इजरायलका नेपाली नारीले गरे करोडको अक्षय कोष घोषणा
इजरायल । इजरायलमा बस्दै आएका नेपाली नारीहरुले १ करोडको परोपकारी अक्षय कोषको घोषणा गरेका छन् । मातृभूमिका लागि युवा अभियानले कोषको घोषणा गरेको हो ।
नेपाली राजदुत प्रल्हादकुमार प्रसार्इंको प्रमुख अतिथिमा सत्य साइ केन्द्रले गरेको कार्यक्रममा मातृभूमिका लागि युवा अभियान इजरायल शाखाकी अध्यक्ष नितु खतिवडाले १ करोडको परोपकारी अक्षय कोषको घोषणा गरेकी हुन् । उनले संसारभर छरिएर रहेका नेपाली नारीहरुलाई अक्षय कोषको संस्थापक बन्न तथा सहयोगको लागि आग्रह समेत गरिन । मातृभूमीका लागि युवा अभियान नेपालमा आबद्द सक्रिय महिलाहरुको बिशेष पहलमा नेपाली नारीहरुको सुरक्षित तथा आकर्षक कर्मभुमी इजरायलबाट घोषणा गरिएपनि यस कोषले संसारभरका नारीहरुलाई समेट्ने लक्ष्य लिएको छ ।
यसको सम्पूर्ण ब्यबस्थापन तथा कार्यान्वयन तहमा नारीहरु नै रहने तथा नारीहरुलाई बिशेष गरेर शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा लक्षित गरिने संस्थापक सीता तिवारी बताउँछिन् ।
कार्यक्रममा अभियानकै अर्की संस्थापक साबी पाठकले आगामी शैक्षिक शत्रबाट ५ जना अत्यन्त पिछडिएका बिपन्न परिवारका छात्राहरुलाई शिक्षासंग सम्बन्धित लाग्ने सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरिन् ।
संस्थापकमा रहनको निम्ती आगामी ७ दिन भित्रमा सम्पर्क गर्न समेत आह्हान गरिएको संस्थापकमध्येकी एक काजल घिमिरे बताउँछिन् ।
अक्षय कोषको घोषणा लगत्तै इजरायलमा कार्यरत ९ जना नेपाली नारीहरुले जनही ५० हजारका दरले स्वेच्छिक सहयोगको प्रतिबद्दता ब्यक्त गरेका छन्

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता