मोवाईल समेत नटिप्ने भुजुङमा पहिलोपटक इन्टरनेट संचालन
लमजुङ, पुस १५ गते ।
एउटै गाउँ र एउटै गाविसले परिचित लमजुङको पर्यटकीय गाउँ भुजुङमा पहिलोपटकर् इन्टरनेट संचालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्यापर् इलाका संरक्षण कार्यालय भुजुङलर्ेर् इन्टरनेट जडान गरेको हो ।
एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताको कार्यकक्षसहित ९ वटा डेक्सटप कम्प्यूटर र २ वटा ल्यापटप कम्प्यूटरमार् इन्टरनेट जडान गरिएको एक्याप भुजुङले जनाएको छ । गोरेटो कम्यूनिकेशन प्रालि पोखराले नाल्माको सितलेस्वारमा टावर निर्माण गरेर विभिन्न ठाउँमा डिभाईस अपिलंक गरि एक्यापमा ५ सय १२ केबीपीएस क्षमताकोर् इन्टरनेट जडान गरिएको एक्याप भुजुङका लेखा तथा प्रशासन सहायक शिव थापाले जानकारी दिए ।
गोरेटो कम्यूनिकेशन पोखराले राखेको टावरबाट अपलिंक गरि भुजुङ गाविसको वडा नम्बर २ मा पर्ने गुम्बा नजिकै सानो प्रकारको टावर जडान गरि भुजुङकै ङारा छ्होमा रिसिभर राखेर भुजुङमार् इन्टरनेट प्रवाह गरिएको छ । भुजुङ गाउँलाई पुरै भ्याउनेगरि राखिएको लिंकबाट एक्यापले रिसिभर राखेर कार्यालयमार् इन्टरनेट जडान गरिएको थापाले वताए । एक्यापमार् इन्टरनेट जडान गर्दा झण्डै ७५ हजार रुपैँया लागेको एक्यापले जनाएको छ ।
टेलिफोन र मोवाईलको सुविधा समेत नभएको भुजुङमा अबर् इन्टरनेटबाटै संसार देख्न पाउने भएपछि स्थानीयवासिन्दा खुसी भएकाछन् । स्थापना भएको झण्डै २ दशकपछि कार्यालयमार् इन्टरनेट जडान हुँदा निकै खुसी लागेको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले वताए । उनले अहिलेसम्म टेलिफोन समेत राम्रोसंग समेत सर्म्पर्क नहुने भुजुङको कार्यालयमा इन्टरनेट जडान भएपछि कार्यालयको कार्यसम्पादनमा छिटोछरितोपन हुने समेत वताए ।
एक्यापमार् इन्टरनेट जडान गरिएपछि भुजुङमा रहेका अन्य संघसंस्थाले पनिर् इन्टरनेट जडान गर्ने तयारी गरेका एक्यापमा कार्यरत स्थानीय बृजबहादुर गुरुङले वताए । यस्तैर्,र् इन्टरनेटका लागि छुट्टै र्साईवर समेत खोल्ने तयारी गरिएको छ । भुजुङमार् इन्टरनेट संचालनमा आएपछि गाउँमा पुग्ने पर्यटकलाई समेत सुविधा पुग्ने भएको छ । बर्षोनी भुजुङमा जाने पर्यटकले मोवाईलमा समेत कुरा गर्न नसक्ने अवस्थामार् इन्टरनेट जडान भएपछिर् इन्टरनेटबाट नै कुराकानी गर्न पाउने भएकाछन् ।
गोरेटोले लमजुङका ग्रामीण भेगमार् इन्टरनेट प्रवाह गर्दै आएको र अब पनि महत्वपर्ूण्ा गाउँठाउँमार् इन्टरनेट जडान गरिने गोरेटोका निर्देशक प्रेम दुराले वताए । उनलर्ेर् इन्टरनेट जडान गर्दा ब्यक्तिगत डिभाईससहित १० हजार रुपैँया शुल्क लाग्ने र मासिक १ हजार ५ सय रुपैँमा २ सय ५६ केबीपीएस क्षमताकार् इन्टरनेट जोड्न सकिने वताए । संस्थागत र अन्य धेरै कम्प्यूटरमा जडान गर्दा खर्च बढ्ने दुराले वताउनुभयो । उनले रकमको कुरा भन्दा पनि सेवा ठूलो रहेको समेत वताए ।'शहरबजारमा त भइ नै हाल्यो, हामी दर्ुगम तथा विकट जस्तो सुकै गाउँमा पनिर् इन्टरनेट जोड्न तयार छौँ र सक्छौँ पनि' उनले भने, ' 'त्यसका लागि हामीले छुट्टै योजना समेत बनाएका छौँ ।'


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता