मोबाइलबाट मोबाइलमै ब्याट्री चार्ज
**********************
बात मार्दा मार्दै मोबाइलको ब्याट्री सकियो भने दिक्क लाग्नु स्वाभाविक हो। ब्याट्री चार्ज गर्न या त कसैसँग चार्जर माग्नुपर्यो, या साथमा चार्जर बोकेर हिंडनुपर्यो। चार्जर भएर मात्र पनि हुदैन, लोडसेडीङ भएको बेला कसरी चार्ज गर्ने? यस्तो समस्याबाट मुक्ती दिने मोबाइल सेट नेपाली बजारमा पनि आएका छन।
टेलिकेयर नेटवर्क इन्डीयाले उत्पादन गरेका जेन मोबाइल सेटमा यस्तो सुविधा छ, जसबाट तपाई कुनैपनि मोबाइलबाट आफनो मोबाइलको ब्याट्री चार्ज गर्न सक्नुहुन्छ। मोबाइलमा रहेको विशेष एप्लीकेशनमार्फत अर्को मोबाइलबाट ब्याट्री चार्ज गरेर काम चलाउन सकिन्छ।
दुइ साता यता जेन मोबाइलका सेट काठमाडौंमा भित्रिएका छन। द मोबिकिङ प्राली यसको नेपालस्थित अधिकृत विक्रेता हो। भारतीय ब्रान्डका यी मोबाइल १ दशमलव ८ इन्चदेखी साढे ५ इन्चसम्मका सेटमा उपलव्ध छन। हाल १ दशमलव ८ एक्स ७, २ दशमलव ४ एक्स फोर, २ दशमलव ६ बि ५२, २ दशमलव ८ एम ९, ३ दशमलव ५ र अमेज ७० एफएचडीसम्मका सेट छन।
यीनमा ब्याट्री चार्जको सुविधाका साथै इन्रोइड ४ दशमलव २, १६ जीबी मेमेरी, १३ मेघापीक्सल क्यामरा र वायरलेस एफएमको पनि सुविधा भएको मोबिकीङका प्रवन्ध निर्देशक मुकेश शर्माले बताए।
मोबाइलबाट मोबाइलमै ब्याट्री चार्ज **********************


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता