--गजल--
- "--------- --गजल-----------"
पैल्यै देखी हन्डर्-ठक्कर्,खेपी राको छु म,
जिन्दगीमा कयौँ पल्ट ,धोका पाको छु म /
...
लिने दिने हर्ता कर्ता ,प्रभु नै हुन् भन्छन् ,
धेरै चोटि देउता लाई,भेट्न गाको छु म /
आपद् पर्दा आफन्त नै, काम लाग्छ भन्थे ,
के को लाग्थ्यो तिनै बाट,बचन् खाको छु म /
केही सुख पाएँ भन्दै ,खुशी हुँदै थिएँ ,
आफ्नै मुटु टुक्री जाँदा ,दुखी भाको छु म /
मर्ने बाँच्ने दोसाँध भो ,त्यै भएर आज ,
आफ्नो कफन् आँफैँ ठिक्क,पारी आको छु म /
हरि ओली
साउदी अरब
साउदी अरबियन् एयरलाइन्स्
साउदीया क्याटेरिङ्


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता