पाकिस्तानी फर्मुलामा पानीले चल्ने भयो कार

पाकिस्तानी फर्मुलामा पानीले चल्ने भयो कार
pakistani panicar श्रावण  १३ , सबकोखबर
एजेन्सी ,पाकिस्तानका एक इन्जिनियरले अनौठो  कार  तयार परेका छन  जो पेट्रोलले होइन् पानीले चल्द्छ। उनले बनाएको कारले हेर्नेहरु सबैलाई अचम्मित पारिदिएको छ।पाकिस्तानका इन्जिनियर वकार अहमदले राजधानी इस्लामावादमा बिहिवार सांसद, वैज्ञानिक र विद्यार्थीहरुको अगाडी आफुले बनाएको पानीबाट चल्ने कार प्रदर्शन गरेका थिए ।
वकारले इन्धनको रुपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएका थिए ।उनले पेट्रोलको ठाँउमा पानी प्रयोग गर्दे गाडी चलाएपछि प्रत्यक्षदर्शीहरु अचम्मित भएका थिए ।
इन्जिनियर वकारका अनुसार १००० सिसिको कार एक लिटर पानीले ४० किलोमिटर कुद्न सक्दछ भने मोटरसाइकल १ लिटर पानीले १५० किलोमिटर चल्न सक्दछ ।
पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले पनि वकारको परियोजनालाई विशेष महत्व दिएका छन। साथै पाकिस्तान सरकारले वकारलाई सुरक्षासहित उनको पानीबाट चल्ने कार बनाउने फर्मुलालाई सुरक्षित राख्ने बताएको छ।
- See more at: http://sabkokhabar.com/2012/07/10532/#sthash.bgxui22u.dpuf

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता