भुजुङमा पहिलोपटक नेपाल टेलिकमको मोवाईल सेवा संचालन

आशभुजुङमा पहिलोपटक नेपाल टेलिकमको मोवाईल सेवा संचालनआश गुरुङ,
Photo: भुजुङमा पहिलोपटक नेपाल टेलिकमको मोवाईल सेवा संचालनआश गुरुङ,

 २१ चैत्र, लमजुङ – लमजुङको पर्यटकीय गाउँ भुजुङमा नेपाल टेलिकमले पहिलोपटक जीएसएम मोवाईल सेवा संचालनमा ल्याएको छ । स्थानीयवासिन्दाको सक्रियतामा नेपाल टेलिकमले ५० लाख रुपैँया खर्च गरेर भुजुङमा जीएसएमको बीटीएस जडान गरेको हो । यसअघि कहीँकतै डाँडाहरुमा गएर अप्ठ्यारो गरि मोवाईल सेवाको उपभोग गरिरहेका स्थानीयवासिन्दा घरको कुनाकुनामै मोवाईलको नेटवर्क आएपछि गाउँलेहरु निकै खुसी भएकाछन् ।Bhujung gau_bhujung village
तनहुँको मिलुङबाट भुजुङ गाउँ विकास समिति वडा नम्बर २ को गुम्बा नजिकै राखिएको बीटीएसमा लिंक गरि ९ सय मेगाहर्ज क्षमतामा सेवा प्रवाह गरिएको नेपाल टेलिकम लमजुङ शाखाका प्रमुख शुभाष न्यौपानले जानकारी दिनुभयो । नेपाल टेलिकमका ईन्जिनियर तथा प्राविधिकहरुको टोलीले भुजुङमा जीएसएम मोवाईल सेवाको सफल परीक्षण गरेको हो । टावर निर्माणका लागि भुजुङको आमा समूहले ५० हजार रुपैँया खर्च गरेकाछन् भने स्थानीयवासिन्दाले निशुल्क जग्गाको ब्यवस्था गरेको छ । एकपटकमा १ हजार वटा सिम धान्न सक्ने बीटीएस टावर दीर्घकालीन फाईदाका लागि स्थापना गरिएको टेलिकमले जनाएको छ । टेलिकमले स्थानीयवासिन्दालाई मध्यनजर राखि केही दिनमै भुजुङमै गएर सिम वितरण गर्ने जनाएको छ । मोवाईलको टावर संचालनका लागि २ किलोवाट विद्युत प्रयोग गरिएको छ । १२ घण्टा धान्न सक्ने ब्याट्रीको ‘ब्याकअप’ राखिएको टावरका लागि भुजुङमा चौविसै घण्टा विद्युत उत्पादन भईरहने भएकाले विद्युत आपूर्तिका कारण समस्या नआउने स्थानीयवासिन्दाले वताएकाछन् । यसअघि घलेगाउँ हुँदै भुजुङ घुम्न आउने क्रममा नेपाल टेलिकमका निर्देशक सुनिल पोख्रेलसंग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, ईलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङ साथै युम्बो विकास आमा समूह, युवा क्लव, पर्यटन समिति, संरक्षण ब्यवस्थापन समितिका पदाधिकारीले भुजुङमा टावर निर्माण गरिदिन आग्रह गरेका थिए । भुजुङका वासिन्दाको आग्रहलाई मध्यनजर राखेर ४ महिनाको समयअवधिमै टेलिकमले टावरको निर्माण गरेर भुजुङका वासिन्दालाई सेवा दिएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले वताउनुभयो । एउटै गाउँ र एउटै गाविसले परिचित झण्डै ४ सय घरधुरी रहेको भुजुङ टेलिफोनको टावर निर्माण भएपछि जीएसएम मोवाईलको नमस्ते मोवाईलको प्रिपेड र पोष्टपेडका सेवाग्राहीहरु निकै खुसी भएका भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङले वताउनुभयो । जीएसएम मोवाईल सेवाबाट मोवाईलमा ईन्टरनेट समेत चलाउन सक्ने भएपछि युवायुवतीहरु समेत निकै खुसी भएकाछन्
-

Like ·  ·  गुरुङ, २१ 

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता