यी हुन् १४ बैंकबाट ऋण खाने घरजग्गा व्यवसायी ! सुधीर बस्नेतको कुन बैंकमा कति ऋण ?

१४ पुस, काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेत कर्जा तिर्न नसक्ने अवस्थामा पुगेपछि १४ वटा वाणिज्य बैंकलाई तनाब भएको छ । २०६९ असोजदेखि बैंकहरुले बस्नेत समूहलाई लगानी गर्न बन्द गरेपनि त्यसअघि प्रवाह गरेको १ अर्ब ६० करोड रुपैयाँ सावाँ र त्यसको व्याज उठ्न सकेको छैन । हाल सुधीर बस्नेत समूहमा प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी लगानी फसेको छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६  लाख रुपैयाँ उठेको छैन । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख, कुमारी बैंकको २० करोड ३६ लाख, एनआइसी एसियाको २० करोड १ लाख, नबिल बैंकको १४ करोड ६ लाख, किष्ट बैंकको १३ करोड, सिटिजन्स बैंकको ११ करोड ६९ लाख, ग्राण्ड बैंकको १० करोड ७४ लाख, लुम्बीनी बैंकको ६ करोड ९३ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख, सिभिल बैंकको ३ करोड ७४ लाख, सेञ्चुरीको ३ करोड ३७ लाख, एनसीसी बैंकको १ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ लगानी उठेको छैन । अग्नि एयरलाइन्स सिमि्रक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो । अग्नि एयरसहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । बस्नेतले आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार १६ महिनादेखि बन्द भएका छन् । वाणिज्य बैंकबाट मात्र अढाई अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवा ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘विगतमा सुधीर बस्नेतलाई आफ्नो बैंकको ग्राहक बनाउन पाएकोमा गर्व लाग्थ्यो’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले अनलाइनखबरसँग भने -’अहिले सुधीर बैंकको ग्राहक भएककै कारणले पीडा भएको छ ।’ सुधीर बस्नेतको नाम सुनेपछि मागेजति कर्जा दिएका कारण यस्तो अवस्था आएको उनको भनाई थियो । कर्जाको व्याज र किस्ता उठ्न छाडेको तीन महिनासम्म २५ प्रतिशत, ६ महिनासम्म ५० प्रतिशत र ६ महिनादेखि माथि शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले बस्नेतको सम्पूर्ण सम्पत्ति रोक्का गरेकाले उनको नाममा गएको कर्जा खराव भए पनि बैंकहरुले गत असोज मसान्तसम्म १ प्रतिशत मात्र प्रोभिजन गर्दा हुने व्यवस्था राष्ट्र बैंकले गर्‍यो । जसकारण बैंकहरुको नाफामा ठूलो् असर परेन । चालू आर्थिक वर्षमा राष्ट्र बैंकको यो व्यवस्थाले निरन्तरता नपाए बैंकहरुको नाफामा ठूलो असर पर्नेछ । चालू आवको असोज मसान्तसम्मको सुधीर बस्नेततर्फको कर्जा, बैंकको नाफा र प्रोभिजनिङको अवस्था -

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता