मेक्सिकोमा फेसबुकसहितका नाम राख्न प्रतिबन्ध

मेक्सिकोको सोनोरा राज्यमा आमाबाबुले आफ्ना बालबच्चाहरूलाई फेसबुक, प्यान्टिज, राम्बो, लैडी डी जस्ता ५९ वटा शब्दहरूबाट नाम राख्न प्रतिबन्ध लगाइएको छ ।
Facebook
सोनोरा राज्यको नागरिक दर्ता विभागका निर्देशिका क्रिस्टिना रमिरेजले मेक्सिकन संस्कृति र राष्ट्रिय पहिचान दिन नसक्ने अप्ठयारा शब्दहरूबाट नागरिकका सन्तानको नामाकरण गर्न नदिइने बताइन् ।
मेक्सिकोमा नवजात बालबच्चाहरूको विकृत नामबाट नामाकरण गरिने चलन बढेपछि यसलाई नियन्त्रण गर्न खोजिएको हो । नाम राख्न प्रतिबन्ध लगाइने शब्दहरूको सङ्ख्या अझै बढ्ने जनाउँदै एक सय ३२ नवजात शिशुहरूको दर्ता नाम के राखिएको हो यसबारे अनुसन्धान सुरु गरिने बताइएको छ ।
अर्थ नखुल्ने र अप्रतिष्ठानजनक शब्दले बालबच्चाको नामाकरण गर्दा समाजमा नकारात्मक सन्देश गएकाले यसलाई रोक्न यो निर्णय लिइएको निर्देशिका क्रिस्टिनाले बताइन् । एजेन्सीबाट

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता