भोको बसेर होइन, सन्तुलित आहारबाट शरीरको तौल घटाउनुस्
=========================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
============
शहरी जीवनशैलीले गर्दा तौल बढिरहेको छ र यसले स्वभाविकरुपमा मानिसहरुलाई कसरी तौल घटाउने भन्ने चिन्तामा पारिरहेको छ ।
तौल घटाउने उपायस्वरुप धेरै मानिसहरु भोकै बस्ने गरेका छन् । तर, हालै सार्वजनिक भएको एक अध्ययनले भोको बस्दैमा तौल नघट्ने निष्र्कष निकालेको छ ।
अध्ययनहरुका अनुसार धेरै पटक तर थोरै–थोरै खोनेहरुभन्दा ब्रेकफास्ट नखाने वा कम खाने मानिसहरु धेरै मोटो हुन्छन् ।
चिकित्सकहरुका अनुसार मानिसहरु भोकै बसेर खाँदा आवश्यकताभन्दा बढी खान्छन् । पटक–पटक तर, थोरै खानाले शरीरलाई आवश्यक पर्ने इजर्नी पुग्छ । तर, यसरी खाँदा पनि फ्याट तथा क्यालोरी कम भएका खानेकुरा खानुपर्छ ।
वजन घटाउनका लागि मानिसहरु कहिले काहीँ हाइ प्रोटिन र लो काबोहाइट लिन्छन्, जव कि हामीले सँधै ब्यालेन्स डाइट लिनु पर्ने हुन्छ । जसमा कार्बोहाइट, प्रोटिन, फ्याट, मिनिरल्स आदि सही मात्रमा हुनुपर्छ । हाइ प्रोटिन भएको बस्तुहरु मासु, अण्डा, दाल मात्र खानु राम्रो होइन ।
यदि खानामा अन्नसँगै फल र सब्जी नहुने हो भने फाइबर कम हुन्छ र कब्जियतको समस्या आउनसक्छ । लो कार्बोहाइड्रेट र हाइ प्रोटिनले थकान समेत सहसुस हुन्छ ।
यो पनि गलत हो कि वजन कम गर्न डेरी प्रोडक्टहरु खान पूर्ण रुपमा बन्द गर्नुपर्छ । यसले शरिरलाई प्रोटिन दिन्छ, जसले शरीरमा हुने टुटफुटलाई रिपेयर गर्न समत गर्छ । यो पाचनमा पनि सहयोगी हुन्छ । दुधमा क्याल्सियम हुन्छ र यसले हड्डी मजबूत बनाउँछ । यदि तौल कम गर्नुछ भने फुल क्रिमको सट्टा फ्याट फ्रि दुध पिउन सकिन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
भोको बसेर होइन, सन्तुलित आहारबाट शरीरको तौल घटाउनुस्

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता