रक्सी खाएर सुतेका छोराको मृत्यु, बाबु गम्भीर

तनहु, पुस २१ - व्यास ४ फराकचौरमा शनिबार राति रक्सी सेवन गरी सुतेका बाबुछोरा मध्ये २३ वर्षीय छोरा मधुसुदन जैसीको सुतेकै अवस्थामा मृत्यु भएको छ । उनका ५० वर्षीय बाबु रामप्रसाद गम्भीर बिरामी भएका छन् ।
खलंगा ३ प्युठान घर भएका उनीहरु शनिबार राति अत्याधिक मदिरा सेवन गरी सुतेका  स्थानीयले बताएका छन् । व्यास ४ फराकचौर स्थित ईट्टा भट्टामा मजदुरी गर्न उनीहरु एक महिना अघि आएका थिए । मृतक मधुसुदनको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।
आईतबार विहान करिव ३ बजे आवाज सुनेपछि सुतेको स्थानमा गएर हेर्दा मधुसुदनको मृत्यु भई सकेको र बिरामी बाबु रामप्रसादलाई तत्कालै पोखरा पठाईएको ईट्टा भट्टा संचालक ३२ बषर्ीय सुरज रानामगरले बताए । भट्टाका अर्का मजदुर रामबहादुर कुमालले रामप्रसादलाई पोखरा लिएर गएका छन् ।
प्रहरी निरीक्षक रेशमबहादुर श्रेष्ठले अध्याधिक मदिरा सेवन र बढी जाडोका कारण  छोराको मृत्यु र बावु बिरामी भएको हुन सक्ने बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता