पोखरा विमानस्थलको काम चाँडै : अर्थमन्त्री

Shankar-Koirala_20131228055727कास्की, पुस १३ – अर्थमन्त्री शंकर कोइरालाले सानो प्राविधिक त्रुटीले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा ढिलाई भएको बताएका छन् ।‘सानो प्राविधिक त्रुटी भएर काम अड्केको हो, पोखरामा शनिवार सडक महोत्सवको उद्घाटन गदै  कोइरालाले भने,  ‘चाडै निर्माणको काम सुरु हुन्छ ।’
उनले विमानस्थल निर्माणको काम द्रुत रुपमा अघि बढाउन चीन सरकारसँग कुराकानी समेत भइरहेको  जानकारी दिए ।  विमानस्थल निर्माणका लागि थप जग्गा आवश्यक परेकोले जग्गाका लागि  एक अर्ब रुपैयाँ बजेट निकासा गरेको बताए ।
लामो समयदेखि अलपत्र विमानस्थल निर्माणमा ढिलाई भएको पर्यटन व्यवसायीले आवाज उठाएपछि मन्त्री कोइरालाले  सरकारले उच्च प्राथमिकतामा राखेर पहल अघि बढाइरहेको भन्दै विश्वस्त पारे ।
उनले पोखराको भविष्य पर्यटनमा आश्रति रहेकाले सरकारले घोषणा नगरे पनि पर्यटकीय राजधानीको रुपमा पोखरा रहेको बताए ।
फेवाताल देशकै साझा सम्पति भएको बताउदै कोइरालाले  दीर्घकालीन अध्ययन गरेर संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता