प्राडा केसीमाथि नै कारबाही हुन्छः उपकुलपति

प्राडा केसीमाथि नै कारबाही हुन्छः उपकुलपति
त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले अनशनरत प्राडा गोविन्द केसीलाई नै कारबाही गरिने चेतावनी दिएका छन् ।

बिहीबार , १ फागुन २०७० ७:१० पम
त्रिविका उपकुलपति महर्जनले नियम विपरित काम गरेकोले अनशनरत केसीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लबले १ फागुनमा राजधानीमा गरेको कार्यक्रममा उनले अनशनको समस्या हल भए पछि नियम विपरित काम गरेका केसीमाथि अनुसनधान गरेर कारबाही हुने बताए ।

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब ।
उनले तत्कालै अनशन फिर्ता लिन केसीलाई भनेका छन् । उनले भने, “अनशनले विद्यार्थी, शिक्षक र बिरामीलाई अप्ठ्यारो परिरहेको छ ।” उनले केसीको सबै माग पूरा गरेको पनि दावी गरे ।
केसीलाई अनशन बसेको ठाउँबाट हटाएर सेवा संचालन गर्ने जिम्मेवारी सरकार र प्रहरीको भएको उनको भनाइ छ । उनले त्रिविले गरेको निर्णयमा शिक्षण अस्पतालमा मात्र समस्या आउने गरेको बताए ।
उनले सर्च कमिटीको सिफारिस अनुसार नै त्रिवि कार्यकारी परिषदले अरु ईन्स्टीच्यूट र फ्याकल्टीमा डिन नियुक्ति गर्दा कुनै विवाद नआउने दावी गरे । “तर, नियुक्तिको विषयमा टिचिङमा चाँही अनशन बस्ने काम उपयुक्त होइन,” उनले भने ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता