अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को
अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को३ फाल्गुन, भर्जिनिया । अमेरिकाको डिसी महानगरस्थित म्यारिल्याण्ड राज्यको हिन्दू मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एकमहिने स्वस्थानी व्रत पूजा गरी सम्पन्नभएको छ l
समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको घुईंचो लागेको थियो । नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले काठमाडौँ साँखुको शालिनदीमा जस्तै पूर्ण बिधिअनुसार पूजा गराएका थिए l
नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले हिन्दू धर्मावलम्बीमा नेपालमामात्र स्वस्थानी व्रतकथा प्रत्यक्ष परमात्मासँग सम्पर्कमा रही गरिने पूजा भएको बताए l राजोपाध्यायले आफ्नो पहलमा स्वस्थानी व्रतकथाको नेपाली तथा अंग्रेजीको पुस्तक छिट्टै प्रकाशित गर्ने जानकारी गराए l अमेरिकी नागरिक जेस्सिका भ्यान्टिन बर्केनहोल्जले शिकागो विश्वविद्यालयबाट सन् ०१० मा स्वस्थानी व्रतकथामा विद्यावारिधि गरेकी छिन l
संस्थाका अधक्ष्य सिजन श्रेष्ठले अमेरिकामा रहेपनि परम्परा, धार्मिकोत्सव,चाडपर्व र संस्कृति सम्बर्धन गर्ने नेवाः संगठन अमेरिकाको मुख्य उदेश्य रहेकाले तीनव वर्षअघिदेखि डिसी महानगरक्षेत्रमा स्वस्थानी ब्रत गर्दै आएको बताए l
हिन्दू महिला इच्छा पूरा हुने विश्वासकासाथ एक महिनासम्म एकछाकमात्र खाएर व्रत बस्ने परम्परा छ । अन्तिम दिनमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला लगायतका नैवेद्य स्वस्थानीलाई चढाउन अमेरिकामा पनि सामान जुटाईएको थियो ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता