संस्मरण- “घर”
संचारिका समूहको अध्यक्ष

बबिता बस्नेत / ललितपुरको बागडोलमा केही दिन अघि हिडि रहेका बेला बिपरित दिशाबाट आउदै गरेका एक ब्यक्तिले मुस्कुराउदै भनें ‘हिजोआज तपाईलाई म यतै देख्छु, कता बस्नु हुन्छ ?’ मैंले यतै नजिकै बस्छु भनेंपछि उनले आश्चर्य मान्दै सोधे—अनि अनामनगरको घर ? त्यति ठुलो घर बेच्नु भएको ? मैंले केही भन्न नपाउदै उनी बोले—तपाईले मलाई चिन्नु भएन होला, म न्यायाधिश ज्युको गाडी चलाउथें, म उहाँलाई लिन जाँदै गर्दा तपाई निस्कनु भएको बेला परयो भनें त्यो साँघुरो बाटोमा तपाई खुब रिसाउनु हुन्थ्यो । डा. पुष्पराजको पहिलेको क्लिनिक नजिक कति पल्ट तपाइले मेरो कारणले आफ्नो गाडी ब्याक गर्नु भएको छ, कति पल्ट मैंले तपाईको कारणले ब्याक गरेको छु । अहिले उनी न्यायधिश (चन्द्रप्रसाद पराजुली)संगै रिटायर्ड भएका रहेछन ।
सन २००३ तिर जस्तो लाग्छ, भारतीय राजदुताबासमा मिडिया हेर्ने प्रथम सचिव संजय बर्माले केही पत्रकारहरुलाई डिनरका लागि बोलाएका थिए । द राइजिङ्ग नेपालका तात्कालिक प्रधान सम्पादक लोकद्वीप थापाले कुराकानीका क्रममा ‘तपाईको त अनामनगरमा पाँच तलाको घर छ रे, भाडानै धेरै आउँछ होला’ भन्नु भो । कहिलेकांही जिल्ला र बिदेशतिर भेटिएका कतिपय ब्यक्तिहरुले ‘तपाइलाई चिन्छु नि, घरनै थाहा छ’ भन्ने गर्थे । त्यो मेरो घर होइन, म ‘रेन्ट’ मा बस्छु भन्दा छक्क पर्नेहरु मैंले प्रसस्तै भेटेकी छु । अनामनगर स्थित श्रीकृष्ण श्रेष्ठ र सरिता श्रेष्ठको घरमा म १७ बर्ष बस्दाका अनेक अनुभवहरु छन । सन १९९३ मा हामी उक्त घरमा सर्दा घरको निर्माण कार्य हुदै थियो । एउटै कम्पाउण्डमा रहेको सानो घरमा केही बर्ष बिताएपछि हामी ठुलो घरमा सरेका थियौं । लामो समय सम्म एउटै घरमा बसेकाले जिन्दगीका अनेकौं उतार चढाव पनि सोही घरमा गुज्रिए । सरिता दिज्युले असाध्यै मायाँ गर्ने र मैंले पनि उहाँलाई त्यतिकै सम्मान गर्ने भएकाले समान्यतया घरपति र डेरावालबीचको सम्बन्धमा जुन दुरी देखिन्छ हामीबीच त्यस्तो कहिल्यै रहेन । दशैं, तिहार, तीज तथा अन्य चाडबाड, दिज्युले कहिल्यै बाहिर बसेको अनुभव हुन दिनु भएन । बैशाख १७ गते जन्म दिनको दिन उहाँ आफैले बनाएको सानो फूलको गुच्छा सधै पाउने गर्थें । अहिले पनि जन्म दिनको दिन बिहानै फूलको गुच्छा बोकेर ‘ह्यापी बर्थ डे बैनी’ भन्दै ढोका अगाडी उभिएको उहाँलाई आँखा वरीपरी पाउँछु । मैंले मात्र होइन उहाँले पनि धेरै पल्ट बाटो हिड्नेहरुले ‘बबिता बस्नेतको घर यही हो’ भन्दै हिडेको सुन्नु भएको छ तर कहिल्यै अफ्ठयारो या अन्यथा मान्नु भएको मैंले महशुस गरिन ।
महिला मित्र समूह, बिश्व हिन्दु महासंघ लगायत बिभिन्न संघ संस्थामा आबद्ध उहाँलाई एक पल्ट कसैले घरको ‘लोकेशन’ सोधेछ । उहाँले बताउदै गर्दा सोध्ने मान्छेले ए...मैंले बुझें, बबिता बस्नेतको घर देखि कता? भनेपछि उहाँले ‘म त्यही घरमा बस्छु’ भन्नु भएछ । ठुलो घर भएकाले भाडामा बस्ने मान्छेहरु धेरै हुननै भए । त्यतिका बर्ष एउटै घरमा बस्दा धेरै मानिसहरु आए र गए पनि । कति आफ्नै घर बनाएर सरे, कति त्यसै सरे, पछिल्लो चरणमा आएका कति अझै त्यही बसि रहेका छन । लामो समय एउटै घरमा बसेका मानिसहरु बाटोमा या अन्त कतै भेट्दा हिजोआज रमाइलो लाग्छ । आफु बिहान देखि बेलुका सम्मैं ब्यस्त रहने र शनीबार बाहेक अरुबेला घरमा कमैं बस्ने भएका कारण कतिपय मानिस त दुइ चार बर्षै बस्दा पनि राम्ररी परिचय समेत नभई घर छोडेर गएका घटना पनि छन । ‘हामी अनामनगरमा एउटै घरमा बस्थ्यौं तर यहाँसंग परिचय हुनै पाएन’ भन्नेहरु पनि मैंले सामाजिक या सार्बजनिक समारोहहरुमा भेटेकी छु ।
सन २००७ मा जस्तो लाग्छ, टेलिभिजनमा कार्यक्रम चलाउने एक जना भाईले मसंग अन्तवार्ता लिनका लागि टेलिफोनमा समय मिलाए । म त्यतिबेला संचारिका समूहको अध्यक्ष थिएँ, अफिसमैं आउनुस न भनें । एकान्तकुनामा कार्यालय थियो, उनीसंग क्यामेरा पर्सन देखि साउण्ड मिलाउने सम्म पुरै क्रु नै थियो । केही क्षणको भलाकुसारी पछि अन्तवार्ता सुरु भयो । सकिएपछि कफी खाँदै गर्दा उनी एकदमैं नजिकबाट चिनेको ब्यक्ति झैं गरी निकै आत्मिय भावले प्रस्तुत भए । मैंले उनलाई कहाँ बस्नु हुन्छ नि? भनेर सोधें, उनले अलि अफठ्यारो मान्दै आफ्ना साथीहरु तिर हेरेर ‘ दिदी हामी एउटै घरमा त बस्छौं नि, म तलको छेउतिरको कोठामा बस्छु नि’ भन्दा म झसंगै भएँ । के भएको होला म...भनेर साह्रै नरमाइलो लाग्यो । त्यही त मलाई कस्तो देखि रहेको जस्तो त लागेको थियो, आइ एम भेरी सरी...भनें । तर देखेको जस्तो भनें पटक्कै लागेको थिएन । होइन दिदी धेरै घर बस्नुहुन्न बस्दा पनि बाहिर धेरै निस्कनु हुन्न, म पनि ब्यस्त छु त्यही भएर भेट नभएको हो दिदी भनेर उनले वातावरणलाई सहज बनाए । तर पछि सम्म पनि हरे...उनले आफ्ना साथीहरुलाई दिदी र म एउटै घरमा बस्छौं भनेका थिए होला...मैंले नचिनि दिंदा उनलाई कति नरमाइलो लाग्यो होला...भनेर मन खिन्न भइ रह्यो । उनी थिए रामबाबु रेग्मी । त्यतिबेला उनी नेपाल टेलिभिजनमा कार्यक्रम चलाउथे र नाटकमा अभिनय पनि गर्थे । नाटक लेख्ने र अभिनय गर्ने काम अहिले पनि गर्छन । उनले अन्तवार्ता लिएको दुइ हप्ता पछि मैंले आँगनको धारामा उनलाई देखें र आराम हुनुहुन्छ भनेर बोलाएँ पनि । त्यसपछि भनें पटक पटक मैंले उनलाई देखें ।
एक पल्ट म कतार एयरवेजबाट दोहा हुँदै अमेरिका जाँदै थिएँ । एक नेपाली एयर होस्टेजले मेरो बिशेष ख्याल गरि रहे झैं महशुस भइ रहेको थियो । दिज्यु हजुरलाई केही चाहिन्छ कि? जे परेपनि भन्नु है भन्दै उनले भनिन —म त नजनाको साथी हो नि, अनामनगरमा त्यही नजिकै छ हाम्रो घर । नजना सरिता दिज्युकी छोरी हुन (जसलाई हामी महारानी भनेर बोलाउछौं) यसरी सरिता दिदीका नातेदारले मात्र नभएर छोरा नजन र छोरी नजनाका साथीहरुले पनि उहाँहरुको परिवारको सदस्य झैं गरी ब्यवहार गर्थे । अहिले पनि चाडबाड, बिवाह, ब्रतबन्धका भोजहरु हामी एकार्कालाई छुटाउदैनौं । घरका अन्य सदस्य राधेश्याम दाई, रुपा भाउजु, अमन, आकृत सबैनै आफ्नो परिवारको सदस्य झैं लाग्छ । रुपा भाउजुसंगको नाता त झनै गजबको छ, म उहाँलाई भाउजु भन्ने उहाँ मलाई दिज्यु । हामी बोलेको सुन्दा मानिसहरु छक्कै पर्छन ।
२०४५ सालमा राजधानी भित्रिए देखि मेरो डेरा जीवन सुरु भएको हो । सुरुमा मामाकोमा बस्थें, उहाँ पनि डेरामैं बस्नुहुन्थ्यो । कतै आफन्त कहाँ जाँदा एउटै कोठामा भान्सा, ओछ्यान सबै कुरा देख्दा अचम्म लागेको थियो । पछि आफ्नो पनि सोही क्रम सुरु भयो । सुरुवातका केही बर्ष म बानेश्वर चोकमा खोटाङ्ग चिसापानीका जयराम उदासको घरमा बसें । त्याहाँ बसुन्जेल पनि बैनीहरु शर्मिला र डेन्जु (उहाँका छोरीहरु) ले कहिल्यै डेरामा बसेको अनुभव हुन दिएनन । हामी खानेकुरा देखि लाउने लुगा सम्म सेयर गथ्र्यों । आफ्नै गाउँ ठाउँका उनीहरुले ससम्मान बस्ने ठाउँ नदिएका भए शायद म काठ्माण्डौमा टिक्ने पनि थिइन होला । अहिले पनि यी दुइ बैनीहरुको असाध्यै संझना आउछ । उनीहरु आफ्नै ब्यवसाय गरेर बसेका छन । उनीहरु त आफ्ना हुनेनै भए ज्वाईहरुले समेत बाटोमा कतै भेट्दा आफ्नै दिदी झैं गर्छन, खुशी लाग्छ । त्यसपछि केही समय घट्टेकुलोको नानी छोरीको घरमा बसेको पनि संझिन्छु । मलाई मासको बारा मन पर्छ भनेर उहाँले बेला बेलामा बनाएर खुवाउनु भएको संझना ताजै छ ।
२०६५ सरिता दिदीको घरबाट आफ्नो घर ललितपुरमा सरेपछि धेरै दिन सम्म त्यो घर र आफुले हिडेका बाटाहरुको संझना आइ रह्यो । कति पल्ट त काम सकेर घर जान लाग्दा गाडी अनामनगरतिरै मोडिन्थ्यो । ए म त ललतिपुर पो बस्छु त भनेर झसंग हुन्थें र गन्तब्यतिर लाग्थें । जीन्दगीमा आफ्नै घरमा बस्ने रहर स्वभाविक रुपले प्रायः सबैलाई हुन्छ । घर बनाए पछि “सेटल भइयो” भन्ने पनि धेरैलाई लाग्ने गर्छ । मानिसहरु घरलाई स्थाइ संझिन्छन र डेरालाई अस्थाइ । आफुले बनाएको घरलाई स्थाई ठान्दै गर्दा आफ्नो जीन्दगीनै अस्थाई हो भन्ने वास्तविकताको महशुस भनें ज्यादै कमलाई मात्र हुने गर्छ जस्तो लाग्छ । मानिसको जीवननै अस्थाइ भएपछि घर स्थाइ हुने कुरै भएन । आफुले किनेपछि मैंले अहिले आफ्नो ठानि रहेको घर हिजो कसैको थियो । जसले बनाएको भएपनि उनी घर निर्माण ब्यवसायी थिएनन भनें यो घरमा सरेको दिन बल्ल स्थाई बसोबास भयो भन्ने ठानेका थिए होला । तर अहिले उनी आफै यो संसारमा छैनन । घरको बारेमा संसमरण लेखि रहदा म संझिन्छु, खोटाङ्गको सालम्बुमा मेरो हजुर बुवाले आफ्नो स्थाइ बासका लागि बनउनु भएको घर पछि मेरो कान्छो काकाको भयो, काका स्वर्ग भएपछि रातारात घरको परिचय फेरियो र भाइ दिनेश (उहाँको छोरा) को घरले चिनिन थाल्यो । उनीहरु बसाई सरेर तराई झरेपछि केही समय सम्म रित्तो भएर त्यो घर अन्ततः ढल्यो । त्यो खण्डहर घडेरी देख्दा अहिले मलाई “हजार ति सपनाहरुको माया लागेर आउछ” भन्ने गीत याद आउछ । आठ जना दाजुभाइबाट छुट्टिएर आफ्नै घरमा बस्ने मेरा हजुर बुवाको सपना थियो त्यो घर ।
घरको बारेमा एउटा वास्तविकता चांही के हो भनें आफ्नो घर हुने बित्तिकै मानिसहरु के के नै भए झैं ठान्छन । बिशेषगरी काठमाण्डौमा यस्तो प्रबृत्ति धेरै छ । मेरो डेरा अनुभव सुखद रहेपनि धेरैको अनुभव यस्तो छैन । राम्रै नाम इज्जत कमाएको सज्जन या असल मान्छे किन नहोस डेरामा बसेका कारणले पटक पटक ह्युमिलिएशन भोग्नु परेका अनुभव धेरैसंग छन । आफ्नो घरमा पैसा तिरेर बस्नेलाई आफ्नो आम्दानी नियमित गरिदिएकोमा खुशी ब्यक्त गर्नुको सट्टा “यी डेरावाल त हुन नि” भन्ने ब्यवहार गर्नेहरुलाई यो पृथ्वी स्वयं आफ्नो लागि डेरा हो भन्ने चांही जानकारी हुन्छ जस्तो मलाई लाग्दैन ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता