टुँडिखेलमा यसरी मनाइयो तमू ल्होछार (फोटो फिचर
१५ पुस, काठमाडौं । आज गुरुङ जातिहरूले नयाँ वर्ष अर्थात् तमू ल्होछार पर्व देशभरी धुमधामका साथ मनार्इरहेका छन् । ल्होछारका अवसरमा राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । ल्होछारको अवसरमा सरकारले आज सरकारले सार्वजनिक विदा दिएको छ ।
ल्होसारको अवसरमा शुभकामना दिंदै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा रहेको सांस्कृतिक विविधताले राष्ट्र र राष्ट्रियतालार्इ मजवुत बनाउन सहयोग गरेको बताउनुभएको छ ।
टुँडिखेलमा यसरी मनार्इयो ल्होछार
यसैवीच राजधानीको टुँडिखेलमा तमू ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा वसन्तरपुरबाट शुरु भएको झाँकी टुँडिखेलमा पसेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता