पोखाराबाट १८ जनासहित उँडेको जहाज अर्घाखाँचीमा दुर्घटना
अर्घाखाँची, ४ फागुन ।(अपडेट)पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी जहाज अर्घाखाँची जिल्लामा दुर्घटना भएको आशंका गरिएको छ । पोखराथोक प्रहरी चौकीका प्रहरी हवल्दार राजाराम चौधरीका अनुसार अहिलेसम्म विमान नभेटिएको बताएका छन् । आसपासका खिदीम, पोखराथोक लगायत चारवटा गाविसहरु तथा जंगल क्षेत्रमा सर्च गरिहेको भएपनि अहिले सम्म विमान फेला पर्न सकेको छैन र अहिले खोजी कार्यलाई तिब्र पारेको चौधरीले बताए ।
अर्घाखाँची, ४ फागुन । (अपडेट)अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भएको फेला परेको छ । पोखराबाट सशस्त्र एसएसपी दुर्गाबहादुर कुवँरका अनुसार भैरहवा विमानस्थलमा १:१३ मा अन्तिम सम्पर्क भएको जहाजलाई अहिले प्रारम्भिक उद्धार गर्न सुरक्षाकर्मी खटिसकेका छन् । अर्घाखाँचीका सिडियो कमलराज ढकाललाई सन्धिखर्कबाट उद्धारका लागि निर्देशन दिइसकेकफ पर्यटन सचिव सुशील घिमिरेले जानकारी दिए।
काठमाडौं, ४ फागुन ।पोखराबाट जुम्लाका लागि उडेको नेपाल एयर लाइन्सको विमान बेपत्ता भएको छ । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको ९ बीबी विमान बेपत्ता भएको हो । पोखराबाट जुम्लाका लागि १२:४३ मा उडेको विमान जुम्ला नपुगेपछि खोजी भइरहेको छ। विमानमा एक बच्चासहित १५ जना यात्रु र चालक दलका तीन सदस्यसहित १८ जना रहेका छन् । यात्रुमध्ये एक जना विदेशी रहेको बताइएको छ ।
विमानमा मुख्य पाइलट शंकर श्रेष्ठ, को पाइलट रविन्द्र बन्जारा र विमान परिचारिका मुना महर्जन रहेको बताइएको छ। अर्घाखाँचीको खारा भन्ने स्थानबाट भैरहवा टावरसँग सम्पर्क भएको बुझिएको छ। नेपालगञ्जबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीमा पठाइएको छ।
अर्घाखाँचीको फिदिम पोखराथोकमा ठुलो आवाज आएको बताइएको छ । घटना सार्वजनिक भएपछि अर्घाखाँचीबाट प्रहरी परिचालन गरिएको बताइएको छ।
यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज
नेपाल वायुसेवा निगमको पोखराबाट जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजका पाइलट शंकर श्रेष्ठ करिब ४५ वर्षका थिए। निगमका अनुभवी चालक श्रेष्ठको स्थायी घर हेटौडा हो। उनी ललितपुर सानेपामा बस्छन्। कोपाइलट रवीन्द्र बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन्।
काठमाडौँकी एयरहोस्टेज मुना महर्जन केही वर्षदेखि निगममा कार्यरत छिन्। विमानमा एक सैनिक मेजर पनि यात्रारत थिए। दुर्घटनामा परेको नाइन एनएबीबी विमान ४२ वर्षदेखि निगमको उडान भर्दै आएको थियो।
विस्तृत विवरण आउन बाँकी छ

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता