काठमाडौ, ३० फागुन । उद्योगी तथा अर्थबिदहरुले देशमा लगानीको बाताबरण नहुदा पुँजी पलायन भैरहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले लोडसेडिङ, राजनीतिक अन्यौलता , बन्द , सिन्डिकेट, चन्दा आतंक, श्रम समस्या जस्ता कुराले मुलुकमा लगानीको बाताबरण नभएका कारण पूँजि पलागन भएको बताएकाहुन् । अहिले पुँजीसंगै उद्यमशिलता पनि पलायन भएको उनीहरुको भनाई छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सचिव कृष्णहरी वास्कोटाले पूँजि पलायन बढ्दै गयो भने मुलुकको अवस्था डर लाग्दो हुने बताउनुभएको छ । उहाँले आयात र निर्यातको असन्तुलन चरम भएको बताउनुभयो । पेट्रोलियम पदार्थको आयात बढी हुँदा २९ प्रतिशतले देशले व्यापार घाटा बहन गर्नु परेको उहाँको भनाई छ । सचिव बास्कोटाले खर्च व्यवस्थापन गर्न नसक्दा, विकासदर खुम्चिदै जादा लगानी भित्राउन नसकिएको बताउनुभयो । पुर्ण वजेट नआउदा विकास निमार्णका काम रोकिएको भन्दै उहाँले अझै केही समय पुर्ण वजेट नआए केही सरकारी कार्यलयले खर्च धान्न नसक्ने बताउनुभयो । बैंकहरु मात्रै नाफामा गएको भन्दै सरकारले शहर केन्द्रित सहकारी सस्थाहरुलाई रोक्न नसकीएको उहाँको भनाई छ ।
वरिष्ठ अर्थविद् डा. चिरञ्जीवी नेपालले वार्षिक १० प्रतिशतका दरले पूँजी पलायन भएको बताउनुभएको छ । पुँजी पलायनबारे नेपालमा त्यस्तो अध्ययन नभएपनि सन् २००२ देखि २०१० सम्ममा ७० अर्ब रुपैया देशबाट बाहिरिएको उहाँको भनाई छ । पूँजि पलायनहुने १० प्रमुख देशहरु मध्ये नेपाल ८ औं स्थानमा रहेको छ । सबैभन्दा बढि चीनमा पूँजि पलायन हुन्छ । पुँजी पयालनलाई रोक्न नसकिने भन्दै उहाँले बिदेशमा लगानी गर्ने कानुनी बाटो खोलिदिएमा बिदेशमा लगानी गरेर नाफा गरेको पैसा स्वदेश भित्रने उहाँको भनाई छ ।
सोही अवसमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा लगानी गर्ने वातावरण नभएका कारण नै पूँजि पलायनको खतरा बढेको बताउनुभएको छ । उहाँले पूँजि पलायन रोक्न उत्पादनमा जोड दिनुभयो । देश भित्रै उद्योगीलाई लगानी गर्ने वातावराण हुने हो भने पूँजि पलायन नहुने उहाँको भनाई छ । राजनीतिक दलका भातृ संगठनको चन्दा आतंक, बन्द हड्ताल, चरम लोडसेडिङ, अस्पाष्ट सरकारी नीति, समयमा वजेट आउन नसक्नु आदी कारणले नै पूँजि पलायनको दर बढेको उहाँको भनाई छ
लगानीको वातावरण नहुदाँ पूँजि पलायन भएको अर्थविद्धहरुको भनाई

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता