वैदेशिक रोजगारीमा गएका नेपालीको एकै महिनामा ९९ शव

वैदेशिक रोजगारीमा गएका नेपालीको एकै महिनामा ९९ शव१४ पुस, काठमाडौं । डलरको भाउसँगै रेमिट्यान्स

बढेपछि रमाएका नेपालीलाई वैदेशिक रोजगारीमा गएर
जीवन गुमाउनेको संख्याले त्योभन्दा बढी पिरोल्ने
गरेको छ । दैनिक ३ जनाभन्दा बढीको शव नेपाल
भित्रिनु मुलुककै चिन्ता बनेको छ ।
मंसिरमा मात्रै हालसम्मकै बढी ९९ नेपालीको शव
भित्रिएको वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले
जनाएको छ । मुख्य श्रम गन्तव्य मलेसिया र
खाडी मुलुकबाट यो संख्यामा शव नेपाल
भित्रिएको हो ।
बोर्डका अनुसार यो तथ्यांकले वैदेशिक रोजगार
विभागबाट अन्तिम श्रमस्वीकृति लिएर
गएका कामदारमात्र समेट्छ । बिना श्रमस्वीकृति अवैध
ढंगबाट भारतको बाटो वा दुई
वर्षको श्रमस्वीकृति सकिएर पुनः नवीकरण
नगरेका मृतक कामदारलाई यसमा समावेश गरिएको छैन ।
अवैध कामदारलाई समेत समावेश गर्दा दैनिक ४
भन्दा बढी शव नेपाल भित्रिने गरेको बोर्ड स्रोतले
बताएको कारोबार दैनिकमा खबर छ ।
युवा उमेरका कामदारको यो मृत्युले वैदेशिक
रोजगारीमा ठूलो चुनौती थपेको यस क्षेत्रका विज्ञहरु
बताउँछन् ।
चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ३ सय ५२
कामदारको शव नेपाल आएको छ । यो गत आर्थिक
वार्ष्को सोही अवधिको भन्दा ३३ प्रतिशत बढी हो ।
गत आवको ५ महिनामा २ सय ६४ कामदारको शव नेपाल
आएको थियो । कात्तिकको भन्दा मंसिरको मृत्यु
संख्या ६५ प्रतिशत बढेको देखिएको छ ।
कात्तिकमा ६० कामदारको मृत्यु भएको थियो ।
सबैभन्दा बढी मलेसियामा कामदारले ज्यान
गुमाएका छन् । ५ महिनामा मलेसियाबाट १ सय १०
नेपाली युवाको शव भित्रिएको छ । कतारमा ९१,
साउदी अरबमा ८९, कुवेतमा २० र संयुक्त अरब इमिरेट्स
-यूएई) मा १९ र बहराइनमा ८ जना कामदारको मृत्यु
भएको थियो ।
मेनपावर व्यवसायीले उचित परामर्श नदिँदा धेरै
नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको सम्बन्धित
क्षेत्रका विज्ञहरुको भनाई छ । वैदेशिक रोजगार विज्ञ
डा. गणेश गुरुङका अनुसार कामदारको स्वास्थ्य परीक्षण
गरिए पनि काम सम्बन्धी ज्ञान दिएको हुदैन । गुरुङ
भन्नुभयो-’काम सम्बन्धी तालिम नदिनु,
सम्झौताबमोजिम सेवा सुविधा नपाउने
तथा अभिमुखिकरण तालिम नदिई प्रमाणपत्रमात्र
दिने गरिएकाले कामदारको मृत्युको बढेको हो ।’
व्यवसायीहरुले तीन दिने अभिमुखिकरण दिएको भन्नेबारे
प्रमाणपत्र दिने भएपछि उचित परामर्श र तालिम
नदिने गरेको पाइएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता