गजल

कसको छाता ओड्यौ कुन्नी मेरो रुमाल फर्काईदियौ
भरिँदो थिए प्रीती थोपा; कोल्टे पारी तर्काईदियौ

माफ गर भन्दै थियौ; हेर्न सम्म सकिएन
साँच्दै थिए लर्के जोबन; अरु तिर लर्काइदियौ

भावनाका शहर बुनेँ जवानीका रहर बुनेँ
मन्द मन्द गीत मिठो गाउँदा गाउँदै सर्काइदियौ

मन थिर नहुनेले किन कसम खानु झुठा
जिन्दगीका जोर दर्पण हेर्दा हेर्दै चर्काईदियौ

सागरमा धेर हुन्छ; धेरै किन्तु दुषित माया
तिम्रो मन मोड्छु भन्थेँ; छाल बोकी थर्काईदियौ..।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता