खेलाडीलाई ‘डेब्यु क्याप' प्रदान गरिएको छ

ढाका-ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो खेल खेलेको नेपाली टोलीका खेलाडीलाई ‘डेब्यु क्याप' प्रदान गरिएको छ। नेपालले विश्व ट्वान्टी २० मा खेल्दै ट्वान्टी २० अन्तर्राष्ट्रियको ढोको खोलेको थियो, जुन नेपालले खेलेको सबभन्दा ठूलो स्तरको खेल हो।
नेपाली टोलीले हङकङसँगको खेलमा अभ्यास गर्नुअघि नेपाली टोलीका व्यवस्थापक उत्तम कर्माचार्यले खेलाडीलाई वरियता अनुसार ‘डेब्यु क्याप' प्रदान गरेका थिए।
वरियता अनुसार कप्तान पारस खड्कालाई १ र ज्ञानेन्द्र मल्ललाई २ नम्बर अंक रहेको क्याप प्रदान गरिएको थियो। त्यसपछिको क्रमश नम्बर नेपाली टोलीमा रहेका बाँकी शक्ति गौचन, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, नरेश बुढाऐर, सुवास खकुरेल, सागर पुन, जितेन्द्र मुखिया र सोमपाल कामीलाई क्याप नम्बर प्रदान गरिएको थियो। बाँकी ४ खेलाडीमध्ये कसैले पनि प्रतियोगितामा खेल्न पाएमा उनीहरुलाई पनि क्याप प्रदान गरिने छ।
पेटमा दुखाईका कारण आइतबार हङकङको इनिङस सुरुआतमै ड्रेसिङ रुम फर्किएका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल ठिक भइसकेको र मंगलबार बंगलादेशविरुद्ध मैदान उत्रिने व्यवस्थापक कर्माचार्यले जानकारी गराए।
मन्त्रीको बधाई
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले हङकङमाथी विजय हात पारेको नेपाली टोलीलाई सोमबार फोन गरेर बधाई दिएका छन्। नेपाली टोलीका व्यवस्थापक कर्माचार्य र अफिसियल किरण राणालाई फोन गरेर मन्त्री पौडेलले बधाई दिएका हुन्। बंगलादेशस्थित नेपाली राजदुतावासका सहायक राजदुत कृष्णचन्द्र अर्यालले नेपाली टोलीको हौसला बढाउन कुनै कसर बाँकी नराख्ने बताए। उनले हङकङसँगको खेल रंगशालामा आएरै हेरेका थिए।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता