खुला नाकाले अपराधी भित्रिन र फुत्कन सजिलो
खुला नाकाकै कारण भारतीय अपराधीक गिरोहका व्यक्ति सजिलै नेपाल प्रवेश पाएर अपारधिक घटना घटाएको पाइएको छ ।
जितपुरका व्यवसायी अफताब अन्सारी, तत्कालीन सभासद उम्मेदवार महमुद आलमको हत्या खुला नाकाकै कारण सहजरुपले भएको सुरक्षा निकायको ठम्याई छ ।
अन्सारीको हत्याराद्वय भारत उत्तर प्रदेश आर्चपुरम सपना कोलनी सेक्टर सी लखनउ बस्ने २९ वर्षीय वीपिन यादव भन्ने महमद फरहद र भारत उत्तर प्रदेश जोनपुर किरातन गाउँ निवासी ३५ वर्षीय रवी पाण्डेय प्रहरी बहादुरीकै कारण पक्राउ परेका थिए ।
खुला नाकाकै फाइदा उठाउदै सजिलै नेपाल भित्रिएर अपराध गर्न भारतीय अपराधीलाई सहज भएको यो घटनाले पुष्टी गरेको छ । यसअघि महमुद आलमको हत्या गरेका हत्यारालाई खुला नाकाकै कारण भित्रन र फुत्कन सहज भएको थियो ।
अन्सारीको हत्यारा पनि फुत्कने तरखरमा पुगिसकेका थिए तर उनीहरु अत्तालिएर बाटो बिराएका कारण प्रहरी फन्दामा एक सुरक्षा अधिकृतले बताए ।
प्रहरीको सम्वेदनशीलताका दुई भारतीय सुटरहरु पक्राउ परेको नारायणी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले दाबी गरे ।
'सर्वसाधारण, व्यपारी, नेता पृष्ठभूमि भएको व्यक्तिको हत्या भएको भनिए पनि हत्या भएकाहरुको पृष्ठभूमि अनुसन्धान गर्दै जादा राम्रो पाइएको छैन्', वरिष्ठ उपरीक्षक खनालले भने,' अन्सारी विशुद्ध व्यपारी मात्र थिएनन् ।'
सीमा सुरक्षाको लागि खटेको सशस्त्र प्रहरी तथा स्थानीय प्रहरी चौकीमा खटेका सुरक्षाकर्मीले अर्थिक प्रलोभनमा परी भित्रिने व्यक्ति तथा माल समानको जाँच नगर्दा सुरक्षा चुनौती जटिल बन्दै गएको कलैया निवासी औषधी व्यवसायी पन्नालल यादवको ठम्याई छ ।
थुप्रै नेपाली तथा भारतीय नागरिकको दैनिक जीवन नै सीमा वारपार गरेर चल्ने गरेकोले प्रहरीले कडाई गर्न नसकेको उनको भनाई छ ।
भारतसँगको खुला सिमानाका कारण बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, चितवन, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर जिल्ला सुरक्षाका दृष्टिकोणले संबेदनशील मानिन्छ ।
सुरक्षाका लागि खटिएका प्रहरी जवानले प्रभावकारी खानतलासी नै नगरीदिँदास सुरक्षा चुनौती बढेको मटिअर्वा स्थित भन्सार नाका नजिकै व्यवसाय गर्दै आएका जितेन्द्र साहले बताए ।
'खुला सिमानका कारण मानिसहरु यहाँ विनारोकटोक आवतजावत् गर्छन', उनले भने,'यहाँ बोर्डर सुरक्षा राम्रो भइदिएको भए कुनै डर हुँदैनथ्यो ।'
प्रहरीले साना व्यपारी तथा सर्वसाधारणलाई दुख दिने गरेको र ठूला व्यापारी तथा पैसा भएकाहरुलाई रकम लिएर छोडिदिने गरेको स्थानीय आरोप छ ।
सुरक्षाकर्मीले सीमा पारीवाट आउने सर्वसाधारणसँग गैरकानुनी ढंगले पैसा असुल्ने गरेको बीरगंज भन्सार नजिकै घर भएका स्थानीय अकलु यादवको कथन छ ।
भन्सार नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्छ । सीमामा सशस्त्र तथा नेपाल प्रहरीले क्याम्प नै खडा गरेर सुरक्षा दिई रहेका छन ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता
