवस्थामा प्रयोगकर्ताबीच असमझदारी तथा ज्ञानको कमिका कारण अनलाइन तथा इन्टरनेटमा सूचनाको सुरक्षा संबेदनशील भैसकेकाले आफूले यस विÈयमा अनुसन्धान गरेको डा. रामही सुवेदीले बताए । बढ्दो साइबर अपराध, यसबाट हुन सक्ने हानी तथा नोक्सानी नेपाल प्रहरीका लागि चुनौती सावित भएको डा. सुवेदीको ठम्याई छ । कसैलाई साइबर अपराध अन्तर्गत कारवाही अगाडी बढाईए पनि कानूनको अभावमा उसले सहजै उन्मुक्ति पाउने ब्यवस्था रहेको पनि सुवेदीले बताए । नेपालमा रहदा सामाजिक काममा सक्रिय सुवेदी दुईदशक अघि अध्ययनका लागि अमेरिका गएका थिए । सन् १९९३ मा अमेरिका गएका हुन । उनले नेपाललाई मुख्य केन्द्र बनाएर अनुसन्धान गरेका थिए ।

अमेरिका म्यारिल्याण्डको भूगर्भ प्रक्षेपण केन्द्र र नासामा बिगत ७ बर्ष देखि कम्प्युटर सुरक्षा बिभागमा सिष्टम इन्जिनियरको रुपमा कार्यरत थिए । अनलाईन मिडिया डिसीनेपाल डटकमका संञ्चालक समेत रहनुभएका रामहरि सुबेदी अनुसन्धानमुलक तथ्यका आधारमा साईबर सुरक्षामा पिएचडी गर्ने पहिलो व्यक्ति हुन् । मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसकेको भएता पनि कतिपय अवस्थामा प्रयोगकर्ताबिच असमझदारी तथा ज्ञानको कमिका कारण्ँ अनलाइन तथा इन्टरनेटमा सुचनाको सुरक्षा संबेदनसिल भैसकेकाले आफुले यस विषयमा अनुसन्धान गरेको जानकारी डा. सुवेदीले दिए । साइबर अपराधलार्ई प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन तत्कालै संशोधन गर्नुपर्ने आवश्यकता रहेको डा. सुवेदीको अनुसन्धानले देखाएको छ ।
फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो होला भनेर हेर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने आज हामी तपाईहरुलाई एउटा सजिलो उपाए दिनेछौ । यसका लागि तपाइले ‘हु डिलीटेड मी अन फेसबुक’ नामक एप प्यायोग गर्नुपर्ने छ । यो एपले सबै कुराको जानकारी दिनेछ। यस एपले फेसबुकमा भएका फ्रेन्ड लिस्टमा नजर राख्ने छ। तर यो एप फेसबुकले आफैं निर्माण गरेको भने होइन। यो नयाँ एप ट्विटरको हु अनफलोड मी जस्तै हो। फेसबुकको यो नयाँ एपले तपाईको पुरानो गतिविधिहरुलाई भने हेर्ने छैन। यो एप फोनमा इन्सटल भएपछि मात्र काम गर्ने छ। यस एपको साइज २.३ एमबी रहेको छ र यसलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्दछ। यस एपको प्रयोग बाट तपाइले सजिलै संग फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो भनेर हेर्न सक्नु हुनेछ । एजेन्सी । -
विद्यार्थीसँगै ५ वर्षमा पौने २ खर्ब बाहिरियो
२५ भदौ, काठमाडौं । स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा विगत ५ वर्षयता मुलुकबाट १ लाख ८ हजार विद्यार्थीसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा बिदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा यो रकम गुमाएको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक भारतबाहेक ७१ मुलुक हो ।
मन्त्रालयले ‘नो-अब्जेक्सन लेटर’ लिएर जाने विद्यार्थ...ीले बैंकिङ प्रणालीमार्फत विदेशका शैक्षिक संस्थालाई अगि्रम शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । बिदेसिने विद्यार्थीबाट सरकारले १ प्रतिशत शुल्क लिएर बैंकमार्फत डलर पठाइदिने गरेकोकारोबारमा खबर छ ।
मन्त्रालयको स्वीकृति लिएर आव ०७१/७२ मा मात्रै २८ हजार १ सय २६ बिदेसिएका छन् । मन्त्रालयको छात्रवृत्ति महाशाखाका उपसचिव प्रकाश महर्जनका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो ।
शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष राजेन्द्र बरालले नेपालबाट बिदेसिने विद्यार्थीले ७ देखि १७ लाख रुपैयाँसम्म खर्चिने गरेको जानकारी दिए । नेपालमा गुणस्तरीय शिक्षा अभावमा विद्यार्थी बाहिरिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको उनले बताए । प्रतिविद्यार्थी १० लाखलाई खर्चको आधार मान्दा ५ वर्षमा विद्यार्थीबाट १ खर्ब ८३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
अध्ययनका लागि गत वर्षमात्रै अस्ट्रेलियामा ११ हजार १ सय ८४ विद्यार्थी गएका छन् । जापानमा ७ हजार ९ सय ३३ र अमेरिकामा १ हजार ४ सय ५६ विद्यार्थी गएको तथ्यांक छ ।
२५ भदौ, काठमाडौं । स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा विगत ५ वर्षयता मुलुकबाट १ लाख ८ हजार विद्यार्थीसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा बिदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा यो रकम गुमाएको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक भारतबाहेक ७१ मुलुक हो ।
मन्त्रालयले ‘नो-अब्जेक्सन लेटर’ लिएर जाने विद्यार्थ
...ीले बैंकिङ प्रणालीमार्फत विदेशका शैक्षिक संस्थालाई अगि्रम शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । बिदेसिने विद्यार्थीबाट सरकारले १ प्रतिशत शुल्क लिएर बैंकमार्फत डलर पठाइदिने गरेकोकारोबारमा खबर छ ।
मन्त्रालयको स्वीकृति लिएर आव ०७१/७२ मा मात्रै २८ हजार १ सय २६ बिदेसिएका छन् । मन्त्रालयको छात्रवृत्ति महाशाखाका उपसचिव प्रकाश महर्जनका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो ।
शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष राजेन्द्र बरालले नेपालबाट बिदेसिने विद्यार्थीले ७ देखि १७ लाख रुपैयाँसम्म खर्चिने गरेको जानकारी दिए । नेपालमा गुणस्तरीय शिक्षा अभावमा विद्यार्थी बाहिरिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको उनले बताए । प्रतिविद्यार्थी १० लाखलाई खर्चको आधार मान्दा ५ वर्षमा विद्यार्थीबाट १ खर्ब ८३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
अध्ययनका लागि गत वर्षमात्रै अस्ट्रेलियामा ११ हजार १ सय ८४ विद्यार्थी गएका छन् । जापानमा ७ हजार ९ सय ३३ र अमेरिकामा १ हजार ४ सय ५६ विद्यार्थी गएको तथ्यांक छ ।
अमेरिका आएको एक महिना मात्र भएको रहेछ । कामको खोजीमा भौतारिरहेको थियो उ । भेटमा मैले सोधी हाले, ‘कस्तो लाग्यो त भाई अमेरिका ?’
‘नेपालबाट सोचेजस्तो रहेनछ दिदी अमेरिका,’ उसले खिन्न हुँदै जवाफ दियो । ‘ल्याएको पैसा सकिन लागिसक्यो काम पाएको छैन । कलेजको फी तिर्न के ले, खानु के ले उसले लामो श्वास तान्यो ।’ उसको अनुहारमा देखिएको चिन्ताले मलाई पनि कस्तो कस्तो असहज बनायो । विद्यार्थी भिसामा पढ्न आएको उ ।
औलामा गन्न सकिने धनीमानीबाहेक आम नेपालीका सन्तान कनीकुथी ऋण सहयोग जुटाएर अमेरिका आउँछन् । उनीहरुले आˆनो मात्रै होइन आफ्ना परिवारका सपनाहरु पनि साथमै ल्याउछन् । त्यो सबै पूर्ति गर्ने बोझले यस्तरी थिच्छ जसबाट उम्किन मुस्किल पर्छ । हो, नेपालबाट देखेजस्तो सजिलो पक्कै छैन अमेरिका ।
बाबुआमाको लालन पालनमा सिन्को नभाचेका युवाहरुमा एक्कासी आफ्नो अभिभावकत्व आफैमा परेपछि सजिलो कसरी हुन्छ र ? फेरि भनेजस्तो काम र काम अनुसारको पारिश्रमिक पनि पाउनु पर्यो । सपनामा सरर हवाइजहाज चढेर मोटर गाडीमा डुलेजस्तो सजिलो छैन अमेरिका । न त डलर फल्ने त्यस्तो कुनै रुख नै छ । जसरी पाकेको आँप टप्प टप्प टिपेजस्तो टिप्न सकियोस । दिउसो कलेज, रातीको काम । रेस्टुरेन्ट र ग्यास स्टेशनमा हप्ताको सातैदिन काम । उसैमाथि टुसुक्क नि बस्न नपाई थाकी मर्दा चाहिँ बल्ल बुझिन्छ वास्तविक अमेरिका ।
विद्यार्थीहरुले काम पनि स्वतन्त्र भएर गर्न पाइने कहाँ हो र ? नियमले तोकेको हप्ताको २० घण्टाले सबै आवश्यकताको पूर्ति नभएपछि लुकी चोरी काम गर्नै पर्यो । काम गर्न पाउने कानुनी कागज (वर्क परमिट) नभएपछि मालिकले जति दिन्छ उती नै हात थाप्नै पर्यो । फेरि कामको पनि के स्थायीत्व हुनु ? हायर फायर गर्न सक्ने अधिकार पूर्ण रुपले मालिकमा हुँदा काममा ढुक्क हुन सकिन्न । अमेरिकामा स्थायी बसोवासको कानुनी प्रावधानतिर लागि पर्दा अर्को जटिल समस्या थपिन्छ । निराश हुँदै भन्छन् उनीहरु ‘ब्यर्थै आइएछ अमेरिका ।’
अमेरिकी अपराध मानिने कुलत र दुब्र्यसनतर्फ पनि नेपाली युवकहरुको संख्या बढ्दै गएको पाइन्छ । यहाँको स्वतन्त्रता र मनोरञ्जनलाई स्वच्छन्द भएर अंगाल्दा भविष्य अन्धकारतर्फ उन्मुख हुने ठुलो खतरा सदैव छ । डिभी भिसामा आउनेहरुको कथा व्यथा पनि पिडादायी छ । एक्लै आउनेको तुलनामा परिवारसहित आउनेको संघर्षको कथा आफ्नै छ । कागजपत्र हुने बित्तिकै सबै समस्याको समाधान जादू गरेझैं हुने पक्कै होइन । बसेर खान पाइदैन काम गर्नैपर्छ । अफिसियल काम पाउन यहाँकै शिक्षा चाहिन्छ । नेपालको शैक्षिक योग्यताले यहाँ मान्यता पाउने होइन । अमेरिकामा आज सबैभन्दा बढी नेपालीले काम पाएको र गरेको ठाउँ भनेको ग्यास स्टेशन हो ।
तर, ग्यास स्टेशनको काम ज्यान जोखिममा राखेर गर्नुपर्ने बाध्यता छ । पैसाको लागि लुटेराहरुले हत्या गरि मारेका छन्, यहाँ काम गर्नेहरुलाई । त्यसमा कतिपय नेपाली पनि परेका छन् । अमेरिकाको विभिन्न राज्यहरुको ग्यास स्टेशनमा नेपालीहरुको हत्या भएको समाचारमा पढ्नु भएकै होला । व्यवसायिक स्टोरहरुमा १०/१२ घण्टा उभिएर काम गर्नुपर्ने बाध्यता एक ठाउँमा छ भने नियम कानुन नबुझ्दा अन्योलका अवस्था हुने अर्को कुरा छ । आफ्नो देशभन्दा कहाँ हो कँहा टाढा सात समुन्द्रपारी फरक भुगोलमा शुन्यबाट नयाँ संसारको सिर्जना गर्न सजिलो हुँदैन । फरक रितिथिति, परम्परा र संस्कृतिसँग घुलमिल हुन समय लाग्छ । त्यसैले सोचेजस्तो सजिलो छैन अमेरिका ।
यसलाई बुझ्न र नौलो परिपाटीसँग भिज्न निकै ठूलो संयम र धैर्य चाहिन्छ । यी यावत समस्याहरुसँग जुध्न सक्दा ठीक छ नसक्नेले निराश भई आत्महत्यालाई अंगालिरहेको तितो यथार्थ हामीसँग छ । वास्तविकताभन्दा पर टिभी र सिनेमामा देखेजस्तो, केही नेपालीले नेपालीलाई देखाउने खोक्रो शान शौकतमा फुल बुट्टा भरेजस्तो होइन अमेरिका । २०/२५ लाख खर्च गरेर दलाल मार्फत लुकीछिपी आउने, बीचबाटोमै समातिने वा अलपत्र पर्ने नेपालीहरुको अमेरिकाप्रतिको क्रेज देख्दा चाहिँ दुःखका साथ भन्न मन लाग्छ- किन आउछौं अमेरिका ?
ए बाबा Û कसले बुझाउने उनीहरुलाई ? अमेरिकाको नकरात्मक पक्षको मात्र चित्रण गरेर पाठकलाई दिग्भ्रमित पार्न निश्चय नै मेरो उद्देश्य होइन । यहाँको वास्तविकतालाई उजागर गरेकी हुँ । तितो यथार्थलाई स्पष्ट पार्न खोजेकी हुँ । किनकी अमेरिकी कठिनाइहरु सँगको भुक्तभोगी म स्वयम हुँ । अमेरिका मेरो सपनाको देश न हिजो थियो न आज छ । समयको परिबन्दले अमेरिका बगाएको एघार वर्ष भएको छ । सुरुका दिनमा मास्टर्सको डिग्रीलाई एउटा कुनामा थन्क्याएर भारतीयको पर्स स्टोरमा घण्टाको ५ डलरमा सेल्स पर्सको रुपमा काम गर्दा प्रत्येक रात आँशुले सिरानी भिजेको पीडा कि त मलाई कि त त्यो सिरानीलाई नै थाहा छ । उत्तिनै खेरी देश फर्किहालु हुन्थ्यो । हुन त समय सधैं एकनासको हँुदैन । अमेरिकामा आज सामान्य सन्तोषको जीवन यापन गरिरहे पनि नेपाल र्फकने लालसा भने यथावत छ । उसो त यहाँ सम्पन्न जीवन बिताउने नेपालीहरु पनि रिटायर्ड लाइफ उतै बिताउने इच्छा व्यक्त गर्छन् ।
अमेरिका मात्र होइन विश्वको अरु देशबाट पनि नेपाल र्फकने इच्छा म जस्तै धेरै नेपालीको हुन सक्छ । तर देशमा आउन नसकेको संविधानले कतै आउलाउ यहाँ Û भनि औंला ठड्याए झै पो लाग्न थालेको छ अहिले त । सबल पक्षको कुरा गर्ने हो भने सशक्त नियम र कानुनको देश हो अमेरिका । प्रजातान्त्रिक पद्धतिमा कानुन भन्दामाथि कोहि छैन यहाँ । नागरिक हक अधिकार जसरी सुनिश्चित छ, उसैगरी समान रुपमा लागु पनि हुन्छ । विविध जाति, धर्म र संस्कृतिको समान रुपमा संगमस्थल हो अमेरिका । शान्ति छ ,सुव्यवस्था छ यहाँ । चर्काे जाम र हड्ताल छैन ।
हो मलाई पनि विश्वकै सवल राष्ट्र अमेरिकाको बासिन्दा हुँ भन्न पाउदा गर्वलेे छाती ढक्क फुल्छ । भौतिक सुख सुविधा र अवसर छ यहाँ । यहाँ आर्जेको शिक्षा, सीपको र अनुभवको संसारमै मान्यता छ । त्यसैले नेपाली मात्र होइन संसारका सबैजसो देशका मानिसहरुको सपनामा अमेरिका छ । उच्च शिक्षा अनुसारको काम, पेसागत दक्षता , ब्यवसायिक सफलता हुनेहरुको जीवनस्तर लोभ लाग्दो छ ।
खुशी लाग्छ-यस्तो लोभलाग्दो जीवन यापन गर्ने नेपालीको संख्या बढ्दै गइरहेको छ अमेरिकामा । तर यी सबल पक्षमा धेरै नेपालीको पहुँच पुग्न समय लाग्छ । अमेरिका संघर्षका केहि दशक बिताएका नेपालीहरुको अवस्था अलिक सन्तोषजनक पाइए पनि सुरुका दिनमा संघर्ष गर्नहरुको अवस्था टिठलाग्दो छ । मानिस स्वभावैले सुखी भई बाँच्न चाहन्छ । आखिर वास्तविक सुख भनेको के हो त्यसलाई राम्ररी चिन्नु पर्ने रै’छ । महत्वाकांक्षा राख्नु राम्रो हो तर आवश्यकताभन्दा बढी महत्वाकांक्षामा भौतारिनु ठीक होइन । अमेरिकालाई स्वप्न नगरी ठान्दै कल्पनाको दुनियाँमा मग्न भएर वास्तविक रुपमा बुझ्दै नबुझी फाल हाल्नु गलत सावित भएका धेरै उदारणहरु हामी माझ छ ।
दुई महिनाको फरकमा अमेरिकामा मोहन ओली र विष्णुहरि भण्डारीले आत्महत्या गरे । अमेरिका आएर आत्महत्या गर्नेहरुूको समाचार झन बढिरहेको छ । हुन त अमेरिका आउनुपर्ने आ-आˆनै रहर र बाध्यता होला । आफ्नै देशको आर्थिक, सामाजिक र राजनीतिक पक्षले पनि धेरै हदसम्म नागरिकलाई अमेरिकातर्फ घचेट्न भूमिका खेलेको होला । जे भएपनि अनेकौ थेग्न नसक्ने गहुग्राा बोझहरुले पिल्सेर डिप्रेसनको शिकार बन्नुभन्दा नेपालमै गुन्द्रुक र भात खाएर बस्नु ठीक होइन र ? अमेरिका आएर आफ्नो ज्यानलाई आत्महत्यामा फाल्नुभन्दा बरु अभाव, बेरोजगारी र समस्याका बीच आफ्नै देशमा संघर्ष गर्न राम्रो हैन र !
टेक्सास , अमेरिका ।