नारीका लागि नारी”द्वारा अन्तराष्ट्रिय नारी दिवश तथा वार्षिकोत्सव मनाईदै -
मनोविशेषज्ञ डा. अनुपम पोखरेल इजरायल आउने
राष्ट्रिय सम्वृद्धिका लागि नारी एकता’ भन्ने मुल नारासंगै विश्वभर छरिएर रहेका नेपाली नारीहरूको संगठन “नारीका लागि नारी”द्वारा स्थापना गरिएको एक करोड एक रुपैयाँ “नारीकालागि नारी परोपकारी अक्षयकोष” द्वारा आगामी मार्च १३ शुक्रवार इजरायलको तेलअभिवमा अन्तराष्ट्रिय नारी दिवशको उपलक्ष्यमा भव्य रूपमा अन्तराष्ट्रिय नारी दिवश तथा संस्थाको वार्षिकोत्सव मनाउने कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा विगत लामो समय देखि अष्ट्रेलियामा रही मानशिक रोगका सिकार भएकाहरूको उपचारार्थ लामो समयको अनुभव संगाल्नुभएका समाजसेवी मनोबैज्ञानिक डाक्टर ”अनुपम पोखरेल” इजरायल आउनुहुने भएको छ ।
“नारीका लागी नारी” नाम जस्तै काम अनी एक चुनौतीपूर्ण सामाजिक अभियान स्थापनाको एक वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको शुभ अवसरमा डिप्रेशन जस्तो भनायक रोगवाट ग्रसित हुन पुगेकाहरूका लागि डिप्रेशन किन र कसरी हुन्छ, यसवाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने जानकारी दिलाउने उद्धेश्यका साथ नारीहरूले थालेको महान् कार्यको प्रसंसा गर्दै सहयोगी भावना लिएर डा. अनुपम पोखरेल इजरायल आउदैहुनुन्छ तसर्थ वैदेशिक रोजगारीको क्रममा इजरायलमा रहेका समस्त नेपालीहरूले लाभ उठाउन सक्ने उक्त कार्यक्रममा उपस्थित हुनको निम्ती यसै समाचारमार्फत आयोजक संस्थाले हार्दिक निमन्त्रणा गरेको छ ।

चाहे प्रवासमा होस् या स्वदेशमा मानिसहरू जीवनको कुनै न कुनै समय डिप्रेशनको शिकार भएका हुन्छन् । देशमा दिनानुदिन वढिरहेको वेरोजगारीको चपेटामा पर्दै आफ्नो घर, परिवार तथा सानासाना नानीहरूहरूको वर्तमान अनी सुनौलो भविश्यको खोजीमा परदेसिन वाध्य भएकाहरू अवश्यपनि नैराश्यता, एक्लोपन अनी आफ्नाहरूको सम्झनामा एकोरिएका हुन्छन् । अझ इजरायलमा त प्रायजसो डिमेन्सिया (Dementia) अल्साईमर, अपाङगता भएका फरक प्रकृतीका स्वभाव भएकाहरू या वृद्दवृद्दाहरूसंग २४ सै घण्टा रहनुपर्ने निकै वोझिलो काम गर्नुपर्ने हुन्छ । जीवनमा हुने विभिन्न समस्याहरूसंग संघर्ष गर्न नसकी डिप्रेशनको सिकार हुदै आत्महत्या गर्ने अवस्थामा समेत पुगेकाहरूलाई समयमा नै उपचार गर्न सकेमा वचाउन सकिन्छ ।
डा. पोखरेलले लिनुहुने समयको कार्यतालिका यस प्रकार रहेको छ ।
पहिलो घण्टा:- डिप्रेसन/ मानसिक रोग:– मानसिक रोगको परिचय र आफूले गर्न सकिने उपायहरू ।
दोस्रो घण्टा:— आत्तिने/ डराउने रोग (Anxiety) चिन्ता : — यसको परिचय र आफूले गर्न सकिने उपायहरू
तेश्रो घण्टा:— आत्महत्या गर्न सक्ने अवस्थाको कसरी नियन्त्रण गर्ने ? गहिरो डिप्रेशनमा परेकाहरूको कुराकानी कसरी थाहा पाउने ।
कार्यक्रम निम्न मिती, स्थान र समयमा तय गरिएको छ ।
मिती—मार्च १३ शुक्रवार २०१५
स्थान:–लेवेन्दा ३२ तेश्रोतल्ला
समय:—-वेलुका ठिक ८ वजेवाट
स्मरण रहोस् ;– हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा अझै पनि नारी र पुरूषविचको विभेदरूपी खाडल पुरिन सकिरहेको छैन । प्रत्येक दिन महिला हिंसाका घटनाहरू सार्वजनिक भईरहेका छन् । गत वर्ष अन्तराष्ट्रिय नारी दिवशकै अवसरमा घोषित विष्वप्यापी नारीका लागि नारी एक सामाजिक परोपकारी संस्थाले एक वर्षको कार्यकाल पुरा नहुदै विभिन्न सामाजिक गतिविधीहरूका साथ लम्किईरहेको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता