पेटको रोग
पेटको रोग
======
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
==========
पाचन प्रणालीको गडबडीबाट देखा पर्ने पेटसम्बन्धी रोगहरु प्रायः देखिरहनेसमस्यामध्ये प्रमुख समस्या हो । पेटमा देखा पर्ने रोगहरुमध्ये कतिपय रोगहरु र्सर्ने रोगहरुमा पर्छन् । दिसा-पिसाबको उचित विर्सजनको अभावले पनि यस्ता समस्या देखा परिरहने गर्छन् । यस्ता र्सर्ने रोगहरुमा टाइफाइट, आउँ, जुकाको संक्रमण, अमिबाको संक्रमणजस्ता रोगहरु पर्छन् । यस्ता रोगबाट बच्न शुद्ध खानेपानीको प्रयोग, व्यक्तिगत सरसफाइ (नङ छिटो-छिटो काट्ने) जस्ता कुरामा ध्यान दिनु आवश्यक हुन्छ । त्यस्तै ग्यास्टि्रक, पाचन प्रणालीमा हुने घाउहरु, कब्जियतजस्ता समस्या पेटका नर्सर्ने रोगहरु हुन् । खानपान र जीवनशैली सुधारबाट यस्ता रोगहरुबाट बच्न सकिन्छ । पेटसम्बन्धी रोगहरुबाट अपेक्षाकृत सहरका बासिन्दा बढी पीडित हुने गरेका छन् । व्यस्त जीवनशैली, उचित आहारविहारको अभाव, मानसिक चिन्ता भएका व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन गरेमा पेटसम्बन्धी धेरै समस्याबाट मुक्त हुन सक्ने आयुरर्वेद अस्पताल नरदेवीका वरिष्ठ कायाचिकित्सक डा. विनोद सिंह बताउनुहुन्छ । उहाँका अनुसार पेटसम्बन्धी समस्या व्यक्तिगत हेलचेक्र्याइँ र लापरबाहीको कारणले नै दिनानुदिन बढ्दै गइरहेको छ ।
सरकारले सूचीकृत गरेका प्रमुख १० रोगहरुमा पेट दुख्ने, ग्यास्ट्राइटिस, झाडापखाला, आउँजस्ता रोगहरु मुख्यरुपमा छन् । खाना खाएको केही समय बित्न नपाउँदै अधिकांश मानिस पेटसम्बन्धी विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । समयमै खानेकुरा नखाने, खालीपेट बस्ने, मदिरा सेवन गर्ने, व्यक्तिहरुमा पेट दुख्ने, पेट ढाडिने, फुल्ने, अमिलो डकार आउनेजस्ता समस्या अत्यधिक मात्रामा देखिने गरेको पाइन्छ । यस्ता रोगमा बाहिरबाट चिनिने कुनै खास लक्षणहरु हुँदैनन् तर रोगीले चालै नपाइने गरी भित्रभित्रै रोग बढ्दै गई अन्ततः रोगीको ज्यानै लिन सक्ने खतरा हुने चिकित्सकहरु बनाउँछन् ।
रोगबाट बच्न जीवनशैली परिवर्तन गर्नुपर्छ|
स्वास्थ्यप्रति हरेक व्यक्ति आफैं सजग हुनु जरुरी हुन्छ । शरीरमा लाग्ने सानातिना रोगहरु खानपानमा परिवर्तन, व्यायाम, रहनसहनाट पनि ठीक हुन्छ भन्ने कुरा आधुनिक चिकित्सा विज्ञानलेे पनि प्रमाणित गरिसकेको छ । खाना कुन राम्रो र कुन नराम्रो भन्ने कुरामा हाम्रो स्वास्थ्य पूर्णरुपमा निर्भर रहन्छ । पेटमा लाग्ने दर्जनौं रोगको मुख्य कारण बिरामी आफैं भइरहेको हुन्छ । पेटसम्बन्धी प्रमुख रोग भनिने गरेको ग्यास्ट्राइटिस’ हुनुमा जीवनयापनको व्यवस्थालाई नै प्रमुख कारण भनिएको छ । पशुपति होमियोप्याथिक अस्पतालका होमियोप्याथिक फिजिसियन डा. सब्बिर खान भन्नुहुन्छ- ँकाममा व्यस्त हुनाले खानपानको ख्याल नगर्ने, मीठो स्वादका लागि फास्टफुड खाने, बढी चिल्लो, पिरो अमिलो, गुलियो खान रुचाउने तथा मानसिक चिन्ताग्रस्त मानिसहरु नै पेटरोगबाट बढी पीडित हुने गरेका छन् ।’
ग्यास्टि्रक धेरै सुनेको र धेरैले भन्ने गरेको परिचित शब्द हो । पेट दुख्यो कि ग्यास्टि्रक हो’ भन्ने गरिन्छ । पेटको सुजन भएर हुने यो समस्या सामान्य नै माने पनि कहिलेकाहीँ यसले ठूलो रुप नै लिन सक्छ । आयुरर्र्वेदिक फिजिसियन डा. विनोद सिंहका अनुसार आयुरर्वेदिक भाषामा मानवशरीरमा रहेको पित्त विकृत अवस्थामा पुगी यसको अम्लीयपना बढ्दै जानुलाई अम्लपित्त भनिन्छ । शरीरमा खाना पचाउन आवश्यकभन्दा बढी मात्रामा हाइड्रोक्लोरिक भन्ने रासायनिक अम्ल उत्पादन भई यसले आमाशयको कमलो मांसपेशीलाई डामेर क्षति पुर्याउँछ । यसको कारणले पेट पोल्ने र दुख्ने लक्षणका अतिरिक्त वाकवाक लाग्न सक्ने, मुखमा अमिलो पानी आउने हुन्छ भने कसै-कसैलाई अरुचि र कब्जियतसमेत हुने चिकित्सकहरु बताउँछन् ।पेटको रोग क्यान्सर पनि हुन सक्छ| पेटसम्बन्धी रोगहरुले जटिल रुप लिन थाल्यो भने अल्सर र क्यान्सर हुन सक्ने भएकाले सुरुमै लक्षणहरु देखा पर्नासाथ सावधानी अपनाइहाल्नुपर्ने । पेट दुख्ने, पोल्ने, वाक-वाक लाग्ने, खानामा अरुचि हुने, पेट फुलेको अनुभव हुने आदि भएमा तुरुन्तै जाँच गराइहाल्नुपर्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !! —

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता