पोखराका सडकमा युरो तीन मोडेलका गाडी
पोखरा : पोखराका सडकमा अब युरो तीन मोडेलका गाडी चल्ने भएका छन्। पोखरा बस व्यवसायी समितिले पहिलो चरणमा वातावरण मैत्री युरो तीन मोडेलका १७ वटा बस चलाउने भएको हो। समितिका अध्यक्ष महाप्रसाद सुवेदीका अनुसार सञ्चालनको तयारीमा रहेका बसमा जीपीएस, सीसीटीभी र एलसीडी टीभी जडान गरिएको छ। जीपीएस जडान भएपछि बस कुन ठाउँबाट कहाँ आउँदैछ भन्ने थाहा हुन्छ।
पुराना सवारीसाधन क्रमैसँग विस्थापन गरी नयाँ गाडी सञ्चालन गर्ने योजनाअनुसार पहिलो चरणमा १७ वटा बस सञ्चालन हुने समितिका अध्यक्ष सुवेदीले जानकारी दिए। 'मास ट्रान्सपोर्ट' प्रणालीलाई अवलम्बन गर्दै ३० सिटे गाडी पोखरामा भित्र्याइएको हो ।
यी नयाँ गाडी निश्चित रुटमा चल्नेछन्, तोकिएका निश्चित स्थानमा मात्र रोकिनेछन। बस बिहान ५ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गरिने सुवेदीले बताए। उनले भने, 'सवारीचालक पूर्ण प्रशिक्षित, अनुशासित, मृदुभाषी र नम्र व्यवहार गर्ने हुनेछन्। कार्यावधिभर समितिले तोकेको पोसाक लगाएर सेवामा खटिनेछन्।' यी गाडीमा यात्रुको सुरक्षानिम्ति हाइड्रोलिक्स ढोका जडान गरिएको छ, जुन निश्चित बिसौनीमा झर्दा र चढ्दामात्र खुल्छ। मंगलबारदेखि यी बस पोखराका सडकमा गुड्नेछन।
वातावरणमैत्री गाडीको रङ हरियो छ। यसबाट यात्रुले सार्वजनिक यातायात भनेर सजिलै चिन्नेछन्। पहिचान गर्न अझै सजिलो होस् भनी गाडीमा पहेंलो स्ट्रिप र अगाडि-पछाडि क्रमश: पोखरा नगर बस र सिटी बस लेखिएको सुवेदीले जानकारी दिए।
पर्यटकको प्रमुख गन्तव्य बन्न थालेको पोखरा सहरको सार्वजनिक यातायात सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउने समितिले जनाएको छ। पर्यावरणीय अनुकूलका गाडीबाट सेवा दिने उद्देश्यले पोखरा बस व्यवसाय समितिले पुराना हटाएर नयाँ ल्याउने गरी 'तेस्रो विस्थापन नियमावली-२०७०' बनाई कार्यान्वयन गर्न लागेको सुवेदीले बताए।
पहिलो चरणमा २००० र २००१ मोडेलका १७ वटा गाडी विस्थापन गरिनेछन्। उनका अनुसार आगामी दुई वर्षभित्रमा पोखराबाट १५ वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाइनेछ। पुराना गाडी हटाउने व्यवसायीले नयाँ गाडी राख्न पाउने र व्यवसाय गर्न नचाहनेले तीन लाख रु पैयाँ क्षतिपूर्ति पाउनेछन्।
समितिले जम्मा एक सय ५१ वटा बसबाट दैनिक प्रतिबस एक सय पाँच विस्थापन शुल्क उठाउने गरेको छ। त्यही शुल्कबाट क्षतिपूर्ति व्यवस्थापन हुनेछ। पोखरामा पुराना बस हटाउन समितिले २०५७ सालमा पहिलोपटक साहसिक निर्णय गरेको थियो। यसअन्तर्गत पुराना गाडीलाई हटाएर एउटै रङ र पहिचानका २२ सिटे बस राखिएको थियो।
यसैबीच नयाँ बस सञ्चालनका लागि मजदुरलाई प्रशिक्षण दिइएको छ। नयाँ गाडीका मजदुरलाई जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले तालिम दिएका थिए। समितिका नीतिनियम र नयाँ गाडी सञ्चालनसम्बन्धी विषयमा सल्लाहकार क्षेत्रबहादुर रानाले सहजीकरण गरेका थिए।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता