२ पुस काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियामा मृत्यु हुने नेपाली कामदारको संख्या उच्च छ । मलेसियामा नेपाली कामदारको संख्या बढी भएकाले तुलनात्मकरुपमा मृत्यु हुनेको संख्या पनि बढी भएको हो ।
वितेका पाँच वर्षमा रोजगारीको शिलसिलामा मलेसिया पुगेका ९ सय १५ जनाले ज्यान गुमाएको बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जानकारी दिएको छ । बैदेशिक रोजगार विभागका अनुसार हाल मलेसियामा ९ लाख ५० हजार नेपाली कामदार छन् ।
बोर्डका अनुसार गत आर्थिक वर्षमा करिव ७ सय कामदारको मृत्यु भएको छ । आव ०६८/०६९ मा ६ सय ४६, आव ०६७/०६८ मा ५ सय ४९, आव ६६/०६७ मा ४ सय १८ र आव ०६५/०६६ मा ९० जनाको मृत्यु भएको हो ।
प्रवर्द्धन बोर्डका अनुसार विगत पाँच वर्षमा मलेसिया, साउदी अरब, कतार, संयुक्त अबर इमिरेट्स, कुबेत बहराईन र दक्षिण कोरियामा २६ सय ३३ जना पुरुष र ६३ जना महिला गरी २७ सय जनाले ज्यान गुमाएका छन् । सो अवधिमा कारण नखुलेका मृतकको संख्या ६ सय ५३ छ ।
सरकारले बैदेशिक रोजगारीमा जानुपूर्व कामदारलाई अनिवार्यरुपमा अभिमूखिकरण तालिम दिँदै आए पनि उक्त अभिमूखिकरण तालिम प्रभावकारी हुन नसक्दा नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाउनु परेको हो ।
विदेशमा मृत्यु हुनुको मूख्य कारण अज्ञानता हो । दिनभर उच्च तापक्रममा काम गरेर मादक पद्धार्थ सेवन गरी एयर कन्डिसन -एसी) चलाएर सुत्ने गरेका कारण सुतिरहेकै अवस्थामा र हृदयघात भएर मर्नेहरुको संख्या निकै उच्च छ । त्यसैगरी ट्राफिक नियम नजान्दा सडक दुर्घटनामा परी मर्नेहरुको संख्या पनि उल्लेख्य छ । कतिपय अवस्थामा भने कामदार स्वयंको लापरबाहीले पनि मृत्यु हुने गरेको छ । अहिले औषत दैनिक २ वटासम्म शब नेपाल आउने गरेका छन् ।
नेपाली कामदारको दोस्रो बढी मृत्यु हुने देश साउदी अरब हो । वितेका पाँच वर्षमा साउदी अरबमा ७ सय ३६ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसैगरी कतारमा ६ सय १४, दुबईमा २ सय १५, कबेतमा ७२, बहराइनमा ४७ र दक्षिण कोरियामा ३१ जनाले ज्यान गुमाएका छन् । यी ६ वटा देशमा १८ लाखको हाराहारीमा नेपाली कामदार छन् ।
बोर्डको तथ्यांक अनुसार सुतिरहेको अवस्थामा ज्यान गुमाउनेहरुको संख्या सबैभन्दा बढी छ । पछिल्ला पाँच वर्षमा बैदेशिक रोजगारीमा रहेका ५ सय १९ जना कामदारहरु सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । सुतिरहेको अवस्थामा मृत्यु हुनुको मुख्य कारण मदिरा सेवन गरी गर्मी छल्न एयर कन्डिसन -एसी) चलाएर सुत्ने गरेका कारण धेरै कामदारहरुको मृत्यु हुनसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
त्यसैगरी ५ सय १० जना कामदारले प्राकृतिक कारणले ज्यान गुमाएका छन् भने ट्राफिक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ सय ७१ छ । २ सय ६८ जनाले आत्महत्या गरेका छन् भने १ सय ४६ जना हृदयघातबाट मरेका छन् । कार्यस्थलमा दुर्घटनामा परि मर्नेको संख्या १ सय ८६ छ भने अन्य व्यक्तिबाट मारिनेको संख्या ४६ रहेको छ ।
-
मलेसियामा नेपाली कामदारको मृत्युदर उच्च

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता