कोइराला दिल्लीमा, अन्य देशका नेताहरु पनि पुगे

प्रम कोइराला दिल्लीमा, अन्य देशका नेताहरु पनि पुगे
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री सुशील कोइरालाको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ कर्मचारीले स्वागत गरेका छन् ।

सोमबार , १२ जेठ २०७१ ४:०७ पम
प्रधानमन्त्री कोइरालालाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र शिष्टाचार महापाल रुचिरा कम्बोज, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत कर्मचारीले स्वागत गरेको नेपाली दूतावासका काउन्सलर तीर्थराज वाग्लेले जानकारी दिए ।
नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह आज साँझ ६ बजे तय भएको छ । त्यसअघि प्रधानमन्त्री कोइरालाले निवर्तमान प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च पदाधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ उनकी पत्नी कुलसुम नवाज र पुत्र हुसैन नवाजका साथ दिल्ली पुगेका छन् ।
अफगानिस्तानका राष्ट्रपति हामिद करजई, मरीशसका प्रधानमन्त्री नवीन रामगुलाम, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपक्षे पनि शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका छन् ।

, , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता