नयाँ वर्ष चोटमुक्त रहन मेस्सीको प्रार्थना

१६ पुस, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी नयाँ वर्षसँगै पुनः खेलमा फर्कँदैछन् । चोटका कारण उनी लामो समयदेखि मैदान बाहिर छन् ।
Messi
नयाँ वर्षसँगै खेलमा फर्किन लागेका मेस्सीले २०१४ आफू चोटमुक्त हुन चाहेको बताएका छन् । उनले भनेका छन्–म २०१४ मा चोटमुक्त हुन चाहन्छु । खेल पूर्ण फिटनेशका साथ खेलमा र्फकन चाहन्छु । त्यसअघि टोलीका साथीहरुसँग केही अभ्यास खेल खेल्छु ।’
उपचारको क्रममा अर्जेन्टिनामा रहेको उनी परिवारसँग नयाँ वर्ष मनाएलगतै स्पेन पुग्नेछन् । ‘म फेरि खेल्न तयार छु’ उनले भनेका छन्–परिवारसँग नयाँ वर्ष मनाएलगतै म बार्सिलोना उड्नेछ ।’

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता