कतारको कमाइ गाउँमै वैदेशिक रोजगारका लागि कतार पुगेर फर्किएका झापा, लखनपुरका गोविन्द खनालले स्वदेशमै लाख कमाइरहेका छन् ।

झापाको लखनपुर–१ का गोविन्द खनाल ९३२० सँग कतारको होटलमा पाँच वर्ष कुक काम गरेर अढाइ वर्षअघि फर्कंदा गाउँमै केही गर्ने सोच मात्र थियो । तर, उता कमाएको केही रुपैयाँले कुखुरापालन थालेपछि अहिले उनलाई घर नै कतारभन्दा बढी भएको छ । घर वरिपरि पाँच वटा खोरमा भर्खरका चल्लादेखि तीन केजी भन्दा बढी तौलका १९०० कुखुरा हुर्काएका उनी भन्छन्, “अहिले सम्झँदा बेकारमा कतार गइएछ भन्ने लाग्छ ।”

तस्वीरः गोपाल गडतौला
अढाइ वर्षमा बाह्र छिमल कुखुरा बेचेर रु।९ लाख कमाएका गोविन्द मिहिनेत र संयोग मिल्दा विदेशमा भन्दा गाउँमै बढी कमाइ हुने बताउँछन् । तर, बिहानै उठेर रातभरि थुप्रिएको सुली सोहोर्नु, चारो र पानी दिनु, रोग लागे–नलागेको हेरविचार गर्नु सजिलो भने छैन ।
कुखुरा किन्न दमक, लखनपुर र केरखाका मासुपसले आफैं आउने हुनाले उनले बजार लैजान परेको छैन । दिनहुँ काम गर्नुपरे पनि आफ्नो खुशी हुने भएकाले व्यवसायको वेग्लै मज्जा रहेको उनको अनुभव छ । गोविन्द भन्छन्, “अर्काले लाए अह्राएको कामभन्दा आफ्नो काममा आनन्द आउने रहेछ ।”
१३ वर्षअघि स्कूले पढाइ छोडेर भारतको दिल्ली पुगेका उनले होटलमा मजदूरी गर्ने क्रममा कुक सिकेका थिए । २०६२ मा घर फर्किएपछि रु।१ लाख ऋण लिएर कतारको राजधानी दोहा पुगेका उनले त्यहाँको ब्लुस्टार होटलमा मासिक साढे ६०० रियल ९करीब रु।१३ हजार० मा कुक काम थालेका थिए । फर्किने वेला उनको मासिक तलब १८०० रियल पुगेको थियो ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता