राजधानीमा अर्बौको बिहे, विश्वका धनी र भारतीय मन्त्री विमान चार्टर गरेर आए ===

६ फागुन, काठमाडौं ।
राजधानीका तारे होटेलमा अर्बौ रुपैयाँ खर्चेर भारतीय धनाढ्यको बिहे हुँदैछ । बिहीबारसम्म जारी रहने विवाहमा भारतीय मन्त्रीसहित एक हजार पाहुना आइसकेका छन् ।
भारतीय व्यापारी विवेक र सुमेधा सराबगीका छोरा करण र हायात होटेलका मालिक राधेश्याम सराफकी नातिनी (अरुणकुमारकी छोरी) तनासाको विवाहका लागि बिहीबारसम्म राजधानीका अधिकांश तारे होटल बुकिङ भइसकेका छन् ।
पाहुनाका रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशकुमार यादव, सिँचाइमन्त्री शिवपालसिंह यादव, जेलमन्त्री राजेन्द्र चौधरी, विधानसभाका सभामुख माताप्रसाद पाण्डे र धनाढ्य लक्ष्मीनाथ मित्तल जहाज चार्टर गरेर सोमबार काठमाडौं आएका छन् । विवाह कार्यक्रममा सहभागी हुन भारतीय कलाकार, पत्रकार, समाजसेवीलगायतको टोलीसमेत आइसकेको छ ।
याक एण्ड यती होटेलमा भारतीय परम्पराअनुसार सोमबार तिलक कार्यक्रम सम्पन्न भएको छ । बिहेमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला, पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजनीतिज्ञ तथा पत्रकारसहित विशिष्ट व्यक्तिहरुलाई निम्ता गरिएको अन्नपूर्ण र कारोबार दैनिकमा खबर छ । होटेल व्यवस्थापनले विमानस्थल अध्यागमन कार्यालयलाई भारतबाट आउने पाहुनालाई सहयोगको आग्रह गर्दै पत्रसमेत पठाएको छ ।
याक यन्ड यती होटेलमा मंगलबार विवाहको मुख्य कार्यक्रम भए पनि हायात, र्‍याडिसन, अन्नपूर्णलगायतका होटेल पाहुनाका लागि सजिइसकेका छन् । पाहुनालाई मनोरञ्जन प्रदान गर्न मुजरा र डिस्कोको छुट्टै व्यवस्था गरिएको छ । नर्तकीहरुसमेत भारत र पाकिस्तानबाट आएका छन् । विवाह समारोह सजाउनका लागि भारत र हल्यान्डबाट फूल झिकाइएको छ । मण्डप सजाउन मात्रै एक करोडको फूल प्रयोग गरिएको जानकारी होटल स्रोतले दिएको छ । विवाह मण्डप सजाउन भारतीय र जापानी डिजाइनर खटेका छन् । विवाहको पूरै कार्यक्रमको व्यवस्थापन जिम्मेवारी विदेशी कम्पनीलाई दिइएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता