हाम्रा मतदाता विदेश गए, धेरैले नामै लेखाएनन् : प्रचण्ड
पेरिसडाँडामा आइतबार आयोजित केन्द्रीय समितिको बैठकमा संक्षिप्त मन्तव्य दिने क्रममा प्रचण्डले यस्तो बताउनुभएको हो । बैठकमा बोल्दै उहाँले चुनावमा पार्टी पराजयका कारणहरु खोतल्ने क्रममा धेरै मतदाताहरु विदेश गएका र पार्टीले मतदाता सूचीमा नाम लेखाउने अभियानमा ध्यान नदिँदा धेरैले मतदान गर्न नपाएको बताउनुभयो । ‘हाम्रा धेरै भोटरहरु विदेश गए, धेरैको मतदाता सूचीमा नामै लेखिएन’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
आमसभामा धेरै मान्छे देखिए पनि उनीहरुको मतदातासूचीमा नाम नभएकाले भोट नहालेको प्रचण्डको विश्लेषण थियो । तर, पार्टी तेस्रो भए पनि जनमतको हिसाबले अझै पहिलो भएजस्तै आफूलाई लागिरहेको उहाँले बैठकमा बताउनुभयो । ‘जनमत हेर्दा अहिले पनि हाम्रै पार्टी पहिलोजस्तो लागिरहेको छ, प्रचण्डको भनाइ उद्धृत गर्दे बैठकपछि एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने,’ भोट कम आउँदैमा पार्टी सकिइहाल्यो भन्ने होइन ।’
अध्यक्ष प्रचण्डले मिडियामा आएजस्तो नेताहरुका वीचमा विवाद र असमझदारी नरहेको केन्द्रीय सदस्यहरुलाई बि्रफिङ गर्नुभयो । निर्वाचनमा धाँधली भएकाले पार्टीले पराजय व्यहोरेको भए पनि आन्तरिक कमजोरीकै कारण धाँधली गर्ने वातावरण बनेको उहाँले बताउनुभयो । ‘धाँधली रोक्न हामीले तयारी गर्न सकेनौं’ बैठकमा प्रचण्डको भनाइ थियो

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता