पूर्वरानीको जन्मोत्सव मनाउन डेढ दर्जनको टोली लिएर ज्ञानेन्द्र शिवपुरी जाने

Photo: पूर्वरानीको जन्मोत्सव मनाउन डेढ दर्जनको टोली लिएर ज्ञानेन्द्र शिवपुरी जाने
२०७० फागुन ३ गते ७:३८ मा प्रकाशित

३ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र सपरिवार करिब डेढ साता बसाइका लागि शिवपुरी जाने भएका छन् । पूर्वरानी कोमलको ६४ औं जन्मोत्सव मनाउन उनको परिवार शिवपुरी जान लागेको हो ।

बुहारी हिमानी, तीन नातिनातिना, सुसारे र अन्य गरी करिब डेढ दजर्नको टोली शिवपुरीमा बस्न जान लागेको हो । ‘गत वर्ष सिमरामा जन्मोत्सव मनाएकी पूर्वरानी कोमलले यो वर्ष शिवपुरीमा मनाउन लागेकी हुन्,’ उनी निकट स्रोतले बताएको नेपाल समाचारपत्रमा खबर छ ।

कोमलको जन्मदिन नेपालमा प्रजातन्त्र आएको दिन फागुन ७ मा पर्छ । शिवपुरीमा रहेको सामान्य घरमा पूर्वराजा सपरिवार बस्न लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्रको परिवार फागुन ५ गते शिवपुरीतर्फ जान लागेको छ ।

एकान्त र रमणीय वातावरणमा जन्मोत्सव मनाउने इच्छा भएकाले पूर्वराजा ज्ञानेन्द्रले आफ्नी श्रीमतीको जन्मोत्सव शिवपुरी जंगलमा मनाउन लागेका हुन् । जन्मोत्सवमा शुभकामना दिन चाहनेले यो वर्ष शिवपुरीमै जानुपर्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ । करिब १० दिन उतैतिर बस्ने व्यवस्थासहित पूर्वराजाको परिवार शिवपुरी जान लागेको हो ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता