: सुशील कोइराला म हलिउडको हिरो बन्न चाहन्थें

काठमाडौं । तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, नेपाली कांग्रेसका अहिलेका सभापति सुशील कोइरालाको सपना पनि तुहियो । त्यतिबेला कोइराला कांग्रेसका सामान्य सदस्यमात्रै हुनुहुन्थ्यो । राजनीतिक भविष्यबारे न उहाँले कल्पना गर्नुभएको थियो, न नेता बन्ने कुनै सपना नै ।

भर्खरका लक्का जवान सुशील रंगमञ्चको हिरो बन्न चाहनुहुन्थ्यो, त्यो पनि हलिउडको । त्यसका लागि उहाँले प्रारम्भिक तयारी पनि गरिसक्नुभएको थियो, भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर । ‘हिरो’ बन्ने सपना पूरा गर्न उहाँ हलिउडतिर हानिने अन्तिम तयारीमा हुनुहुन्थ्यो । उहाँलाई अमेरिकाको भिसासमेत आइसकेको थियो । तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो । र, हिरो बन्न तम्तयार उहाँ नेपाली कांग्रेसको राजनीतिमा होमिनुभयो ।
सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढीलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसक्नुभएको हुन्थ्यो र सम्भवतः यतिबेला हलिउडमा जमिरहनुभएको हुन्थ्यो । राजनीतिमा त सुशील बाध्यताले मात्रै होमिनुभएको हो ।
रंगमञ्चको हिरो बन्ने सपना तुहिए पनि बाध्यताले रोजिएको राजनीतिमा भने सुशील हिरो बन्न सफल हुनुभएको छ । नेपाली राजनीतिक बजारमा उहाँ चल्तीकै हिरो हुनुहुन्छ । यद्यपि, रंगमञ्चका हिरोले हिट फिल्म दिएर दर्शकलाई खुसी बनाएजस्तै राजनीतिक हिरो सुशीलले नेपाली जनतालाई अझै खुसी बनाउन सक्नुभएको छैन ।
७८ वषर्ीय अविवाहित सुशीलको हिरो बन्ने सोच र योजनाबारे उहाँकै धेरै कार्यकर्तालाई थाहा छैन । उहाँ आफैँ पनि यसबारे धेरै बोल्नुहुन्न । पार्टीकोे सर्वोच्च पदमा पुगेका बेला बाध्यतावश राजनीतिमा लागेको विषयमा सार्वजनिक रूपमा नबोल्नु स्वाभाविक पनि हो ।
सुशीलसित लामो संगत गर्नुभएका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार रंगमञ्च र फोटोग्राफी सुशीलको पहिलो रोजाइ थियो । राजनीतिक यात्रा बाध्यात्मक परिस्थितिको उपजमात्रै हो । ०१६ अघि नै सुशीलले वनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिनुभएको थियो । उहाँले लामो समय बनारसमा बिताउनुभएको थियो ।
सुशील हलिउडमा काम गर्न र कोरियोग्राफी सिक्न अमेरिका जाने अन्तिम तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला राजा महेन्द्रले ०१७ पुस १ गते जननिर्वाचित सरकारलाई विघटन गरी निर्दलीय पञ्चायती व्यवस्था थालेपछि उहाँको अमेरिका यात्रा रोकियो ।
२१ असोज,मा प्रकासित समाचार बाट

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता