ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
===========================
(जानकारी शेयर पनि गर्नुहोला है )
==========================
अल्सर अहिलेको मानिसहरुमा ग्यास्टीक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्टीक बढ्दै जान्छ ।यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोगलाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । १. अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ? अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ । खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ । वान्ता गर्दा रगत नै पनि आउन सक्दछ । २. अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ? चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै चार पाँच पटक खाने । खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने । फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ । ३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ? अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।
पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने । ४. अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु धेरै बेर भोकै नबस्ने । ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने । मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने । राती धेरै बेरसम्म अनिदो नबस्ने । धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने । कालो चियाको प्रयोग बिलकुलै नगर्ने । दिउँसो सुत्ने बानी भएमा पनि हटाउने । ५. अल्सर रोगको आफैले गर्न सकिने उपायहरु शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने । तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने र हाँसेर बस्ने । काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने । स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने । स्रोतः- हाम्रो घरको डाक्टर (घरेलु जडिबुटीबाट रोगको उपचार गर्ने विधि)
------------------------------
जसरि मैले मेरा फेसबुका साथिहरुलाई यो जानकारी गराए त्यसरी नै तपाईले पनि आफ्नो साथिहरुलाई यो जानकारी गराउनु तपाइको कर्तब्य हो त्यसैले शेयर गर्नुहोला
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता