आर्थिक सहायताका नाममा रेग्मी सरकारले बाँड्यो ६ करोड २०७० फागुन ३ गते ७:५२ मा प्रकाशित

Photo: आर्थिक सहायताका नाममा रेग्मी सरकारले बाँड्यो ६ करोड
२०७० फागुन ३ गते ७:५२ मा प्रकाशित

३ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले ६ महिनामा करिब ६ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । सरकारले औषधोपचार, क्षतिपूर्ति र आर्थिक सहायता उपलब्ध गराएको हो ।

रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षको माघसम्ममा ६ करोड दुई लाख ४१ हजार चार सय ५६ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश रामकुमारप्रसाद साहका लागि मात्र स्वास्थ्योपचारका लागि करिब ८० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

आर्थिक सहायता लिनेमा सर्वसाधारणभन्दा पनि अधिकांश पहुँचवाला नै छन् । अर्थ मन्त्रालयले सार्जजनिक गरेको विवरणअनुसार आर्थिक सहायता लिनेमा सर्वोच्च अदालतका न्यायाधीशसहित धार्मिक संगठन, गैरसरकारी संस्था, सरकारी कर्मचारी, कर्मचारीका श्रीमतीलगायत छन् ।

आर्थिक सहायताका नाममा राज्यको ठूलो धनराशि वितरण भएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘आर्थिक सहायता उपलब्ध गराउन ठूलो दबाब आउँछ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार हुँदा त यति धेरै रकम वितरण भएको छ भने दलीय सरकारले त अब के गर्ने हो ?’

सरकारले सबैभन्दा बढी आर्थिक सहायता सर्वोच्च अदालतका न्यायाधीश साहलाई उपलब्ध गराएको छ । थाइल्याण्डको बैंककमा भएको एक सेमिनारमा जाँदा मस्तिष्कघात भएका साहलाई सरकारले उपचार खर्चवापत ७९ लाख ६६ हजार ४८ रुपैयाँ दिएको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै भरतमणि जंगमलाई ३ लाख, अन्तर्राष्ट्रिय दलित विकास मञ्चलाई ५ लाख ४० हजार, सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्चलाई ३१ लाख, जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलपमेन्टलाई १५ लाख लगायतका दरले रकम वितरण गरेको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता