कतारी शेखको लगानी गर्ने इच्छा
दोहा (कतार), माघ १९ - सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने कतारी राजपरिवारका सदस्य शेख मोहम्मद अब्दुल्लाहा अलथानीले कतारमा नेपाल पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको बताएका छन् ।
'नेपाल कतारपछिको मेरो दोस्रो घर हो,' नेपाली कार्यवाहक राजदूत गणेशप्रसाद ढकालसमक्ष उनले भने, 'नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्दो काम गर्छु ।' उनले नेपालीहरू निकै मिहेनती, इमानदार र लगनशील रहेको भन्दै प्रशंसा गरेका थिए । कतारमा नेपाली कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । यहाँ झन्डै चार लाख नेपाली कार्यरत छन् ।
सगरमाथा ओराहणपछि शेख कतारी समुदायमा चर्चामा छन् । उनले गत जेठमा पहिलो सातामा ८ हजार ८ सय ४८ मिटर अग्लो शिखर सगरमाथा चढेका थिए । त्यसपछि खाडी र पश्चिमा मुलुकका मिडियासँगको अन्तर्वार्तामा शेखले नेपालको खुलेर प्रशंसा गर्दै आएका छन् । 'नेपालको वास्तविकता सौन्दर्य हामीले सोचेभन्दा निकै सुन्दर छ,' उनले भने । निकै व्यस्त शेख अब्दुल्लाहा आफैं बुधबार नेपाली दूतावास आएका थिए । उनले कार्यवाहक ढकालसमक्ष पर्यटन क्षेत्रमा नेपालको सुरक्षा राम्रो भएको बताए ।
कार्यवाहक राजदूत ढकालका अनुसार शिक्षा क्षेत्रमा सहयोग जुटाउने उद्देश्यले 'सबैका लागि शिक्षा ः अधिकार' भन्दै सगरमाथा चढेका शेख अल्थानीले नेपालमा लगानी गर्ने इच्छासमेत राखेका छन् । उनले कतारमा रहेको रोटा नामक गैरनाफामूलक संस्थामार्फत नेपालको शिक्षा क्षेत्रमा लगानी गरिरहेका छन् । उनले यो अभियानअन्तर्गत एक मिलियन अमेरिकी डलर सहयोग जुटाउने योजना राखेका छन् । 'नेपालमा लगानी गर्न सकिने विशेष क्षेत्रहरू के हुन सक्छन्,' उनले भने, 'म आफ्नो दोस्रो घरमा लगानी बढाउन चाहन्छु ।'
ढकालले पर्यटन क्षेत्र विकासका लागि उच्चस्तरका होटल, जलविद्युत् जस्ता क्षेत्रहरू लगानी गर्न सकिने क्षेत्र रहेकामा जानकारी गराएका थिए ।
कतारी शेखको लगानी गर्ने इच्छा

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता