पदभार ग्रहण गर्दै सभामुखले भने- स्वामित्व ग्रहणका लागि पहल गर्छु 'पहिलेजस्तो हुँदैन, समयमै संविधान बन्छ'

Photo: पदभार ग्रहण गर्दै सभामुखले भने- स्वामित्व ग्रहणका लागि पहल गर्छु
'पहिलेजस्तो हुँदैन, समयमै संविधान बन्छ'
२०७० फागुन ७ गते १५:१४ मा प्रकाशित
७ फागुन, काठमाडौं । नवनिर्वाचित सभामुख सुवासचन्द्र नेम्वाङले अघिल्लो संविधानसभाले गरेका सहमतिलाई स्वामित्व ग्रहणका लागि पहल गर्ने बताएका छन् ।बुधबार राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरिसकेपछि सिंहदरबारमा पदभार ग्रहण गर्दै नेम्वाङले धेरै विषयमा अघिल्लो संविधानसभामा सहमति जुटिसकेकाले त्यसलाई स्वामित्व ग्रहण गरेर संविधान लेखनको काममा अघि बढ्नु पर्ने वताएका हुन् ।
पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै नेम्वाङले एक वर्षभित्र नयाँ संविधान जारी गर्न आफूले सक्दो पहल गर्ने समेत प्रतिवद्धता जनाए । नेम्वाङले एक वर्षभित्र संविधान जारी गर्न दलहरु मिल्नुको विकल्प नरहेको बताए । नवनिर्वाचित नेम्वाङले औपचारिकरुपमा बुधबारदेखि नै पदभार ग्रहण गरेका छन् । बुधबार दिउँसो सिंहदरवारदस्थित सभामुखको कार्यालय पुगेर नेम्वाङ पदभार ग्रहण गरेका हुन् ।
शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादव समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै नेम्वाङ सिहंदरबार पुगेका थिए । पहिलो संविधानसभामा समेत सभासध्यक्ष चलाइसकेका नेम्वाङ मंगलबार संविधानसभाबाट सभामुख पदमा निर्वारोध निर्वाचित भएका हुन् । अघिल्लो संविधानसभामा कमाण्ड सम्हाल्न नसकेको आरोप खेपेका नेम्वाङले पदभार ग्रहणका क्रममा अब पहिलेको संविधानसभामा जस्तो नहुने र तोकिएकै समयमा संविधान बन्ने विश्वाससमेत व्यक्त गरे ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता