मनिषाको उपचारको लागि खर्च अभाव भए पछि बुबा घर बेच्दै
काठमाडौ, १२ पुस । पाठेघरको क्यान्सरको अमेरिकामा रहेर लामो समयसम्म रहेर उपचार गरेकी एक ताकाकी सुपरस्टार बलिउड नायिका मनिषा कोइरालाको थप उपचारमा खर्च अभाव भए पछि उनका बुबा आफू बस्दै आएको घर विक्री गर्ने स्थितिमा पुगेका छन ।
मनिषा समेत बस्दै आएकी बुबा प्रकास कोइरालाको चप्पल कारखाना पछाडी रहेको घर विक्री गर्ने स्थितिमा पुगेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । बुबा प्रकासले घर जग्गा विक्री गर्ने दलाल र आफन्तहरुसँग सो विषयमा औपचारिक रुपमै कुरा राखिसकेका छन ।
मनिषाको क्यान्सरको उपचार भए पनि फेरि तीन तीन महिनामा रुटिङ चेक अप गर्नु पर्ने भएको र त्यसको लागि खर्चको अभाव भएको हो । घर विक्री गरेर बस्नको लागि मनिषाका परिवारले उपयूक्त फ्लाटको खोजी समेत गर्न थालिसकेका छन

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता