गोरखामा पृथ्वी नारायण शाहको शालिक ठडयाइँदै। (हत्तेरिका पहिला गल्ति गरिएछ)
गोरखा – २०६४ साल जेठ ३ गते तत्कालीन माओवादीले तोडफोड गरेको पृथ्वी नारायण शाहको शालिक आज गोरखामा फेरि राखिएको छ।
गोरखा नगरपालिका १ मा रहेको पुरातात्विक ऐतिहासिक महत्वको गोरखा संग्राहालयको परिसरमा ६ वर्षपछि शालिक ठड्याइएको हो। पुरातत्व विभागको पहलमा ६ महिना लगाएर विष्णुप्रसाद रिजालले करिब १० लाख रुपियाँ खर्चमा पुनर्निर्माण गरेका हुन्। नेपाल एकिकरणको थालनी गरेका पृथ्वीनारायण शाहाको पुर्ख्यौली गोरखा रहेकाले इतिहासलाई कायम राख्न गोर्खालीले शालिक संरक्षणमा जोड दिनुपर्ने स्थानीयले बताएका छन्।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता