गजल

यति धेरै भावनामा डुबेको हुन्छु म
नदीको सतह भन्दा मुनि पुगेको हुन्छु म

भन्छौ होला पागल झैँ यो रुन्छ सधैँ
लक्ष्य बाट पटक-पटक चुकेको हुन्छु म

छता-छुल्ला भता-भुङ्ग हुन्छ जहिल्यै
जे-जे खुसीहरू साँची रहेको हुन्छु म

कति पीडा हुन्छ मलाई त्यो बखतमा
जब सपना र मेरो नाता तोडेको हुन्छु म

आफ्ना-सपना सबै टुट्दा-छुट्दा म बाट
सिर्फ एक्लै हुन्छु अनि रोएको हुन्छु म s.अ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता