माइक्रोसफ्टका सहसंस्थापक पाउल एलेनको घर ।

काठमाडौ, फाल्गुन ३ - माइक्रोसफ्टका सहसंस्थापकले गत नोभेम्बरमा २ करोड ७० लाख डलर पर्ने घर किनेको चर्चा सेलाउन नपाउँदै त्यसको प्रतिस्पर्धी गुगलका कार्यकारी अध्यक्ष इरिक इमरसन स्मिथले पनि सानदार बंगलाकिनेका छन् । स्मिथले उक्त बंगलाका लागि २ करोड २० लाख डलर खर्चेका छन् ।
स्मिथले किनेको नयाँ घर होल्म्बी हिल्समा छ । नयाँ घरको पार्टीमा उनले केही नजिकका साथीलाई बोलाए । फोब्र्सका अनुसार घरमा ठूलो भान्छा र दुई कामदारका लागि छुट्याइएको कोठासँगै तीन ठूला फेमिली बेडरुम स्विट छन् । एउटा अफिस, एउटा मास्टर स्विट, ड्रेसिङ रुमका साथै यो घरको बाहिर रहेको ठूलो फुलबारी र स्विमिङ पुलले छुट्टै रौनक दिन्छ । उक्त घरलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाका लागि ह्वाइट हाउस सजाउने डिजाइनर मिचेल स्मिथले स्वरूप प्रदान गरेका हुन् ।
सन् १९५५ मा जन्मेका इरिक स्मिथ अमेरिकन सफ्टवेयर इन्जिनियर, व्यवसायी र गुगलका कार्यकारी अध्यक्ष हुन् । फोब्र्सले उनलाई सन् २०१३ को विश्वका धनीको सूचीमा १ सय ३८ औं स्थानमा राखेको छ । यतिबेला उनको सम्पत्ति ८ अर्ब ३० करोड अमेरिकी डलर आकलन गरिएको छ । उनले बेल ल्याबमा इन्टर्नका रूपमा प्रवेश गरेर आफ्नो सफ्टवेयरको व्यावहारिक अध्ययन पूरा गरेका थिए । त्यसपछि १९९७ देखि २००१ सम्म उनी नेभेलमा प्रमुख कार्यकारीका रूपमा काम गरे । त्यसयता उनले गुगलमा काम गरेका हुन् ।
पहिलो पटक सफ्टवेयर म्यानेजरका रूपमा उनले सन माइक्रोसिस्टममा रहेर काम गरेका थिए । सन् १९८३ मा उनी यो कम्पनीमा छिरेका हुन् । त्यसपछि उनले बिस्तारै प्रगति हासिल गर्दै सन टेक्नोलोजी इन्टरप्राइजेजको अध्यक्षसम्म बन्न पुगे । उनको कामबाट प्रभावित भएर गुगल संस्थापक लेरी पेग र सर्जी बि्रनले कम्पनीमा राखेका थिए । सन् २००१ मा उनले गुगलको सञ्चालक समितिको अध्यक्षका रूपमा जिम्मेवारी लिएका हुन् । गुगलको दैनिक सञ्चलनका काममा उनले संस्थापक पेग र बि्रनसँग मिलेर काम गर्न थाले । गुगलको द्रुत विस्तारका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि मध्यस्थकर्ताका रूपमा काम गर्ने जिम्मेवारी पनि उनलाई थियो । जिम्मेवारीसँगै उनको सम्पत्तिको आकार पनि बढ्न थालेको हो । उनलाई सन् २००७ मा पीसी वल्र्डले वेब क्षेत्रमा अति महत्त्वपूर्ण व्यक्तिहरूको सूचीमा पहिलो स्थानमा राखेको थियो । सन् २०११, जनवरीमा गुगलले प्रमुख कार्यकारीको पदमा उनको ठाउँमा पेगलाई ल्यायो । त्यसयता उनी कार्यकारी अध्यक्षका रूपमा कम्पनीमा छन् ।
माइक्रोसफ्टका सहसंस्थापक पाउल एलेनले किनेको घरमा ८ बेडरुम, ८ बाथ मेन्सन रहेको छ । यो घर सिलिकन भ्यालीको नम्बर १ मा पर्छ । एलेनसँग १५ अर्ब ८० करोड अमेरिकी डलर सम्पत्ति छ । उनी हालै फोब्र्सले निकालेको ४ सय धनीको सूचीमा २६ नम्बरमा छन् । अहिले उनी वासिङटनको मर्कर आइल्यान्डमा बढी समय बिताउँछन् । तर प्रविधिका ठूला लगानीकर्ताहरू सिलिकन भ्यालीमा रहेकाले उनले पनि आफ्नो एउटा घर त्यहाँ किन्न रुचाएका हुन् ।
फोब्र्सका अनुसार यो क्षेत्रमा सबैभन्दा महँगा घर अझै छन् । जसको मूल्य ३ करोड ३० लाख डलरभन्दा बढी पर्छ । एलेनले किनेको घरको क्षेत्रफल १ दशमलव ९७ एकड छ । जसमा २२ हजार ५ वर्गफुटमा मुख्य भवन छ । कन्टेम्पोररी डिजाइनमा बनेको घर निकै चहकिलो रहेको फोब्र्सले जनाएको छ । उनको आफ्नै भलक्यान नामक कम्पनी छ । जसले धेरै थरीका व्यवसाय र समाजसेवाको काम गर्छ । उनी दुई ठूला स्पोर्टस टिम सेटल सिहक र नेसनल फुटबल लिगका मालिक पनि हुन् । क्यान्सर देखिएपछि उपचारका क्रममा माइक्रोसफ्टसँग केही समय टाढा भएका उनले सन् २००० नोभेम्बरमा माइक्रोसफ्टको सञ्चालक समितिमा पुनः आफ्नो स्थानमा फर्केका थिए । फोब्र्सका अनुसार उनीसँग अहिले कम्पनीको १३ करोड ८० लाख सेयर छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता