कांग्रेसको जागरण अभियान ७ चैतदेखि नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षित गराउन ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने भएको छ ।
बिहीबार , २२ फागुन २०७० ६:२१ पम
नेपाली कांग्रेस ७ चैतदेखि ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने भएको हो । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले संचालन गर्ने अभियान चौध अञ्चलमै हुनेछ ।
पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति दिवसको अवसर पारेर झापा बिर्तामोडबाट शुरु हुने अभियान काठमाडौंमा पुगेर ३० चैतमा सकिने छ । कार्यक्रम सबै अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, नगर/गाविस र वडा तहसम्म पुर्याइने कांग्रस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित ३ जनाको सहभागिता हुनेछ । संविधानसभा निर्वाचनपछि उत्पन्न परिस्थिति र घटनाक्रमबारे यथार्थ जानकारी, पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनीतिका मुद्धाहरुबारे कार्यकर्तालाई प्रशिक्षित गराउन अभियान संचालन गर्न लागिएको उनले बताए ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता