पोखरामा पहिलो पटक फनपार्कसहितको रिसोर्ट

१४ पुस, कास्की । दुई वर्षदेखि पोखराको घारिपाटनमा सञ्चालन हुँदै आएको चचहुई फनपार्कमा सुविधा सम्पन्न रिसोर्टसमेत थपिएको छ । बालबालिकासहितको परिवारलाई लक्षित गरी पोखरामा पहिलो पटक सञ्चालनमा आएको फनपार्कसहितको रिसोर्ट दक्षिण एसियामै सम्भवतः पहिलो भएको सञ्चालकको दाबी छ ।
भारतमा विद्यावारिधि सकेर आउनुभएका दिनेश प्रसाईं र प्रतीक्षा क्षेत्री प्रसाईंले घारिपाटनमा रहेको १८ रोपनी जग्गामा बनाएको १५ कोठाको बालबालिकामैत्री रिसोर्ट र फनपार्क अहिले बालबालिकाका लागि उत्कृष्ट गन्तव्य बन्न पुगेको हो । पोखराको पर्यटन क्षेत्रमा अन्य उमेर समूहका लागि हालसम्म रु ७० अर्बभन्दा बढीे लगानी गरिएको भए पनि बालबालिकालाई लक्षित गरी मनोरञ्जनस्थलको अभाव पूरा गर्न फनपार्क रिसोर्ट सञ्चालनमा ल्याएको फनपार्क रिसोर्टका सञ्चालक प्रसाईंले बताउनुभयो ।
Phan Park
रिसोर्टको प्रत्येक कोठाबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे्रको दृश्यावलोकन गर्न पाइने भएकाले यो स्थान सबैको आकर्षक गन्तव्य बन्न पुगेको छ । पार्कमा १८० मिटर लम्बाइको ट्रयाकसहितको रेल, फ्लाइङ चेयर, बञ्जी ट्रयाप्लिङ, मेरिगो राउन्डमात्र नभएर एक्वा पार्क, स्विमिङ स्प्लास, राखिएको छ । पार्कभित्रै थिएटरको समेत व्यवस्था गरिएको छ । साथमा १२५ जनासम्म अटाउने सुविधा सम्पन्न सभाहलको सुविधासमेत रिसोर्टमा रहेको छ ।
पोखरा पर्यटकीय गन्तव्यस्थल भएकाले फनपार्क निर्माणका लागि पोखरा रोजेको प्रसाइ दम्पतीको भनाइ छ । फनपार्कमा नियमित रूपमा आउनेलाई छुटका साथै आवश्यकताअनुसार प्याकेजको व्यवस्थासमेत गरिएको छ ।
दुई बालबालिकासहितको परिवार रिसोर्टमा बस्न चाहेमा एक रातको बसाइ र बिहानको खाजाका लागि नेपालीले रु चार हजार ५०० तिर्नुपर्छ । जसमा बालबालिकाले चाहेको समयमा चाहेका खेलहरू खेल्न पाउनेछन् । यसका साथै बालबालिकालाई रचनात्मक कार्य जस्तै नाचगान, चित्रकलालगायतका गतिविधिमा समेत सहभागी गराइन्छ ।
अभिभावकहरू पनि भिडियो गेम, रेस्टुराँ र पुलमा रमाउन सक्नेछन् । फनपार्क रिसोर्टमा अहिले नेपालीमात्र नभई विदेशीसमेत आउनेक्रम सुरु भएको सञ्चालक प्रसाईंले बताउनुभयो । रासस

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता