भोली प्रणय दिवस याने कि भ्यालेन्टाइन डे रे !!! युवायुवतीहरु यस दिनमा प्रेम साटासाट गर्छन रे ....... प्रेम प्रस्ताव राख्छन रे ...... तर मेरो भने आज देखी नै मन निराश छ !!! प्रिया...... मसंग देखावटीको लागि तिमीलाई महँगो उपहार दिने सामर्थ छैन । माफ गर प्रिया.... तिम्रो खुसीको लागि आफ्नो हैसियतलाई लत्याएर झिलिमिलि र रमझमको संसारमा लैजान पनि सक्दिन म । म त खुल्ला आकाशमुनि तिमीलाई प्रेम गर्न चाहन्छु र प्रेमले नै तिम्रा हात र गुलाबी ओठ चुम्न चाहन्छु । यदि तिमि मसंग खुसी हुन्छौ भने दिल खोलेर निर्धक्क भई आऊ । म लैजान्छु तिमीलाई यो रमिते बस्तीबाट टाढा प्रकृतिको काखमा , जहाँ तिमी र म मात्रै हुनेछौ र त्यहाँ हाम्रो मायाको संसारै संसार मात्र हुनेछ । आफु जवान हुँदा यो भन्ने दिन कहिल्यै आएन वा कसैले सम्झाएन, सम्झे पनि कसैसँग बोल्ने हिम्मत गरिएन । । समाजले के भन्ला ??? ठुलो डर थियो । जव प्रेमलाई बुझ्न थालियो ...त्यतिबेला समय गैसकेको रहेछ ! मनले भन्छ, कसैलाई आइ लभ यु भनिदिउँ, जे पर्ला पर्ला । । फेरी झस्कन्छु, होईन यसो गर्न तँलाई समयले रोकिसक्यो, परिवेशले छेकिसक्यो । । ए बाबा प्रणय दिवस हामी विवाहितहरुको लागी छैन कि कसो ? ? जे होला होला हिम्मतका साथ एउटी लाई भोली बिहानै आइ लभ यु नभनि छाड्दिन !! जो सुकैले जेसुकै भनोस ......... आइ लभ यु..

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता