र्इजरायलबाट १० करेाडकेा परेापकारी केाषका लागी ५० लाख हस्तान्तरण

पुष्प श्रेष्ठ तेलअभिव ईजरायल
फागुण ४ : बैदेशिक रोजगारीका लागी ईजरायलमा कार्यरत नेपालीहरुबाट हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको नेपालको लागी नेपालीले केही गरौ अभियान अनर्तगत रु १० करोडको परोपकारी अक्षय कोषका लागी ५० लाख रुपैया हस्ताण्तरण गरेको छ ।

गत १ सेप्टेम्बर २०१३ बाट सञ्चालन गरेको अभियान फेबुअरी १५ सम्म आईपुग्दा सनराईज बैकमा खोलीएको खातामा ५० लाख सँकलन भएको हेल्प नेपाल नेर्टवर्क ईजरायलले जनाएको छ । स्वोईच्छीक चन्दाको रुपमा सँकलन गरी नेपालका लागी नेपालीबाट नै केही गरौ अभियानमा मध्य पुर्व ईजरायलमा कार्यरत करिब ५ हजार नेपालीहरु मध्ये करिब ८०० जनाले सहभागीता जनाएको थियो । सँकलीत रकम गत शुक्रबार ईजरायलका लागी नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईज्युकेा बाहुलीबाट हेल्प नेपाल नेर्टर्वकका सस्थापक तथा बिबिसि नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्रलाई एक बिषेश कार्यक्रम सहित चेक हस्तान्तरण गरेको हो ।

एक लाख भन्दा माथी रकम हस्तान्तरण गर्ने सहयेागी मन तुलाराम बढाल र मिना कुमारी सँगैाला
कार्यक्रममा अभियान्ता मिश्रले थोरै नेपाली रहेर पनि ईजरायलबाट ५० लाख सँकलन हुनु भनेको एक उदाहरणीय कार्यभएको भन्दै ईजरायलबासी नेपालीहरुलाई धन्यवाद दिनु भयो । हाल सम्म हेल्प नेपाल नेटवर्कको १० करोडको परोपकारी अक्षय कोषमा ४ करोड ७० लाख रुपैया बिदेशमा बस्ने नेपाली र नेपाल भित्रै रहेका नेपालीबाट सँकलन भई सकेको छ भने नेर्टवर्कले ५० वटा बिद्मालय ४० वटा पुस्तकालय बनेपामा एउटा बाल आश्रम मुगु र अछाममा हेल्थ पोष्ट स्थापना गरि सकेको छ भने सितलहर लगाएत आपत कालिन अवस्थामा परेको पिडितहरलाई सहयोग उपलब्ध गराई रहेको बताउनु भयो । तेलअभिवको हर्चियोनमार्ग को ३ नम्बर भवनमा साझ साढे ७ बजेबाट शुरु भएको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत प्रसाईले परोपकारीकोषका लागी ईजरायलमा कार्यरत नेपालीहरुको अग्रसरताबाट ५० लाख सँकलन गरी हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताउदै सन १९९९ बाट हेल्प नेपाल नेटवर्क ले एक पाउन्डबाट शुरु गरेको यो अभियानले १३ बर्षको अबधीमा ४ करोढ ७० लाख र ईजरायलबाट प्रदान गरिएको ५० लाख गरि ५ करोढ २० लाख सँकलन भै सकेको सुन्न पाउदा आफु गर्वित भएको बताउनु भएको उहाले यस महान अभियानमा सहभागी हुने ईजरयाल लगाएत बिश्व भरका नेपालीलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा १०० डलर भन्दा माथी सहयोग गर्ने सहयोगी मन लाई हेल्प नेपाल नेटवर्क ईजरायलले प्रमाण पत्र उपलब्ध गराएको थियो भने नृत्यकार देवकी ढकाल ले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिर्इन् । हेल्प नेपाल नेटवर्क ईजरायलले करिब ६ महिना २० दिन सन्चालन गरेको १० करोडको परोपकारी अक्षयकोषका लागी सहयोग अभियान अगामी दिनमा हेल्प नेपाल नेटवर्क तर्दथ समिती ईजरायल मार्फत यसले निरन्तरता पाउने हेल्प नेपाल नेटवर्क ईजरायलले जनाएको छ । नेटवर्कको तर्फबाट ईजरायलबासी सहयागीमनहरुलाई अभियानमा सहभागी भै दिनु भएकोमा धन्यवाद दिदै आगामी दिनमा पनी ईजरायलबासी नेपाली दाजुभाई दिदी बैनीलाई यो महान अभियानमा जुटन आग्रह समेत गरेको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता