'मेरो बाबा मारेर समाज कति अग्रगामी भएछ'
'मेरो बाबा मारेर समाज कति अग्रगामी भएछ'
झमक्क साँझ पर्यो। त्यतिबेला हामी बाजुराको कोल्टी बजार पुगिसकेका थियौं। मार्तडी गाविसबाट रारा हिडेको दुई दिन भइसकेको थियो। झ्याम्म चौतारी देखेपछि साँझ पनि भनिएन। एकछिन बसियो पसिना ओभाउन। बास र गासको चिन्ता थिएन। पिसविन नामक संस्थामा कार्यरत सिर्जना रेग्मी (२३) को आत्मीय निम्तो थियो।...
एकछिन बसेर म अघिअघि हिडेँ। मेरो पछिपछि पबित्रा बिक (२१) आँउदै थिइन्, मेरी रारा यात्राकी साथी बनेर। अलि अगाडि पुगेपछि कान्लामाथि कसैले मेरो नाम बोलायो।
सिर्जना खुसीले हात हल्लाउँदै थिइँन्। लखतरान ज्यानलाई यति आत्मीय स्वागत भएपछि केही चाहिन्न जस्तो भयोतर, स्वागतका हात बिसाउन नपाउँदै तिनै हात बिदाइका लागि तयार भए। उनले इसारामै भनिन्, 'भो मेरोमा नआउनुहोस्। अन्त कतै गएर बस्नोस्।' मनको भाव बदलिने समय पनि नपाई अघि बढेँ। मेरो नजिकै पबित्रा आइसकेकी थिई।कोल्टी बजार भएकोले गाँसबासको चिन्ता थिएन। तर त्यो गुमेको आत्मीयता सम्भि्करहे। पबित्राले भनी– दिदी हजुरलाई मसँग देखेर हो सिर्जनाले जाऊ भनेको। 'जनयुद्ध'कालमा सिर्जनाका पितालाई माओबादीलेे चरम यातना दिएर सात दिनसम्म खाल्डोमा राखेर मारेको सुनेकी थिएँ। त्यही पार्टीकी समर्थक पबित्रासँग हिडेको देखेपछि उसले बास नदिएको कुरा बल्ल मैले बुझेँ।
सिर्जना फुर्तीली सामाजिक अभियन्ता थिई। पबित्रासँग म धेरैपटक बाजुराका गाउँ चाहारेकी छु। ऊ डाँडाका ठूला ढुंगामा बसेर देउडा गाउँथी। ऊ बिरह गाउँथी। सपना पनि त्यसैमा मिसाएर गाउँथी।
एकैछिन अघि दुई भिन्न मुद्रामा हात हल्लाएकी सिर्जनालाई सम्भि्कएँ। अनि साथमा रहेकी पबित्रालाई हेरेँ। उसले बताएको जीवनको सारांश सम्भि्कए।बाजुराको जुगेडा गाविसमा उसको घर। सानैमा आमा बितेकी। ऊ गरिबी र छुवाछुतको पीडाले साताइएकी छे। एउटा मान्छेको जीवनका किसिम–किसिमका दुःख भोगेकी केटी। उसको स्वर राम्रो थियो।
नौ कक्षामा पढदै गर्दा एकदिन माओवादीको सांस्कृतिक अभियानका मान्छे आए। उसको मिठो स्वरले समाज बदल्ने सपना देखाए। पढाइ छाडेर पबित्रा हिडी। घन्काई चेतनाका गीत गाँउगाँउमा। पछि छुटेको पढाइको माया लागेर आएछ। नपढी केही नहुने ठानी र फेरि नौ कक्षामा भर्ना भएकी थिई । स्कुल बाहेकको समय पार्टी र सामाजिक काममा दिँदै आएकी थिई। उसको पार्टीप्रतिको आस्था उस्तै गाढा थियो।
दुई अलग परिस्थितिका यी केटी। दुबै निर्दोष छन्। तर, यी निर्दोष एकअर्काका दुश्मन भएका छन्। आफ्नो स्वरले समाज कति बदलियो पबित्रा हिसाब गर्दै थिई होली। आफ्नो बाबालाई मारेर समाज कति अगाडि बढ्यो भन्ने हिसाब सिर्जना खोज्दै थिई। दुईजनाको नमिलेको हिसावबीच म थिएं। काठमाडौंमा नेताहरूबीच हात मिलिरहेका बखत पनि गाँउका सामान्य नागरिक मन मिलेका थिएनन्।
कतिपय वल्लोपल्लो घरबीच पानी बाराबार पनि देखियो। हिड्दै जाँदा खोलो नजिकै पुगिन्थ्यो। मान्छेहरू भत्किएको पुलको कुरा गर्थे। यहाँ त मन भत्किएको कुरा थियो। विकास हँुदै जाला। बन्ला बाटो। आउला मोटर। बन्लान भत्किएका पुल।
तर कहिले पुरिएलान् भत्किएका मनहरू। यस्तैयस्तै सोचेर फर्किएँ म। चार वर्ष भइसेको छ। अहिले मिले होलान् कि ती मनहरू। तिनलाई भेट्न छिटै जाने मन छ ।
See More
— with Namaste Nepal.झमक्क साँझ पर्यो। त्यतिबेला हामी बाजुराको कोल्टी बजार पुगिसकेका थियौं। मार्तडी गाविसबाट रारा हिडेको दुई दिन भइसकेको थियो। झ्याम्म चौतारी देखेपछि साँझ पनि भनिएन। एकछिन बसियो पसिना ओभाउन। बास र गासको चिन्ता थिएन। पिसविन नामक संस्थामा कार्यरत सिर्जना रेग्मी (२३) को आत्मीय निम्तो थियो।...
एकछिन बसेर म अघिअघि हिडेँ। मेरो पछिपछि पबित्रा बिक (२१) आँउदै थिइन्, मेरी रारा यात्राकी साथी बनेर। अलि अगाडि पुगेपछि कान्लामाथि कसैले मेरो नाम बोलायो।
सिर्जना खुसीले हात हल्लाउँदै थिइँन्। लखतरान ज्यानलाई यति आत्मीय स्वागत भएपछि केही चाहिन्न जस्तो भयोतर, स्वागतका हात बिसाउन नपाउँदै तिनै हात बिदाइका लागि तयार भए। उनले इसारामै भनिन्, 'भो मेरोमा नआउनुहोस्। अन्त कतै गएर बस्नोस्।' मनको भाव बदलिने समय पनि नपाई अघि बढेँ। मेरो नजिकै पबित्रा आइसकेकी थिई।कोल्टी बजार भएकोले गाँसबासको चिन्ता थिएन। तर त्यो गुमेको आत्मीयता सम्भि्करहे। पबित्राले भनी– दिदी हजुरलाई मसँग देखेर हो सिर्जनाले जाऊ भनेको। 'जनयुद्ध'कालमा सिर्जनाका पितालाई माओबादीलेे चरम यातना दिएर सात दिनसम्म खाल्डोमा राखेर मारेको सुनेकी थिएँ। त्यही पार्टीकी समर्थक पबित्रासँग हिडेको देखेपछि उसले बास नदिएको कुरा बल्ल मैले बुझेँ।
सिर्जना फुर्तीली सामाजिक अभियन्ता थिई। पबित्रासँग म धेरैपटक बाजुराका गाउँ चाहारेकी छु। ऊ डाँडाका ठूला ढुंगामा बसेर देउडा गाउँथी। ऊ बिरह गाउँथी। सपना पनि त्यसैमा मिसाएर गाउँथी।
एकैछिन अघि दुई भिन्न मुद्रामा हात हल्लाएकी सिर्जनालाई सम्भि्कएँ। अनि साथमा रहेकी पबित्रालाई हेरेँ। उसले बताएको जीवनको सारांश सम्भि्कए।बाजुराको जुगेडा गाविसमा उसको घर। सानैमा आमा बितेकी। ऊ गरिबी र छुवाछुतको पीडाले साताइएकी छे। एउटा मान्छेको जीवनका किसिम–किसिमका दुःख भोगेकी केटी। उसको स्वर राम्रो थियो।
नौ कक्षामा पढदै गर्दा एकदिन माओवादीको सांस्कृतिक अभियानका मान्छे आए। उसको मिठो स्वरले समाज बदल्ने सपना देखाए। पढाइ छाडेर पबित्रा हिडी। घन्काई चेतनाका गीत गाँउगाँउमा। पछि छुटेको पढाइको माया लागेर आएछ। नपढी केही नहुने ठानी र फेरि नौ कक्षामा भर्ना भएकी थिई । स्कुल बाहेकको समय पार्टी र सामाजिक काममा दिँदै आएकी थिई। उसको पार्टीप्रतिको आस्था उस्तै गाढा थियो।
दुई अलग परिस्थितिका यी केटी। दुबै निर्दोष छन्। तर, यी निर्दोष एकअर्काका दुश्मन भएका छन्। आफ्नो स्वरले समाज कति बदलियो पबित्रा हिसाब गर्दै थिई होली। आफ्नो बाबालाई मारेर समाज कति अगाडि बढ्यो भन्ने हिसाब सिर्जना खोज्दै थिई। दुईजनाको नमिलेको हिसावबीच म थिएं। काठमाडौंमा नेताहरूबीच हात मिलिरहेका बखत पनि गाँउका सामान्य नागरिक मन मिलेका थिएनन्।
कतिपय वल्लोपल्लो घरबीच पानी बाराबार पनि देखियो। हिड्दै जाँदा खोलो नजिकै पुगिन्थ्यो। मान्छेहरू भत्किएको पुलको कुरा गर्थे। यहाँ त मन भत्किएको कुरा थियो। विकास हँुदै जाला। बन्ला बाटो। आउला मोटर। बन्लान भत्किएका पुल।
तर कहिले पुरिएलान् भत्किएका मनहरू। यस्तैयस्तै सोचेर फर्किएँ म। चार वर्ष भइसेको छ। अहिले मिले होलान् कि ती मनहरू। तिनलाई भेट्न छिटै जाने मन छ ।
See More

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता