साउदीमा अलपत्र नेपालीको उद्धार गर्न माग -

काठमाडौं, पौष १४ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले साउदी अरबका विभिन्न स्थानमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धारका लागि सरकारसँग आग्रह गरेको छ । समाजले आज राजधानीमा पत्रकार सम्मेलन गरी साउदी अरबको दमाम लगायतका क्षेत्रमा अबैधानिक रुपमा बस्न बाध्य नेपाली कामदार पहिचान खुलाउने कागजपत्रको अभावमा अलपत्र परेको र नेपाली दूताबासले कुनै पहल नगरेको बताएको हो ।

 राहदानी लगायतका कागजपत्रको अभावमा अवैध रुपमा बसेका नेपालीहरुले साउदी सरकारले दिएको सात महिने आममाफीको अवसर समेत गुमाएको समाजले बताएको छ । त्यसरी अलपत्र हुनेहरुमा दमाम क्षेत्रमा मात्रै ७३ जना रहेको भन्दै समाजले कामदारको उद्धारको माग गर्दै परराष्ट्र मन्त्रालयमा आज ज्ञापनपत्र बुझाएको छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता