पूर्वराजा र करण सिंहबीच भेटबार्ता =

काठमाडौं, फागुन ६
नेपाल भ्रमणमा आएका भारतीय नेता करण सिंहले यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । पूर्वराजा शाहसँग गोप्य भेटवार्ता गरेका सिंह आइतबार नै स्वदेश फर्किसकेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालासँगको औपचारिक भेटपछि सिंह निर्मलनिवास पुगेका थिए । त्यहाँ करिब एक घन्टा कुराकानी गरेका सिंह त्यसपछि सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । स्रोतका अनुसार, भेटमा राजतन्त्रको विघटन भएयतादेखिका राजनीतिक परिस्थितिबारे कुराकानी भएको थियो । दुवैले सहयोगीबिना कुराकानी गरेका थिए । स्रोतका अनुसार सिंहसितको कुराकानीमा पूर्वराजा ज्ञानेन्द्रले हिन्दूधर्मबारे बढी चिन्ता व्यक्त गरेका थिए । हिन्दूराष्ट्रको पुनस्थापना हुनुपर्नेमा उनको जोड थियो । भारतको राज्यसभा सदस्यसमेत रहेका सिंहले पनि नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापना हुनुपर्ने धारणा राख्दै आएका छन् भनेर आजको नयाँ पत्रिका दैनिकमा यो खवर छापिएको खवर

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता