गजल
मलाई छाडेर तिमी, अर्कै सङग धाएपछी!दिनमा निद्रा आउदैन, रातभर निदाएपछी!
अतितको मायाको, न्यानो स्पर्षले मलाई
जाडो हुदैन, दुईबटा ज्याकेट लगाएपछी!
तिमीलाई गुमाएदेखी, यस्तो पो भएछु मत
आफु रुनमन लाग्छ, अरुलाई हसाएपछी!
आमा भन्नुहुन्छ, अझै खाउ न बाबु खाउ
खानै मन लाग्दैन, दुई थाली बजाएपछी!
मेहनतगरी जे खाएपनी, ज्यान लाग्दो रैछ
पचासबाट असी पुगियो, धोका खाएपछी!
मत मुसामार्ने बिष किनेको तर फालिदिए
तिम्रो बैनिले, म छु भन्दै रुदै सम्झाएपछी!
मत सोच्दैथिए केहीबर्ष"कुमारै"बस्छु भनी
उठाईदिए तिम्रै बैनी, अँगालोमा आएपछी!!

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता